Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

१२० किलो गाजा सहित २ जना पक्राउ 

admin

हेटौडा, ०४ जेठ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलो लागु औषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला राक्सिरांग गाउपालिका वार्ड न ३ का २८ बर्षका ट्रक चालक तथा धनि सुकलाल थिङ्ग र सोही स्थान बस्ने बर्ष ३१ का नमराज दर्जी रहेका छन। बिशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी निरिक्षक पवन कुमार झा नेतृत्वको टोलीले हेटौडा उपमहानगर पालिका वार्ड नाम -११ मा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकमा कुखुराको दानाको बोरा मुनि सेतो प्लास्टिकको बोरामा ११ वटा पोका बनाइ ल्याइरहेको अवस्थामा उक्त गाजा बरामद गरेको छ । उक्त ट्रक सहित २ जनालाई नियन्त्रणमा लिई लागु औषध ऐन २०३३ बमोजिम अनुसन्धान र कारवाही भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए। कसुर प्रमाणित भएपछि ट्रक जफत हुनुका साथै निजहरुलाई २ देखि १० बर्षसम्म जेल र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको