शान्ता भईन “हिमालकी रानी” (भिडियो सहित)

काठमाडाैं । सबैको पर्खाइमा रहेको चलचित्र हिमालकी रानीको भिडियो सार्वजनिक भएको छ । अडियोबाटै सर्बाधिक लोकप्रिय कमाइसकेको अहिलेको चर्चित तथा ब्यस्त गायिका मेलिना राईको आवाजमा रहेको जान्छु काठमाडौं गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई रोशन फ्युबाले शब्द सगीत भरेका छन् ।

हिमाली भेगमा बसोबास गर्ने तथा त्यहाँबाट दुर्गम गाउँ, हिमालको कुहिरोभित्र लेकबेंशी गर्दै जीवन बिताउनेहरूको कथा छर्लङ्ग हुनेछ । त्यस्तै हिमालकी एक चेलीको यथार्थ कथालाई चलचित्रले केन्द्रभागमा राखेको बताइएको छ । रोशन फ्युबा तामाङद्वारा निर्देशित चलचित्रलाई ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि.ले प्रस्तुत गर्ने भएको छ । आउँदो दशैंको सेरोफेरोमा देश तथा विदेशमा पनि रिलिज गरिने भएको फ्युबाले जानकारी गराएको हो ।

चलचित्रमा अभिनेता एवम् क्याप्टेन विजय लामा र स्थानीय कलाकारहरू प्रदिप फ्युबा, शान्ताकुमारी तामाङ ( फस्र्ट रनर अफ मिसेस आइकन २०१५), प्रकाश वाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, मिग्मार घले (स्योप्ता), कान्छा लामा, गोम्बो तामाङ, गा घले जयवीर तामाङ र महेन्द्र तामाङलगायतले अभिनय गरेका छन् । निर्देशक फ्युबा तामाङको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत चलचित्रमा रहेको छ भने प्रकाश वाईबाले छायाङ्कन गरेका छन् ।

बहुप्रतिभाकी धनी शान्ताको उत्कृष्ट अभिनय रहेको भिडियोमा हिमालका मनोरम दृश्यहरु देख्न सकिन्छ । हाल मिसेस गुरुगं २०१७ को तयारीमा रहेकी शान्तालाई हिमालकी रानीको संज्ञाको रुपमा चित्रण गरिएको छ ।

भिडियो :

One thought on “शान्ता भईन “हिमालकी रानी” (भिडियो सहित)

  1. अति राम्रो होला, यो फिल्म रोशन जि, अनि शान्ति लामा लाई धन्यवाद दिनु चहन्छु,*****. 5 STER hos

Leave a Reply

Your email address will not be published. Required fields are marked *