कहाँ पढ्ने ?

राष्ट्रखबर-

अहिले स्कूल एजुकेशन इक्जामिनेसन एसईई परिक्षा दिएर बसेका विद्यार्थी र तिनका अभिभावकलाई एसईई पछि कस्तो विद्यालय र कुन विषय पढ्ने भन्ने समस्याले सताउन थालेको छ ।एसईई परिक्षा सकाएका प्रत्येक विद्यार्थीले यो विषयमा ध्यान दिन सके आफ्नो भविष्यको रुपरेखा कोर्नसक्ने सरोकारवालाहरु बताउँछन् ।विश्वविद्यालयको पूर्व तयारी कक्षाको रुपमा रहने कक्षा एघार र बाह्रमा राम्रो नतिजा ल्याउनसके विद्यार्थीले विश्वविद्यालयमा आफूले चाहेको विषयमा भर्ना पाउन सहज हुन्छ ।कक्षा एघारमा विद्यार्थीले छनोट गरेको विषयले उसको करिअरको रुपरेखा कोर्ने हुँदा यसप्रति विद्यार्थी सजग हुनुपर्छ ।त्यसैले विद्यार्थीले आफू अध्ययन गर्ने विद्यलाय र विषय छनोट गर्दा निकै ध्यान दिनुपर्छ ।

विद्यार्थीको रुचि, उक्त विषय पढ्नका लागि लाग्ने खर्च, उक्त विद्यालय काहाँ छ ? आफ्नो आर्थीक ,शैक्षिक क्षमता बुझेर मात्रै अभिभावक र विद्यार्थीले विद्यालय र विषय छनोट गर्नुपर्ने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्माको सुझाव रहेको छ ।उनि भन्छन, “धेरै नम्बर ल्याउनासाथ विज्ञान संकायनै पढ्नु पर्छ भन्नेछैन । जुनसुकै विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ तर त्यसमा दक्षता हासिल गर्न भने जरुरी छ ।”उनले शिक्षा ऐन नियमावलिले सामुदायीक विद्यालय, एलेभल , जीरोप्लसटु र सिटिईभिटिलाई व्यवस्थापन गर्ने गरी विद्यालय शिक्षा कक्षा नौ देखि बाह्र सम्म गराएपनि यसको तहगत भिन्नतालाई बुझेर राज्य अगाडि बढ्न नसकेको गुनासो गरे ।

एसईई पछि विभिन्न क्षेत्रका लागि विभिन्न विषयहरु उपलब्ध छन् । राष्ट्रिय परिक्षा वोर्डले कक्षा ११ मा विभिन्न १ सयभन्दा बढि विषय अध्यापन गराउँदै आएको छ । जसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षासंकाय अन्तर्गतका विषय छन् भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिले पनि ईन्जिनियरिङ्ग,आईटि,जनरल मेडिसिन,मेडिकल ल्याव,भेटेरिनरी साईन्स,आर्युवेद चिकित्सा,फार्मेसि जस्ता विषयहरुलाई प्राथमिकता दिंदै राज्यलाई आवश्यक पर्ने प्राविधिक जनशक्ती उत्पादन तर्फ ध्यान दिँदै आएको छ ।कक्षा एघारमा विज्ञान संकायमा पढ्ने विद्यार्थीका लागि भने माथिल्लो तहमा धेरै बाटाहरु खुल्ने भएकाले पनि आफूले विद्यार्थी एंव अभिभावकलाई कक्षा एघार र बाह्रमा विज्ञान विषय अध्ययन गर्न सुझाव दिने पेन्टागन इन्टरनेशनल कलेजका सञ्चालक एसपी सिंह बताउँछन् ।उनि भन्छन् “विद्यार्थीको आफ्नो चाहना अनुरुप विषय रोज्नु वुद्धिमानि हुन्छ ।

विद्यार्थीले आफ्नो आर्थीक हैसियत अनुसार विद्यालय छनोट गर्नुपर्छ । विद्यालयको गुणस्तर ,उसको विगतको नतिजा , त्यहाँबाट उत्तिर्ण भएका विद्यार्थीको जिवनशैली र रोजगारीको अवसरका बारेमा ख्याल गर्नु उपयुक्त हुन्छ ।विद्यार्थीले विद्यालय छनोट गर्दा विद्यालयले प्रदान गर्ने सेवा सुविद्या,फ्यागल्टि मेम्वर , विद्यालयमा अनुभवि तथा दक्ष शिक्षक छन् कि छैनन्,छात्रवृत्तिको व्यवस्था, आदि कुरामा ध्यान दिनुपर्छ ।”

कक्षा ११मा कुन संकाय र कुन विषय अध्ययन गर्ने ?

भविष्यमा डाक्टर,इन्जिनियर,पाइलट,सुचना प्रविधी,जिवविज्ञान,रसायनसास्त्र,बनस्पति शास्त्र संगै विज्ञान संग संम्बन्धित अन्य विषय पढि रोजगारीका लागि कक्षा एघारमा विज्ञान संकाय रोज्नुपर्ने हुन्छ ।विज्ञान संकायबाट स्नातक तहमा अन्य संकायमा पनि सहजै जान सकिन्छ । त्यसैले यो विषयलाई प्राविधिक विषय पनि भनिन्छ । यसमा अनिवार्य अंग्रेजी, फिजिक्स, बायोलोजी, केमेस्ट्रि,गणित लगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ ।
ड्ड व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पनि अवसरहरु धेरै नै छन् । व्यवस्थापन संकाय अध्ययन गरेका उत्पादनहरु जुनसुकै क्षेत्रमा गएर काम गर्न सक्छन् । बैकं तथा वित्तीय संस्थामा मात्रै होइन, कुनै पनि कार्यालयमा गएर व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न सक्छन् । व्यवस्थापकीय सीप सिकाउने विषय नै व्यवस्थापन हो । यसभित्र कम्प्युटरसाईन्स,होटल म्यानेजमेन्ट,बिजनेस म्यानेजमेन्ट लगायतका विषय पढ्न सकिन्छ ।व्यवस्थापन संकाय भित्र अनिवार्य अंग्रेजी र नेपाली सँगै अर्थशास्त्र, एकाउन्टेन्सी, होटलम्यानेजमेन्ट,कम्प्युटर,गणित,फाइनान्स,कोअपरेटिभ, ग्रामिणविकास, मार्केटिङ लगायतका विषय अध्ययन गर्न सकिन्छ ।
ड्ड मानविकी संकाय तर्फ दर्शनशास्त्र,अर्थशास्त्र, राजनीतिशास्त्र,कला,साहित्यजस्ता दर्जनौ विषयको अध्ययन गर्न सकिने हुँदा मानविकी संकाय तर्फ थुप्रै विषय समावेश छन् । जसमा होमसाइन्स, समाजशास्त्र,वातावरण, भूगोल, धर्म, संस्कृति, आमसञ्चार तथा पत्रकारिता, विभिन्न भाषागत विषय लगायत अन्य विषय अध्ययन गर्न सकिन्छ ।
ड्ड शिक्षा संकाय तर्फ सैद्धान्तिक ज्ञानसँगै शिक्षण पेशाका बारेमा प्रयोगात्मक ज्ञान दिईन्छ । यसमा शिक्षण पेशासँग सम्बन्धित विषय अध्यापन गराईन्छ ।अनिवार्य अंग्रेजी र नेपालीसँगै मूल्यांकन, चाइल्ड डेभ्लोपमेन्ट लगायतका विषयसँगै कक्षा आँठ सम्म अध्ययन अध्यापन हुने विषयलाई ऐच्छिक विषयको रुपमा अध्ययन गर्नुपर्ने हुन्छ ।
ड्ड एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर यसको विकल्पका रुपमा‘एलेभल’ पढ्न सक्छन् । यो बेलायती शिक्षा हो । बेलायत स्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीईकार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साईन्स र ननसाईन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन् ।यसमा विज्ञान र व्यवस्थापन दुबै संकाय उपलब्ध छ ।विश्वभरी नै एकै किसिमकोपढाई र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा रहि एउटै पाठ्यक्रम सञ्चालन गर्दै आएको छ ।
ड्ड कक्षा दश अध्ययन पश्चात प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले व्यवसायिक र प्राविधिक दुबै विषय अध्यापन गराउँदै आएको छ । एसईई उत्तिर्ण गरेका विद्यार्थीले तिन वर्षे डिप्लोमा तहमा नर्सिङ, एचए,फार्मेसी, ल्याबटेक्निसियन पढ्न सक्छन् ।त्यस्तै , इन्जिनियरिङ्ग तर्फ सिभलि, इलेक्ट्रोनिक्स,मेकानिकल, आईटी, कम्प्युटर , अटो मेकानिकल,कृषीमा प्लान्ट, एनिमल साइन्स ,आर्युवेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन् ।

कस्तो विद्यालय छनोट गर्ने ?

  • विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ ।
  • विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसंग समन्वयकारी भुमिका निर्वाह गर्दै विश्वस्नियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ ।
  • अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ ।
  • विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ ।
  • अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ ।
  • विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ ।
  • विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप,अध्ययन,अध्यापन संगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ ।
  • विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाईलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ ।
  • विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ ? त्यहाँका उत्पादनले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा भर्ना पाएका छन् कि छैनन् ? रोजगार बजारमा त्यहाँका उत्पादनले रोजगारी पाएका छन् कि छैनन् ख्याल गर्नुपर्छ ।
  • विद्यार्थी एवं अभिभावकले ध्यान दिनुपर्ने विषयमा विद्यालयको भौतिक पूर्वाधार र संरचना पनि हो । विद्यालयको भवन भूकम्प प्रतिरोधात्मक छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *