Logo
20 Apr 2024    ८ बैशाख २०८१, शनिबार

ताजा खबर

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार

जेनेभाको भ्रमणमा राष्ट्रपति

admin

 

 

जेनेभा: अन्तर्राष्ट्रिय श्रम सम्मेलनभाग लिन जेनेभामा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जेनेभा तालमा नौका बिहार गरेकी छन्।

उनले शनिबारै यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गरिन्। पुरानो बस्ती भएकाले यो स्थानमा हाल यातायात सञ्चालन हुँदैन।

उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य सहभागी थिए।

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उनी अन्य भ्रमण कार्यक्रममा सरिक भएकी हुन्।

उनी आजै संयुक्त अरब इमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गर्ने र आइतबार साँझ काठमाडौँ पुग्नेछिन्। रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको