Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

भारतीय ५००, १००० र २००० रुपैयाँका नोटमाथि प्रतिबन्धको प्रभाव पर्यटन क्षेत्रमा

admin

100 indian rupees

काठमाडौं, पुस-१८ ।

नेपालमा भारतीय ५००, १००० र २००० रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव पर्यटन क्षेत्रमा देखिन थालेको छ । ठूला नोट ल्याउन नपाइने र साना नोट धेरै बोक्नुपर्ने बाध्यताले कतिपय भारतीय पर्यटकले बुकिङ रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

बैंकिङ प्रणाली, एटीएम वा यात्रा कार्डबाट कम कारोबार हुने भएपछि भारतीय पर्यटक नगदै बोकेर आउने गर्छन् । नेपाल सरकारले केही दिनअघि भारतीय १०० रुपैयाँभन्दा बढीको नोटमा प्रतिबन्ध लगाएको छ । ‘नोट प्रतिबन्धले भारतीय पर्यटकमा अलमल भएको छ । ‘धरैले बुकिङ रद्द गरेका छन्,’ डयामसाइडस्थित होटल बज्र इनका सञ्चालक बच्चुराम तिवारीले भने, ‘नेपाल सरकारले यसको व्यवस्थापन गर्न जरुरी छ ।’ पर्यटक बोलाउने तर नगदै बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले सोच्नुपर्ने उनको भनाइ छ ।

कतिपय भारतीयले भने सीमामा नेपाली पैसा साटेर आउने गरेका छन् । एक–दुई जना व्यक्तिगत रूपमा आउनेले १०० र त्यसभन्दा तलका नोट लिएर आउन सक्ने भए पनि समूहमा आउनेलाई भने समस्या भएको हो । एक जना मानिसले पैसा मात्रै बोकेर आउनुपर्ने अवस्था रहेको तर त्यसको जोखिम मोल्ने अवस्था नरहेकाले बुकिङ रद्द हुन थालेको व्यवसायीको भनाइ छ ।

समूहमा आउनेलाई लाखौं रुपैयाँ साट्न ढिलाइ हुने, भनेको समयमा र भनेजति पैसा साट्न नपाउने अवस्था छ । अर्कोतर्फ पैसा साट्दा कमिसनसमेत चर्को लिन थालिएको गुनासो आएको व्यवसायीले बताए । ‘पैसा साट्दा बढी कमिसन लिएर पर्यटकलाई हतोत्साहित बनाउने गरिएको खबर आएको छ,’ लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टका सञ्चालक हरि शर्माले भने, ‘सरकारले सरलीकरण गरिदिनुपर्‍यो ।’

भारतीय पर्यटकले एक सय रुपैयाँको नोट कति बोकेर आउने, झन्झट र गाह्रो भयो, कुनै व्यवस्था छ कि भनेर फोनमा सोध्ने गरेको उनले बताए । बैंकिङ प्रणालीबाट सहज रूपमा पैसा निकाल्न सक्ने व्यवस्था गरिदिए राम्रो हुने उनले जनाए ।
साना भारतीय नोटको कालोबजार फस्टाउन सक्ने उनको भनाइ थियो ।

पछिल्लो समय भारतीय पर्यटक पोखरालगायत नेपालका विभिन्न स्थानमा घुम्न आउने गरेका छन् । मुक्तिनाथ मन्दिरको दर्शनका लागि पनि उत्तिकै आउने गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि संख्या बढदै गएर पर्यटन व्यवसायमा ठूलो राहत मिलेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । भारतका विभिन्न सहरमा ‘गर्मी से बेहाल, चलो नेपाल’ भन्ने नारा नै चल्नेगरेको छ । यसले पनि भारतीय पर्यटक बढ्दै गएका थिए । ‘ठूला नोटमा प्रतिबन्ध लगाएसँगै भारतीय पर्यटकको संख्यामाकमी आउने खतरा बढेको छ,’ तिवारीले भने ।

मुक्तिनाथ मन्दिरको दर्शन गर्न, पोखरा घुम्दै विभिन्न साहसिक पर्यटकीय गतिविधिमा रमाउन भारतीय आउने गर्छन् । सन् २०२० सम्ममा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने प्रदेश सरकारले घोषणा गरेको छ । यसमा भारतीय पर्यटकको संख्या उल्लेख्य अनुमान गरिएको छ । नोट प्रतिबन्धले असर गर्ने भएकाले सरकारले व्यवस्थापन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा पोखरामा ५९ हजार ९ सय ४४ भारतीय पर्यटक आएका छन् ।
आजको कान्तिपुर दैनिकमा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको