Logo
25 Apr 2024    १३ बैशाख २०८१, बिहीबार

ताजा खबर

विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुदै

राजनीतिलाई पेशा भन्दा जनताको हितमा अघि बढाउनु पर्छ –राजन खड्का

admin

पुराना राजनीतिक दलको प्रवृति र संरचनाले नयाँ युगको नेतृत्व गर्न नसक्ने भन्दै नयाँ शक्ति नेपालका प्रभावशाली युवा नेता राजन खड्काले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आँखा चिन्हमा मतदान गरि नयाँ शक्ति पार्टीलाई बिजयी गराउन सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आव्हान गरेका छन् । अहिले नेपाली राजनीतिमा आएको विकृति, विसंगति र अपारदर्शितालाई अन्त्य गर्नुपर्नेमा जोड दिदैँ खड्काले राजनीतिमा तस्कर, पैसावाल र गुण्डागर्दीमा संलग्नहरु हावि भएकोमा दुःख व्यक्त गरे ।उनले राजनीतिलाई पेशा भन्दा समाज र जनताको हितमा अघि बढाउनु पर्ने जोड दिए ।

बुवा मेखबहादुर खड्का र आमा गंगा खड्काको कोखबाट २०४३ सालमा ओखलढुगांको लिखु गाउँपालिका वडा नं ७ मा जन्मिएका राजन खड्का नयाँ शक्ती पार्टीका तर्फबाट प्रदेश नं १ प्रदेशशभाका समानुपातिकका उमेद्वार हुन् ।उनले पब्लीक युथ क्याम्पस काठमाडौँबाट व्यवस्थापन संकायबाट स्नाकोत्तर गरेका छन् भने हाल नयाँ शक्ती पार्टि ओखलढुङ्गाका सहसचिव रहेका छन् ।अत्यन्तै मिलनसार ,नम्र स्वभावका समाजशेवि एंव उद्यमी उनि बाल्यकाल देखि नै राजनीतिमा होमिए । उनले आफ्नो शैक्षिक यात्रा संगै विद्यार्थी राजनीतिमा सुरु गरे ।

उनको पारिवारिक पृष्ठभुमि नेपाली कांग्रेस भएतापनि तत्कालिन राजनितिको अवस्थामा पुरातनबादी सोच ,गरिव र निम्नवर्ग माथिको अत्याचारलाई हटाई “अरुले गर्छन् कुरा हामीले गछौँ पुरा” भन्ने पार्टिको मुल नारासहित समानुपातिक तर्फको उमेद्वार भएका हुन् । साथै देशमा बिध्यमान भ्रस्टाचार र राजनैतिक नाताबाद कृपाबादलाई आफ्नो पार्टीले अन्त्य गर्नेमा विश्वस्त देखिन्छन् । नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालिन नेकपा(माओबादी)ले बिभिन्न कालखण्डमा देशको व्यवस्था फेर्न लडे ।प्रदेश सभा तर्फ भने नेपाली कांग्रेस बाटै बगी उम्मेदवार रहेको र बाम गठबन्धन भित्रै उमेदवार छनोटको बिषयले आन्तरिक विवाद बढाएकाले त्यसको फाइदा आफुहरुले लिने खड्का बताउँछन् ।

अब मुलुकमा नयाँ युगमा प्रवेश गरेसंगै आर्थिक समृद्धि र सुशासनको नयाँ कार्यभार थपिएको छ । ओखलढुंगामा प्रतिनिधि सभाको एउटा मात्र क्षेत्र छ जहाँ नेपाली कांग्रेसबाट – रामहरी खतिवडा, बाम गठबन्धनबाट – यज्ञराज सुनार र नयाँ शक्तिबाट – प्रभुराम श्रेष्ठ उम्मेदवार छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको