सुमना गुरुङले जितिन, पहिलो मिसेस गुरुङ २०१७ को ताज

राष्ट्रखबर संबाददाता
एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को ताज मिसेस सुमना गुरुङले हात परेकी छिन् । कमलादी स्थित प्रज्ञा भवनमा आयोजना भएको पहिलो मिसेस गुरुङमा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार नगद जतीको बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस गुरुङ २०१७ को फस्ट रनरअपमा सुजिता गुरुङले ताज हात पारिन् । उनले ताज सहित ५० हजार नगद पुरस्कार त्यस्तै २५ हजार बराबरको बिभिन्न गिफ्टह्याम्पर प्राप्त गरिन । सेकेन्डरनरपमा हेमा गुरुङ, थर्ड रनरअपमा रिना गुरुङ , फोर्थ रनरअपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भईन । उनिहरुले क्रमश: ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित् बिभिन्न स्पोन्सर गिफ्ट प्राप्त गरेका छन ।


बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र गुरुङ भाषा,लिपी,संस्कार,संस्कृतिको संरक्षणगर्न टेवा पुग्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाईटलहरुमा मिसेस पर्सानालिटीमा सुजिता गुरुङ, मिसेस बेस्ट ड्रेसमा रिना गुरुङ, बेस्ट प्राटिसिपेट चईसमा सुमना गुरुङ, मिसेस फ्रेन्डसिपमा सरिता गुरुङ, बेस्ट वाकमा कमला गुरुङ, मिसेस डिसिप्लिन एवार्डमा रिना गुरुङ, ब्युटिफुल हेयरमा हिमाला गुरुङ ,बेस्ट स्माईलमा बिना गुरुङ , भिवर्स चईस एवार्डमा हेमा गुरुङ, ब्युटिफुल स्किनमा सुनिता गुरुङ, मिसेस पपुलरमा सुमना गुरुङ, फेसबुक एवार्डमा हिमाला गुरुङ, बेस्ट गार्डनशिप एवार्डमा चिनिमाया गुरुङ, बेस्ट ट्यालेन्टमा आरती गुरुङ, मस्ट रेस्पन्शिवलमा मोनिका गुरुङ, बेस्ट पर्फरमेन्स एवार्डमा सुमना गुरुङ , बेस्ट फोटोजेनिकमा कमला गुरुङ, मस्ट चार्मिङमा सुनिता गुरुङ, बेस्ट एक्टिभमा मोनिका गुरुङ र बेस्ट ईन्टलेजेन्ट एवार्डमा हेमा गुरुङले हात परेका थिए ।

कार्यक्रमको प्रमुख अथितिमा पहिलो महिला सभामुख ओनसरी घर्ती हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार सरोज खनाल हुनुहुन्थ्यो । सभामुख अन्सारीले आफ्नो भाषा तथा संस्कृतिको उत्थानको लागि यस्तो आयोजना हुनु राम्रो र सफलताको लागि शुभकमा ब्यक्त गर्नुभयो । त्यस्तै अन्य निर्णायक्हरुमा कानुन राज्य मन्त्री दिल मान पाख्रिन,संचारकर्मी सुमित राणा, संगितकार मिलन मोक्तान, होटल ब्यबशायी खेम शर्मा तथा गोमा केसी, गायिका पूजा गुरुङ लगायतका हुनुहुन्थ्यो । कार्यक्रममा दुई सामाजिक संस्थालाई नगद राशी सहित् सम्मान पनि गरिएको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एसके इन्टरटेन्मेन्टका निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस् प्रतियोगितालाई कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन बनु लोप्चन तथा रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई राज मेकअप स्टुडियोको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

वे आउटको नयां शाखा हाडिगाऊंमा

राजधानीको जमल स्थित विश्वज्योती मलमा संचालित “वे आउट लेडिज एन्ड जेन्स सलोन”ले आफ्नो दोश्रो शाखाको बिस्तार गरेको छ । काठमाडौंको हाडिगाँउ ओरालोमा वाइ आउटले दोश्रो शाखाको बिस्तार गरेको हो । हास्यअभिनेत्री कुन्जना घिमिरे तथा गायिका ज्योति मगर लगायतका कलाकार तथा मोडेलहरुले यस् पार्लरको उद्घाटन गरेका हुन । ‘यो सैलुनको सुविधा निकै उत्कृष्ट लाग्यो । व्यवसायलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ भन्ने कुरामा यसका संचालक निकै अगाडि रहेको मैले पाएँ । अथितिको रुपमा आएकी कलाकार कुन्जना घिमिरेले बताईन् । महिला तथा पुरुष दुबै बर्गलाई लक्षित गरेर खोलिएको यस् पार्लरमा ब्युटी सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने बिगत १५ बर्षदेखी फेसन मेकअपमा सकृय रहेकी निर्देशक रोजी सिंह लुइटेलले बताउनु भयो । ब्युटिसियन तथा संचालक रोजी सिंहले सलोनमा फेसियल तथा स्किन सम्बन्धित स्तरिय सुविधा दिनेमा प्रतिबदता ब्यक्त गर्नुभयो । सैलुनमा कपाल काट्नुका साथै कलर, स्ट्रेट, फेसियल, फेस ब्लिज लगाएतका सुविधाहरु उपलब्ध छन् । ब्युटी तथा मेकअपमा भबिश्य खोज्नेहरुको लागि ट्रेनिङ पनि सुरु गरिएको संस्थापक निर्देशक बिजय लुईटेलले बताए

एमाजोन ईन्टरटेन्मेन्टबाट राहत बितरण सम्पन्न

राष्ट्रखबर संबाददाता, सप्तरी
मिसेस मंगोल, मिस धादिङ् , मिसेस नेपाल आईडल, ब्युटिसियन नेपाल, मिस ब्युटि क्विन नेपाल लगायतका चर्चित प्याजेन्टको आयोजक संस्था एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले सप्तरीको प्रभाबित मुस्लिम बस्तीमा गएर राहत बितरण गरेको छ । एक हप्ता भन्दा अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले राहत वितरण गरेको हो ।
सप्तरी जिल्लाको बिभिन्न खोलालगायत विभिन्न नदीमा आएको बाढीले धेरै गाबिस प्रभावित भएका थिए । स्थानीय गरिब् एबम पिछडिएका मुस्लिम बस्तीका बासिन्दालाई एमाजोन ईन्टरटेन्मेन्टको सकृयतामा प्रत्येक ५० घरधुरीका प्रत्येक परिवारलाई १ १ केजीका दरले चिउरा, बिस्कुट, मन्जन तथा ब्रस, फुरुनदाना, दालमोठ, चिनी, प्रत्येक महिलाका लागि १ सेट कपडा, ५० वटा ब्ल्यान्केट, ५० कार्टुन वाइवाइ चाउचाउ। ५० कार्टुन पानी, ५० वटा ओछ्याउने लार्जफोम वितरण गरिएको थियो । एमाजोन संगै आर्टिस्ट नेपालले लत्ता कपडा वितरण गरेको थियो । राहत संकलनार्थ टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीले पनि सहयोग गरेको थियो ।


त्यहाँ करिब ५० घर परिवारलाई रु दुई लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको एमाजोन ईन्टरटेन्मेन्टमा निर्देशक कमल खतिवडाले बताएका छन ।
लत्ताकपडासहित औषधिसमेत बाँडेको कोरियोग्राफर हिमानी सुब्बाले बताईन । राहत बितरणकार्यमा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीले सहयोग गरेको थियो ।

रुपा भईन मिस हेरिटेज क्विन नेपालको विजेता

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरको रुपा लामाले जितेकी छन् । बुधबार सम्पन्न काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं. ८ का रूपाले उपाधि जित्न सफल भएको हो । त्यस्तै गरि पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान फस्टरनरअप भइन्  भने  काभ्रेका संगीता तामाङ र  सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जितिन् । मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार प्रदान गरिएको छ । यसका साथै विभिन्न विधाका टाइटलहरुको उपाधि पनि दिएकाे छ ।

प्रतियोगितालार्इ काठमाडाैं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख अातिथ्यतामा उद्घाटन भएकाे थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेको थियो ।

ग्रेण्ड फिनालीकाे निर्णायकहरु गोरखापत्र दैनिकका बरिष्ठ पत्रकार दिपक श्रेष्ठ, मिलाप मासिकका प्रधानसम्पादक कृष्ण भुसाल , अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, आर्टिष्ट नेपालका प्रमुख  राजेन्द्र लुइँटेल  (राज) र मोडल तथा नायिका रश्मि लामा रहनु भएकाे थियो ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यसबर्षबाट मिस हेरिटेज क्वीन-२०१७ सुरु गरेको हो । आयोजक संस्थाको अध्यक्ष रवि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु रक गायिका सरस्वती लामा, राधा थोक्रा, बुद्ध लामा घिसिङ, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया (भुनिया) लगायत रहेका थिए । कार्यक्रमलार्इ कोरियोग्रफर रोजिन शाक्य र संचारकर्मी बनु लोप्चनले संचालन गरेको थिए । आयोजक एवं युथ क्रियसन नेपालका प्रबन्ध निर्देशक मोडल शिल्पा तामागं ,कार्यकारी निर्देशक एन्जिला वाईबा तामागं तथा डान्स क्रोरियोग्राफर एवं संस्थाका बोर्ड अफ डाईरेक्टर विनोद लामाले अतिथी एवं विजेतालाई क्राउन तथा उपहारहरु प्रदान गरेका थिए ।

 

 

मिसेस नेपाल ईन्टरनेशनलको ग्राण्ड फिनाले आश्विन ३ गते

विवाहित महिलाबीच अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा अब नेपालको पनि प्रतिनिधित्व हुने भएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गरी त्यसमा विजयी हुने विवाहित महिलालाई सो प्रतियोगितामा सामेल गराउने प्रबन्ध मिलाएको हो। रिवन इन्टरटेनमेन्टले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गर्ने भएको छ। इभेन्ट निर्देशक निशु झाका अनुसार मिसेस नेपाल इन्टरनेसनल २०१७ का प्रतियोगीहरूलाई घरेलु हिंसाविरुद्धको अभियानमा अगाडि सार्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विभिन्न पेसामा आबद्ध तथा गृहिणीका रूपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउन यो प्रतियोगिता गर्न लागिएको झाले बताए। आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरूप स्कुटर पाउनुका साथै अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने उनले बताए। यसको फाइनल प्रतिस्पर्धामा सुरूची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मिना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमिरे, रिया राई, सम्झना भेटवाल, सरु थापा, प्रीति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मीरा थापा भण्डारी, रीता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मिला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योति दहाल पनेरू, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पूजा लामा कुँवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तिका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मिला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमित्रा कट्टेल, सारिका मल्ल प्रधान, सरस्वती मगर शाक्य र प्रेमा शाह कुँवर गरी ४३ महिलाले स्पर्धा गर्दै छन्। अभिनेता आर्यन सिग्देल र आयुष रिजाल, कोरियोग्राफर अश्विनी झा, होटल व्यवसायी बालकृष्ण पोखरेल, मिसेस नेपाल इन्टरनेसनल २०१६ की फस्ट रनर्सअप विन्दा खतिवडा र मिसेस नेपाल इन्टरनेसनल २०१५ की सेकन्ड रनर्सअप परिकल्पना राईको निर्णायक मण्डलले विभिन्न चरणमा भएको अडिसनबाट ४३ महिलालाई अन्तिम स्पर्धाका लागि चयन गरेका हुन्। प्रतियोगिताका प्रतियोगीहरूलाई नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने भएको छ। श्रद्धा खरेल र सम्राट् शाहको संयोजकवत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहनेछ।

रक्की श्रेष्ठले जितिन मिसेस नेपाल आईडल २०१७ को ताज

यो बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् । राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । त्यस्तै “मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम , बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्‍टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्की ले हात परेका थिए ।
कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री , संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने प्रतियोगितालाई कोरियोग्राफी भने मोडेल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिईन । प्रतिस्प्रधीहरुको अफिसियल फोटोग्राफी आर्टिस्ट नेपाल स्टुडियोसले गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

मिस हेरिटेज क्विनको ट्यालेन्ट शो सम्पन्न,फिनाले भाद्र ७ गते

यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ट्यालेन्ट शो सम्पनन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्यटन बोर्डका निर्देशक मनिराज लामिछानेले यस मिस हेरिटेजले आइतबार काठमाडौं स्थित पर्यटन बोर्डमा भएको शोमा १५ प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

भुकम्पले घर भत्केसँगै आमा गुमेपछि भोगेको मानसिक पीडालार्इ वास्तविकतामा अभिनय गरेर मञ्जु शाहले सबैको मन जितिन् । यसैगरी सहभागी रूपा लामाले राष्ट्रप्रेम झल्किने कविता वाचन गरेकी थिइन् । अर्को प्रतिस्पर्धी प्रिया कालिकोटेले मुखबाट विविध बाजाको आवाज बीट बक्स प्रस्तुत गरेका थिए । सिम्रन तामाङ र सबिता सुनारले गीत गाएकी थिइन् भने निरमाया घिसिङ, बन्दना लामा मोक्तान, योशी ह्योल्मो, ज्ञानु तामाङ, संगीता तामाङ, सरिता लामा दोङ र जमुना बलामी आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

ट्यालेन्ट शोमा निर्णयक मण्डलहरू क्रमशः पर्यटन बोर्डका कार्यकारी निर्देशक मनिराज लामिछाने, चलचित्र बिकास वोर्डका सदस्य उत्तम केसी, अभिनेता मनोज कुमार आचार्य (खुरापाती हाकिम), आर्टिष्ट नेपाल प्रमुख राज लुइटेल, सैलुङअनलाइन अफिसियल मिडियाका अध्यक्ष श्याम लाल लामा योञ्जन, प्रमुख सल्लाहकार दामोदर लामा, नृत्य प्रशिक्षक मेनका लामा, होटेल जुजुब लञ्ज एण्ड बारका प्रोपाइटर मेहेर सिंह तामाङ, एसके इन्टरटेन्टमेन्टका प्रमुख शान्त लामा र मोडल रश्मी तामाङ रहेको थिए ।

युथ क्रिएशन नेपालका अध्यक्ष रबि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्णयक मण्डलको तर्फबाट प्रमुख अतिथि लामिछाने, अभिनेताद्धय उत्तम केसी र मनोज आचार्यले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलार्इ संचारकर्मी बनु लोप्चनले संचालन गरेको थियो भने कार्यक्रम निर्देशक शिल्पा तामाङले धन्यवाद मन्तब्य राखेको थियो । कार्यक्रमको ग्राण्ड फिनाले भाद्र ७ गते राजधानीको राष्ट्रिय नाचघरमा दिनको ३ वजे हुने जानकारी आयोजकले जनाएको छ ।

मिडिया पार्टनर

कार्यक्रमलार्इ मिडिया सहयोगीहरू सैलुङअनलाइन डट कम, काष्ठमण्डप टिभी, साप्तहिक पत्रिका, तामाङ भ्वाइस, राष्ट्रखवर,आर्टिष्ट म्यागेजिन,फेयर ऐक्सप्रेसइभेन्स संसार रहेका छन् भने सह–प्रायोजक अस्मिता ब्युटी पार्लर एण्ड कस्मेटिक रहेका छन् ।

प्रायोजक

सहयोगीतर्फ श्री एफबी निर्माण सप्लायर, गुडविल अमृत निर्माण, तारकेश्वर कलाकेन्द्र, भिसा भ्याली इन्टरनेशनल, जियोनी मोवाइल, मामाभान्जा गार्डेन रेष्टु, लोटस पोलिक्लिनिक, ग्रेस इन्टरनेशनल, शुभबिहानी ट्रभल एण्ड टुर्स र अाेडिसी इन्टरनेशनल अादि रहेका छन् ।

को होला त यो बर्षको मिसेस नेपाल आईडल २०१७ ?

यो बर्षको मिसेस नेपाल आईडलको अन्तिम प्रतिस्प्राधाको लागि तयारी पुरा भएको आयोजकले बताएको छ । यसैको साथै मिसेस नेपाल आईडल २०१७ को अनलाईन भोटिङ सुरुभएको छ । भाद्र ६ गते हुने फिनालेमा बेस्ट पपुलर चोईस एवार्ड अनलाईन भोटिङबाटै प्राप्त गर्नेछन । यस प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १८ जना प्रतियोगीहरु प्रतिस्प्रधी गर्दैछन । विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता, प्रतिभा र सांस्कृतिक सचेतना सम्बन्धीत प्रतियोगितामा प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले जानकारी दिएका छन् ।
मिसेस नेपाल आईडल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण,सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् । प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि बिभिन्न विधामा विजेता छानिनेछ।

प्रतियोगितामा मिना लामा, कोपिला रसाईली , स्वस्ति पौडेल , सबिता तमाङ ,गिता भुजेल , कला पाठक , रुद्र के कार्की , दृष्‍टि न्यौपाने तमाङ , निर्मला सिलवाल, साबित्री श्रेष्ठ, तुलशा गिरी कार्की, शिल्पा बस्नेत, कृपा चुके ,रक्की श्रेष्ठ, रेखा बस्नेत श्रेष्ठ , ज्योति गौतम , भूमिका सापकोटा र तुलसा अर्याल रहेकाछन ।

भिखारी संघको अध्यक्षकै घरमा धनको भण्डार

विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रकम फेला परेको छ ।  विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ । रासस