बाढी पिडितको लागि राहत संकलनमा जुट्यो कोटेश्वर बहुमुखी क्याम्पस

देशको विभिन्न क्षेत्रमा बाढी र पहिरोमा ठूलो जनधन क्षति भएकोले पिडितहरुको लागि कोटेश्वर बहुमुखी क्याम्पसबाट पनि राहत संकलन सुरु भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसको ने।वि।संघ एकाईलेले राहत संकलन कार्य शुरु गरेको हो ।
जहाँ दुख्ख त्यहाँ ने.वि.संघ भने झै कोटेश्वर क्याम्पसका बिद्यार्थीहरुबाट शुरु गरेको राहत संकलन केही दिन सम्म जारी रहने ने.वि.संघ कोटेश्वरका उप सभापति आयुष खतिवडाले जानकारी गराए ।
राहत संकलन कार्यक्रमको नेतृत्व गरेका ने.वि.संघ कोटेश्वर क्याम्पसका सभापति प्रदिप पौडेलका अनुसार संकलित रकम फास्ट्राक मार्फत पिडित समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवा विद्यार्थीहरु एकजुट भएर पिडितको उद्धार तथा राहत कार्यमा लागे पिडितलाई केही हद सम्म सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *