सचिताले वृद्धाआश्रममा मनाईन जन्मदिन

काठमाडौ १३,पौष । पछिल्लो समयमा पत्रकार तथा कलाकारहरुले आफ्नो जन्म दिन होटेल रेस्टुरेन्टमा गएर केक काटेर महँगो खर्च गर्ने परम्परा रहेको छ । साथीभाई भेला बनाएर रक्सी खाएर लाखौ रुपैया खर्च गर्ने जाना आएको छ । तर लोकप्रिय समाचार बाचिका सचिता बुढाथोकीले आफ्नो जन्म दिन अरुको भन्दा फरक तरिकाले मनाएकी छन् । उनले आफ्नो २४ औँ जन्मदिन पारेर वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल तथा खानेकुरा बितरण गरेर जन्मदिन मनाएकी हुन् । नयाँबानेश्वर शान्तिनगर गेटको छेउमा रहेको निःसहायक सेवा केन्द्रमा रहेका ४० जना जेष्ठ नागरिकलाई खानेकुराहरु बितरण गरेर सामान्य रुपमा आफ्नो जन्मोत्सव मनाएकी हुन ।
बुढाथोकी एबिसी टेलिभिजनमा २ बर्ष देखि समाचार बाचिका भएर काम गरिहेकी छन् । आफु पत्रकारितासँगै समाजसेवामा समर्पित गर्न मन लागेको सचिताले बताइन । मेरो सानै देखिको समाजसेवा गर्ने इच्छा र बुवाको सपनामा पुरा गर्न आफु भए पनि ४ बर्ष देखि वृद्धाआश्रममा जन्मदिन मनाउने गरेको सुनाइन । अघिल्लो साल सडक बालबालिकालाई फलफुल बितरण गरेर जन्मदिन मनाएकी थिइन ।

मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते चार जनाको अवस्था गम्भीर

काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो ।

 

सहयोग गर्नुस , लोडसेडिङ हुदैन : कुलमान घिसिङ

नेपाल बिद्युत प्राधिकरणले हाल देशमा लोडसेडिङ नभएको बताएको छ । केही दिनयता कहि कतै प्राविधिक कारणले बिजुली गए पनि त्यसलाई गलत तरिकाले प्रचार गरेको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ । हाल प्राधिकरणले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित र अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छन्, घोषितरअघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ गरिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण कहिं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको जानकारी दिएको छ ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट ९९२ मेगावाटको कुलेखानी बाहेक, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ ।

यसबाहेक नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गरिएको छ ।

माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

कृपा भईन ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ (फोटोफिचर)

सन् २०१७ को ‘मिसेस क्यापिटल क्वीन नेपाल’ को उपाधी मिसेस कृपा चुकेको पोल्टामा गएको छ। मंसिर २६ गते जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको तेश्रो संस्करणको ‘मिसेस क्यापिटल क्वीन नेपाल’ मा उनले काठमाडौं भित्र तथा बाहिरबाट भाग लिन आएका अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन्। उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन। त्यस्तै ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को फस्ट रनरअपमा सुमित्रा लामा, सेकेन्ड रनरअपमा बिष्णु खड्का घोषित भईन।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस् प्रतियोगिताको अफिसियल मिडिया आर्टिस्ट नेपालले प्रतिस्प्रधीको अनलाईन भोटिङ पनि राखेको थियो, अनलाईन भोटिङ मार्फत पब्लिक चइस अवार्ड बिकला घिमिरेले हात पार्न सफल भईन। त्यस्तै अन्य टाईटल बिजेताहरुमा मिसेस ट्यालेन्टमा करुणा श्रेष्ठ, मिसेस स्मार्टमा बिष्णु खड्का, बेस्ट स्किन बिनु माझी, मिसेस पर्सानालिटीमा बिकला घिमिरे, मिसेस ईन्टिलिजेन्टमा गंगा अधिकारी, मिसेस चार्मिङमा सुमित्रा लामा, बेस्ट क्याटवाकमा छानु गुरुङ, मिसेस कन्फिडेन्समा लक्ष्मी पुरी प्रधान, मिसेस डिसिप्लिनमा हिरा कुमारी भाट, बेस्ट फोटोजेनिकमा संगिता लामा डंगोल, मिसेस एक्टिभमा उर्मिला घिमिरे, बेस्ट हेयरमा शर्मिला भट्टराई, मिसेस अट्ट्र्याटिभमा रेखा भट्टराई, बेस्ट ड्रेसमा कृपा चुके, मिसेस पब्लिक चईसमा बिकला घिमिरे र मस्ट पपुलर अवार्ड उर्मिला घिमिरेले हात पारेका थिए।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा गायक निर्णय श्रेष्ठ, मिसेस ग्लोबल बिजेता दोर्जे डोल्मा गुरुङ, नायक गजित बिष्ट, मिसेस नेपाल आईडल बिजेता रक्की श्रेष्ठ हुनुहुन्थ्यो। प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले मायाको चिनो प्रदान गर्नुभएको थियो। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो। प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युइ पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा तथा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो।

दोलखामा केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखामा केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्पन हो ।

श्रीकृष्णको भिडियो हेरेपछि सचेत भए वैदेशिक रोजगारीमा गएका श्रीमान श्रीमतीहरु

समाजमा घटेका यथार्थ घटनाहरुलाई गित मार्फत व्यंग्यात्मक तवरले कमेडी रुपमा गीतहरु प्रस्तुत गर्न खप्पीस गायक बोके दाह्री श्रीकृष्ण लुईटेलको को नयां गित सार्वजनीक भएको छ । हाम्रो समाजमा डरलाग्दो विकृतीको रुपमा फैलिएको विषय वैदेशिक रोजगारीमा गए पछि स्वदेशमा वसेका श्रीमान वा श्रीमतीले दिएको धोकालाई समेटेर व्यंग्यतात्मक शैलीमा गाईएको उक्त सन्देशमुलक गित “सुनको सिक्री “बोलको गितमा श्रीकृष्ण लुईटेललाई आवाजमा गायिका मनिषा पोख्रेलले साथ दिएकी छिन । स्वयं श्रीकृष्णको रचना रहेको गितको म्यूजिक भिडियोको निर्देशन युबराज वाईबाले गरेका हुन । उत्सव दाहालको छायांकन तथा निशान घिमिरेको सम्पादनमा वनेको उक्त भिडियोमा श्रीकृष्ण लुईटेल तथा मनिषा पोख्रेलको अतिरिक्त सन्तोष,सन्जी, सुरज , रोशनी,निरज ऋचा लगायतको अभिनय रहेको छ ।

भिडियो :

प्रमुख निर्वाचन आयुक्तको आग्रह: सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’

उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे । निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको उनले बताए उनले भने, ‘आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।’

आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पन उनले बताए ।मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा पुर्‍याउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए।

मिस विश्वकर्माको ताज सोनियालाई, सिमान्त बने पहिलो मिस्टर विश्वकर्मा

परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको “मिस एण्ड मिस्टर विश्वकर्मा-२०१७” को ताज सोनिया विश्वकर्मा र पुरुषतर्फ सिमान्त बराइलीले जितेका छन्। राजाधानीमा आयोजित यस प्रतियोगितामा फर्स्ट रनरअप र सेकेन्ड रनरअप भने चुनिएन । फस्ट र सेकेण्ड नभएको सम्भवत: यो पहिलो प्रतियोगिता हो।

त्यस्तै, प्रतियोगितामा महिलातर्फ मिस फोटोजेनिक निशा सुनार, बेस्ट ड्रेसमा बिनु विश्वकर्मा, मिस टेलेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंङ रेजिना बिश्वकर्मा, पपुलर सोनिया बिश्वकर्मा, बेस्ट स्माइल खुस्बु बिश्वकर्मा, बेस्ट स्किन सरिता रमदम, क्याटवाक सोनिया बिश्वकर्माले हात पारेकी छन् भने पुरुषतर्फ मि. फोटोजेनिक प्रलाद गजमेर मि. पर्सनालिटि सिमान्त बराइली,मि टेलेन्ट सुरज बिश्वकर्मा,मि फ्रेन्डली कमल विश्वकर्माले हात पारे। मिस विश्वकर्माको यो दोश्रो सिजन हो भने मिस्टर बिश्वकर्माको पहिलो सिजन हो।

संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको यस प्रतियोगिता बिश्वकर्मा समुदायका युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको हो। प्रतियोगितामा बिश्वकर्मा समाज नेपाल, बिश्वकर्मा समाज युएइ, बिश्वकर्मा समाज कुबेतले सहकार्य गरेको आयोजक राज बराइलीले बताए। प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरु लाई परिवर्तन इभेन्ट हाउसकी प्रेसिडेन्ट सोनिया जिआरले मायाको चिनो प्रदान गर्नुभएको थियो।

अनलाईन भोटिङमा ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को अनलाईन भोटिङ सुरु भएको छ। मंसिर २६ गते फिनाले हुने यस् प्रतियोगिताको ‘बेस्ट पपुलर चईस अवार्ड’ पनि अनलाईन भोटिङबाटै प्राप्त गर्न सकिने आयोजकले बताएका छन्। सौन्दर्य प्रतिस्प्रधाको अन्तरास्ट्रिय नियम अनुसार सबैभन्दा धेरै अनलाईनमा भोट प्राप्त गर्ने प्रतियोगीले पब्लिक चइस अवार्ड प्राप्त गर्नेछन। आर्टिस्ट नेपालको फेसबुक पेज मार्फत आफुलाई मन पर्ने प्रतिस्प्रधीलाई मंसिर २५ गतेसम्म भोट् गर्न सकिनेछ। यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १५ जना प्रतियोगीहरु छानिएका थिए।

एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको बताएकाछन।

प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता छानिनेछ। प्रतियोगितामा बिष्णु खड्का, गंगा अधिकारी, छानु गुरुङ, हिमा कुमारी भाट, उर्मिला घिमिरे, सुमित्रा लामा, बिकला घिमिरे, लक्ष्मी पुरी प्रधान, संगिता लिम्बु डङ्गोल, शर्मिला भट्टराई , बिनु माझी, कृपा चुके, रेखा भट्टराई, करुणा श्रेष्ठ, तुलशा अर्याल रहेका छन।