न्युरोड कम्प्लेक्समा दशै फेस्टिभलको आयोजना

नेपाली हरुको महान चाड बिजया दशमी नजिकिदै छ । यसको मौलिकता, सामाजिक तथा साँस्कृतिक पहिचान तथा महत्वले दसैंलाई बिशेष बनाउने हरेक नेपालीको चाहना हुन्छ नै । दसैं जस्तो पर्बमा मनोरन्जन प्रदान गर्न एवं बिजया दशमीको शुभ कामना आदान प्रदान गर्ने उदेश्यका साथ काठमाडौंको न्युरोड स्थित न्यूरोड कम्प्लेक्समा दशै फेस्टिभलको आयोजना सम्पन्न भएको छ । आर्टिस्ट नेपाल तथा न्यूरोड कम्प्लेक्सले संयुक्तरुपमा संचालन गरेको उक्त दशै महोत्शव अशोज २ देखी अशोज ८ सम्म चलेको थियो ।


बिभिन्न मनोरन्जानत्मक कार्यक्रमसंगै कम्प्लेक्समा भिजिटका लागि आएका सम्पूर्ण ग्राहकहरुलाई निशुल्क बिभिन्न उपहार एबम डिस्काउन्ट कुपन प्रदान गरेको थियो । दैनिक ११ बजे देखी ५ बजे सम्म संचालन भएको उक्त कार्यक्रममा गीत संगीत, हास्य ब्यङय, नृत्य लगायतका कार्यक्रम संचालन गरिएको थियो । एक सातासम्म संचालन रहेको यस् फेस्टिभल कार्यक्रममा नेपाली राष्ट्रिय स्तरसम्मका झन्डै ४ दर्जन कलाकारहरुले आएर आफ्ना बिभिन्न कला प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए। शुभकामना आदान प्रदानको लागि चर्चित गायक मिङ्मा शेर्पा , गायिका प्राश्ना शाक्य, सपन श्रेष्ठ, आकांक्षा बस्याल, अर्पना श्रेष्ठ, सिमा शाह, हास्यकलाकार एवं गायक संगितकार यमन श्रेष्ठ, एन्जिला रेग्मी, सुशिला पाठक, सिमान्त सन्तोष , नायिका सारिका घिमिरे, बिनय केट्वो, हास्यकलाकार शिवहरी पौडेल, यस जोडी ,हाक्काहाक्की का कलाकार सुजीत थापा डेवीड, तथा गायकहरु रवि सुवेदी, सुरेन्द्र श्रेष्ठ सुमन के श्रेष्ठ, प्रदिप लामा, रामकृष्ण श्रेष्ठ, सिम्रन लामा ,प्रिया कालीकोटे, डिएसए का विजेताहरु लगायत मोडल तथा कलाकारहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुलाई आर्टिष्ट नेपाल तथा न्यूरोड कम्पलेक्सको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रम संचालनको जिम्मा पाएकी सोनिया जिआरले उपस्थित ग्राहकहरुलाई बिभिन्न प्रश्न सोधी कम्प्लेक्समा म्यानेजर सञ्जय महर्जनले गिस्ट ह्याम्पर प्रदान गर्नुभएको थियो । न्युरोड कम्प्लेक्स दशै फेस्टिभलमा निशुल्क मेहन्दी , निशुल्क फेस तथा ह्यान्ड पेन्टिङ , फ्री रिचार्ज कार्ड , फ्री पेनड्राईभ, तथा बिभिन्न पसलहरुमा ५० प्रतिशत सम्मको छुट एवं विभिन्न कुपन बितरण गरिएको थियो ।

राष्ट्रिय नाचघरमा गुन्जिए बिनोद

गीत संगीत सम्बन्धी बिभिन्न कार्यक्रमगर्ने सस्था कृयाटिभ बिट्स प्रालीले आयोजना गरेको गायक बिनोद राज ढुंगेलको एकल गायन कार्यक्रम सम्पन्न भएकोछ । राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी डा.रमेश ढुंगेल हुनुहुन्थ्यो । कार्यक्रममा कबि, गीतकार, गायक कलाकारहरु , बिभिन्न उध्योग ब्यबशायीहरुको बाक्लो उपस्थिती रहेको थियो । लाइभ म्युजिक कार्यक्रममा वाधबाधक तर्फ किबोर्डमा मनोज कुमार, तबला ढोलक ,कंगोमा बिपी सिंह , अक्टोप्याडमा रुपेश सिंह , गीतारमा बिकास सुनुवार, बेस गीतारमा अनुपदास, र बसुरीमा रत्न दास बहादुर रहनुभएको थियो ।


सानो उमेर देखिनै गीत गाउदै आउनुभएको गायक बिनोद राज ढुंगेलले हालसम्म प्रकासित तथा रेकर्ड भएका चर्चित गीतहरु गाउँनुभएको थियो । गायक ढुंगेलका हालसम्म २ एल्बम प्रकाशित छन भने दर्जनौ भन्दा बढी गीत रेकर्ड भएका छन । कार्यक्रममा ढुंगेलले १२ वटा गीत प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बरिस्ठ गीतकार शुभाष चन्द ढुंगेल, बरिस्ठ लेखक कपिलमणी ज्ञावाली, निर्माण ब्यबशायी रामशरण देउजा, नासा कालेजका फाउन्डर प्रकाश थापा, अभिनेत्री रश्मी भट्ट, कथाकार तथा लेखक राममणी ढुंगेल, चर्चित गायक ईश्वर अमात्य, भिडियो निर्देशक नब ढुंगेल लगायतका ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चर्चित गायक बिनोदराज ढुंगेलले अत्यन्त मार्मिक, रोमान्चक र सन्देशमुलक गीतहरु गाउनु भएको थियो । अभिनेत्री रश्मी भट्टले कार्यक्रमको संचालन गर्नुभएको थियो।

योजनाको पाईलटसंग भाग्ने योजना विफल भए पछि.. (भिडियो सहित)

काठमाडौँ, गायिका एवम् सञ्चारकर्मी योजना पुरीले नँया गीत बजारमा ल्याएकी छन् । गायिका पुरीले “भगायो ड्राईभरले ” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन।  भिडियोमा एक सुन्दरी डाक्टर, पाईलट तथा नेतासँग भाग्ने योजना बनाएकी तर भगाउने चाही ड्राईभर रहेको कथालाई प्रस्फुटन गरेको पाइन्छ ।

भिडियोमा मोडल रोजी कुवरलाई सुमन सागरले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका छन्।

भिडियो :

 

यातायातमा खेल, भाडामा झेल

चाडपर्व नजिकिए संगै मौकाको फाईदा उठाउने यातायात व्यवसायीहरु पनि गिरोह जस्तै यत्रतत्र सक्रिय भएका छन् । त्यसोत समान्य अवस्थामा पनि चाडबाडको मौका छोपेर यातायात शूल्क लिने र यात्रुलाई सेवासुविधा छुट दिन पनि कन्जुस्याई गर्ने व्यवसायीहरु र यीनै संग मिलेका यातायातका दलालहरुले यात्रु र सरकारी निकायको आखा छल्दै उदण्डा मच्चाई रहेका छन् । मुग्लिन नारायणगढ खण्डको बाटोमा आएका समस्याले यात्रुले अन्य विकल्प छनोट गर्दा पूर्वि तर्फको लागि काठमाडौँ खुर्कोट हुदै बर्दिवास पुगेर महेन्द्र राजमार्गमा जोडिने गरेका छन् भने पश्चीम तर्फका यात्रुहरु पनि पोखरा वुटवल हुदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । सरकारले काम चुस्त ढंगबाट गर्न नसक्दा न बाटो समयमा नै बन्न सक्यो न त बैकल्पिक उपायहरु अवलम्बन्न नै गर्ने चेष्टा गर्यो ।यसको प्रत्यक्ष मार यात्रुले खेपीरहनु पर्यो । यस्तो दुराअवस्थाबाट राज्य गुज्रीरहेकै मौका छौप्दै यातायता व्यवसायीहरु भने मनलाग्दी भाडा लिदै आफ्नो गोजी भर्ने काम गरिरहेका छन् र सडकमा सेवा हैन दलाली गर्ने दलालहरु बसपार्क यत्रतत्र राजधानीबाट बाहिर जाने चोकहरुहरुमा सलबलाईरहेका छन् ।यो विषयमा के गरिहरेको छ यातायात व्यवस्था विभाग र सरोकारवाला निकाय ? दशै केन्द्रित भएर राजधानि बाहिर निस्कने सवारी साधन व्यवस्थापनमा कस्ता पहल कदमी भएका छन् ? यात्रुले आफूले पाउनुपर्ने सेवा सुविधा ,तोकिएको भाडा दरमा यात्रा गर्न पाउनुपर्ने अधिकार र भाडादरमा छुटका विषयमा कस्तो अभ्यास भईरहेका छन् ? यातायात व्यवसायी समीतिहरुले कस्तो सेवा उपलब्ध गराएका छन् ? यसै विषयमा राष्ट्रखवर संवाददाताले तयार पारेको विशेष रिपोर्ट ।

सरकारले दशैलाई लक्षित गर्दै मुग्लिन नारायणगढ सडक खण्डमा राति पनि यातायात आवगमन सुचारु गर्ने भएको छ ।यतायात सहजताका लागि विभिन्न खाले पहल गरेर यातायात सहज बनाउँदै नागरिकलाई सेवा दिनतर्फ यातायात व्यवसायी समितिहरुले लागि परेको बताए पनि त्यो अनुरुप सेवा ग्राहिले सेवा नपाएको गुनासो यत्रतत्र सुनिने गरेको छ । सरकाले टिकट बुकिङ्ग खोल्ने भनेर निर्णय गरेको भएपनि त्यो अनुरुप दशैमा घर जाने यात्रुले टिकट बुकिङ्ग गर्न पाएका छैनन ।पृथिवि राजमार्ग बस सञ्चालक समितिका कर्मचारी विनोद पौडेलले सरकारको पहलमा राजधानिको नयाँबसपार्कमा कर्मचारी सहयोगी कक्षा र सरकारले छोटो र लामो दुरीको भाडा दर तोकी यात्रुले देख्ने गरी टास्ने र यात्रुलाई सचेत गराउने काम गरेको जानकारी दिए । उनले “ सरकारले २२ गते देखी नै वुकिङ्ग खोल्ने भनेको भएपनि लामो दुरीका यातायताले २५ गते देखी बुकिङ्ग खोल्ने र छोटो दुरीका यातायातले परिस्थिति हेरेर बस स्टक भएपछि मात्र दशैको केहि दिन अघि टिकट बुकिङ्ग गर्ने जानकारी दिए ।
मुख्य दलका नेताहरुलाई चुनावको चटारो छ भने उनका उमेद्वारलाई भोट दिने जनता चाहिँ बसको टिकट लिन तँछाडमछाड गर्नुपर्ने बाध्यता छ । दशैंमा घर जानको लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरे लगत्तै टिकट लिनेहरु बसपार्क घाउन थालेका छन् ।अहिले टिकट नलिए, दशैंमा घर जाने बेला बसको सिट पाइन्न त्यसैले जतिसक्दो चाँडो टिकट हात पार्न सबैलाई हतार छ ।

दशैंमा घर जानकै लागि बसको टिकट लिन बसपार्क गएर लाइनमा बसेर टिकट काट्नुपर्ने र ढिला भयो भने टिकट नै नपाएर उभिएर जानुपर्ने बाध्यता भएको रुकूम घर भएका रामहरी रोकायाले बताए ।

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न

 

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा २०७४ असोज ३ गते संघको केन्द्रिय कार्यालय पुतलिसडकमा अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । संघका उपाध्यक्ष संजय शर्माले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप मान श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो , भने कार्यक्रममा संघको आर्थीक प्रतिवेदन सह कोषाध्यक्ष शारदा शर्माले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महासचिब निरिप केसी ले बार्षिक कार्यक्रम एवं गतिविधी प्रस्तुत गर्नु भएको थियो ।
यसै गरि, भक्तपुर जिल्ला शाखा सह सचिब चुडामणी फुंयाल तथा काठमान्डौ जिल्ला क्षेत्र नं ३ शाखा अध्यक्ष दक्षिणा लामाले शुभकामना मन्तब्य दिनु भएको थियो । सोही कार्यक्रम बनेपा शाखाका मोहन तौजलेको अध्यक्षतामा मा ७ सदस्य कार्यसमीती चयन भएको जानकारी समेत गराईएको थियो । कार्यक्रममा संघका साधरण सदस्यता तथा परिचय पत्र वितरण गरिएको थियो । कार्यक्रममा संघका सम्पूर्ण सदस्य एवं आजिवन सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नृत्य निर्देशक संघले एक वर्षको अवधिमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरेको छ । नृत्य निर्देशकहरुको साझा संगठनको रुपमा स्थापित यस संस्थाले नेपाल भर नै शाखा संचालन गर्दै लैजाने तयारी गर्दै गइरहेको छ । नेपाल भरका नृत्य गुरुहरुलाई एक ठाउमा एकजुट गराई उनीहरुको हकहित तथा अधिकारको सुनिश्चितका लागि एक्यवद्धता भै आवाज उठाउन सक्रिय रहने संस्थाको रुपमा समेत अगाडी बढिरहेको छ ।

न्युरोड कम्प्लेक्स मा दशै फेस्टिवलको आयोजा हुँदै

काठमाडौंको न्युरोड स्थित न्युरोड कम्प्लेक्समा दशैं फेस्टिभलको आयोजना हुने भएको छ । न्युरोड गेटबाट केही अगाडि मात्र रहेको यस् कम्प्लेक्समा अशोज २ देखी अशोज ८ सम्म चल्नेछ । एक साता भित्र हुने दशै फेस्टिभलमा आगन्तुकहरुले फ्री फेस पेन्टिङ, फ्री वाई फाई, फ्री मेहन्दी, रिचार्ज कार्ड, पेनड्राईभ लगायतका गिफ्टहरु पाउनेछन । बिहिन्न गेमिङ तथा साँगितिक कार्यक्रम हरु पनि रहने आयोजकले बताएको छ ।

गायक विनोदराज ढुङ्गेलको एकल गायन आज नाचघरमा आयोजना हुँदै

नेपाली सांगीतिक क्षेत्रमा गीतसंगीतको माध्यमबाट आम दर्शक एवं श्रोताहरुलाई मनोनञ्जन प्रदान गर्दै आउनुभएका विनोदराज ढुङ्गेल एकल गायन कार्यक्रम असोज २ अर्थात आज राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ ।्क्रियटिभ विट्स प्रा.लीले आयोजना गर्ने एकल साझमा उहाँले आफूले अहिले सम्म रेर्कड गरेका तथा स्टेजमा पर्फम गरेका उत्कृष्ट गितहरुको प्रस्तुति दिने कार्यक्रम छ ।
चर्चित सांगीतिक समुहको साथमा रहने प्रस्तुतिमा उहाँले गाउनुभएका चर्चित गित हेलिकप्टर तिमी नै मेरो मनको डक्टर ,म त सोझो मान्छे ,तिमी रहिछौ र सिन्की अचार भन फुलमाया के छ विचार र गायिका इन्दिरा जोशी अनि सिन्धु मल्ल संग गाउनुभएको थियो ।
उनि इन्ट्रिग्रीटि गायकका रुपमा नेपाली दर्शकमाझ परिचित छन् ।अहिले उनको बजारमा आएको रेकर्डेट गित उठाऊ यी हातहरु बगाँऊ तातो रगत रहेको छ ।अन्य दुईवटा गीतहरु रेकडिङको क्रममा रहेको छ ।

मिसेस ग्लोबल २०१७को ताज, दोर्जे डोल्मा गुरुङलाई

‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङको पोल्टामा गएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपाल मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भईन ।

बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् “मिसेस ग्लोबल नेपाल २०१७” प्रतियोगिताको अन्य टाईटलहरुमा बेस्ट ट्यालेन्टमा रिना लामा, बेस्ट क्याटवाकमा सुजा राउत, बेस्ट पर्सानालिटीमा सुनिता थापा, बेस्ट फोटोजेनिकमा सोनिया लामिछाने, बेस्ट स्माईलमा अन्जना पौडेल, बेस्ट स्किनमा सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात परेका थिए ।


एमजोन ईन्टरटेन्मेन्टले यो सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडा कोरियोग्राफर हिमानी सुब्बाले श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस् प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

महसंचारको प्रस्तुती एवं किरण केसीको निर्माणमा “शत्रुगते” आउने

लामो समय पश्चात महसञ्चारले नेपाली कथानक चलचित्र शत्रुगते निर्माणको घोषणा गरेको छ । महसञ्चारले शुक्रबार ललितपुरको ब्रिक्स क्याफेमा पत्रकार सम्मेलन गरेर चलचित्र ‘शत्रुगते’ निर्माणको घोषणा गरेको हो । महसञ्चारको ब्यानरमा बन्न लागेको चलचित्र व्यापारिक दृष्टिकोण भन्दा  पनि गुणस्तरियताका लागि निर्माण गर्न लागेको कलाकार एवं चलचित्रका प्रस्तुतकर्ता हरिवंश आचार्यले बताएका छन् ।

कलाकार एवं अर्का प्रस्तुतकर्ता मदनकृष्ण श्रेष्ठले ‘शत्रुगते’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । दर्शकको मन जित्ने उद्धेश्य अनुरुप यो चलचित्र महसंचारले निर्माण गर्न लागेको कुरा वताए । मह संचारले पैसा भन्दा पनि चलचित्रलाई दर्शकको मनमा अटाउने खालको चलचित्र बन्ने प्रयासका लागि निर्माण गर्न लागेको कुरा बताए । चलचित्रका निर्देशक प्रदिप भट्टराईले ७ महिनाको निकै कडा परिश्रम पश्चात यसको स्क्रिप्ट तयार भएकोले यो चलचित्र पनि जात्रा जस्तै सफल हुने विश्वास लिएको कुरा वताए ।

प्रदिप भट्टराईले निर्देशन गर्ने चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार पल शाह, लगायत चर्चित कलाकारहरुको जम्बो टोलीको अभिनय रहेको छ  । हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङको छायांकन रहने छ । राजनराज शिवाकोटीको संगीत रहने चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । किरण के.सीको निर्माण एवं महसंचारको प्रस्तुती रहने यो चलचित्र चैत ९ गते प्रदर्शनमा आउने चलचित्र कार्ति ६ गतेबाट छायांकन सुरु गरिने बताइएको छ ।