Logo
19 Mar 2024    ६ चैत्र २०८०, मंगलवार

ताजा खबर

सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ पूर्ववडाध्यक्ष अधिकारी र समीक्षाको स्वरमा ‘आयो ए सुन मायाको’ (भिडियो) प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

डिएसए स्टार २०१७ को ग्राण्ड फिनाले सम्पन्न

admin

 

काठमाडौं, सुनौलो सपना नेपालको प्रस्तुती डिएसए २०१७ को ग्रेण्ड फिनाले सम्पन्न भएको छ ।
राष्ट्रिय नाचघरमा सुनौलो सपना नेपालद्धारा आयोजित प्रतियोगीतामा ६४ जना बालवालीकाहरुको सहभागीता रहेको थियो ।
प्रमुख अतिथि आनन्द घिमिरे रहनुभएको उक्त कार्यक्रममा निर्णायक मण्डलमा अभिनय क्षेत्रबाट महादेव त्रिपाठी, नृत्य क्षेत्रबाट अनुपम श्रेष्ठ, गायन क्षेत्रबाट बुनु राई मानन्धर  रहेका थिए भने विभिन्न वुद्धिजीवी वर्गहरु तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा उपस्थित अतिथिहरुलाई अघिल्लो वर्षका डान्स स्टार, संस्था र सहयोगी हातहरुलाई सम्मान गर्नूको साथै टोकन अफ लभ प्रदान गरिएको छ । संस्थाकी अध्यक्ष सोनिया जिआरले खादा ओढाई प्रमुख अतिथी तथा अतिथीलाई सम्मान गरेकी थिईन ।

कार्यक्रममा सहभागी हुने ६४ जना प्रतियोगीहरु मध्ये १७ जनाविजयी प्रतियोगीले मेडल प्राप्त गरेका थिए। साथै अभिभावकहरुलाई पनि सम्मान गरि मायाको चिनो प्रदान गरिएको थियो।
यस प्रतियोगीतामा नाट्य, गायन, नृत्य प्रतियोगीतामा प्रथम , दृतिय, तृतिय हुने प्रतियोगिहरुका लागी पुरस्कारका साथै चोकोपन विक फनको तर्फबाट गिफ्ट हेम्पर पनि प्रदान गरिएको थियो । प्रतियोगितामा अभिनय तर्फ सुलभ बास्कोटा रहेका थिए भने नृत्य तर्फ उत्कृष्ट क्षेत्री तथा गायन तर्फ आयुष लामगादेले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । सुनौलो सपना नेपालद्धारा आयोजित डिएसए स्टार २०१७ सिजन ६ भव्यताका साथ सम्पन्न भएको कार्यक्रम आयोजक तथा संचारकर्मि राज बराइलीले जानकारी दिए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको