नवौं सिने एवार्डमा “छक्का पन्जा”को बर्चश्व

राष्ट्रखबर-

 

‘नवौं डी सिने अवार्ड’ हेटौडामा सफलतापूवर्क सम्पन्न भएको छ । बिहीवार हेटौडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’बाट विपिन कार्कीले नायकको उपाधि जिते भने चलचित्र ‘छक्का पन्जा’बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । चलचित्र ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड एवार्ड प्राप्त गर्न सफल भयो । ‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गर्न सफल भयो ।

कार्यक्रममा ‘तीन घुम्ती’लाई जुरी अवार्ड दिइयो भने ‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट मनोज आरसी र ‘पुरानो डुंगा’बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड प्राप्त गरे । यस्तै, मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो भने ‘ठमेल बजार’बाट गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो । पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिँदा ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा सम्मानित भए ।
अवार्ड कार्यक्रममा ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट अभिनेता तर्फ सरोज खनाल र अभिनेत्री तर्फ रुपा रानालाई सम्मानित गरियो । आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाली चलचित्रमा नयाँपन भित्रिन सकिने कुरा वताउनुभयो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न सहयोग गर्नुहुने प्रति आभार समेत व्यक्त गर्नु भयो ।

एवार्ड प्राप्त गर्नेको नामावली

१) उत्कृष्ट एनिमेशन
द फेमश

२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा

३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु

४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन

५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय

६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ

७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा

८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा

९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)

१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)

११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २

१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा

१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)

१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु

१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा

१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु

१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र

१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा

२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र

२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम

२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ

२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती

२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा

२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा

२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा

२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा

२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु

२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *