एक साता अघि हराएका जोन भेटिए

फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक भेटिएका छन् । उनी फुल्चोकी जंगलमा भेटिएका हुन् । उनलाई उपचारका लागि साँझ बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययन गर्ने जोन तामाङ गत बिहीबार साँझदेखि बेपत्ता भएका थिए । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो ।

प्रधानन्याधीशलै नै ज्यान मार्ने धम्कि दिएको भन्दै निवेदन दर्ता

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ ।  माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले निवेदनमा उल्लेख गरेका छन्, ‘मेरो ज्यानमा प्रधानन्यायधीशबाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’

 

यौन सुख पूर्ण रुपमा सन्तुष्टि प्राप्त गर्न चाहनुहुन्छ ? त्याग्नुस यि खानेकुरा

यौनसुखको अभावमा कतिपय दम्पतीको सम्बन्ध विच्छेद समेत हुने गरेको घटना हाम्रो समाजमा छ । भनिन्छ नेपाली दम्पतीको कलह सिरक मुनीबाट सुरु हुन्छ । यसको अर्थ के हो भने, यौन जीवन सुखमय नहुँदा दम्पतीबीच खटपट सुरु हुन्छ ।

यसले उनीहरुको सम्बन्धमा नराम्रो असर पार्ने मात्र होइन विच्छेद नै गर्नुपर्ने अवस्था समेत आउने गर्छ । त्यसैले यौन सुख दम्पतीको लागि आपरिहार्य हुन्छ ।

तर यौन सुख कसरी लिने भन्ने बारेमा दम्पतीले पहल गर्दैनन् । भनिन्छ, यौन सुख प्राप्त नहुनुमा खानपानको पनि भूमिका हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जसले यौन उत्तेजना पैदा गर्दैन । त्यस्ता खानेकुरा त्याग्नुपर्छ ।

मदिराजन्य पेय

मदिरा सेवनले हाम्रो शरीरमा बन्ने प्राकृतिक ह्याप्पी हार्मोनमा कमि आउँछ र टेस्टोस्टेरोनको लेभल कम हुन्छ । यसले गर्दा यौन सम्पर्कमा वाधा पुग्छ । त्यसैले यौन सुखका लागि मदिरा पिउने बानी ठिक होइन ।

मदिरा मात्र होइन कफीले पनि यौन सुखमा बाधा पु(याउँछ । यसको अत्यधिक सेवनले शरीरको स्ट्रेस हार्मोन असन्तुलित हुन जान्छ, जसको फलस्वरुप तपाईंलाई तनाव हुन थाल्छ । त्यसैले आफ्नो यौन जीवन सुन्दर बनाउन चाहने हो भने कफीको सेवन कम गरौं ।

यस्तो खानेकुरा

अहिले हामीलाई सजिलो, मिठो र छिटो खानेकुरा चाहिएको छ । त्यसैले फास्टफूडको तलमा परेका छौं । यसले जिब्रोको स्वाद त मेट्छ तर यौनको स्वाद मेट्दैन ।

फास्ट फुड जति हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यति नै यसले हाम्रो यौन जीवनमा पनि नकारात्मक असर पार्छ । यसमा मौजुद रहने अत्यधिक फ्याटले शरीरको टेस्टोस्टेरोन लेभललाई कम गरिदिन्छ । त्यसैले फास्ट फुडबाट टाढा रहेको राम्रो ।

चिप्त तारिएको आलूबाट बनेको हुन्छ जसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा रहने अत्यधिक फ्याटले सम्भोग क्षमतामा ह्रास आउँछ ।

सोयामा फिटोस्ट्रोगेन नामक पदार्थ पाइन्छ जसले पुरुषको सेक्स हार्मानसँग प्रतिस्पर्धा गर्छ । यसको फलस्वरुप यौनइच्छामा कमि आउँछ । त्यसैले आफ्नो यौन जीवनलाई सुन्दर बनाउन पनि सोयाको सेवन कम गरौं ।

दुधजन्य परिकार

बजारमा उपलब्ध बढिजसो डेरी उत्पादन, जस्तै चकलेट, ड्रिंक्स आदिm कृत्रिम दूधले बनेका हुन्छन् । यिनीहरुको अत्यधिक सेवनबाट प्रोगेस्टेरोन, इस्ट्रगेन, टेस्टोस्टेरोन आदि हार्मोनको सन्तुलन बिग्रिन्छ ।

अनुसन्धानका अनुसार अर्न फ्लेक्सको अत्यधिक सेवनले पनि यौनइच्छामा कमी आउँछ । त्यसैले यसको साटो कुनै हल्काफुल्का खानेकुरा खानुपर्छ ।

केन्द्रबिन्दुबाट

जलजलाको उपचारार्थ सहयोग अभियान, गायिका एन्जिला सहितको सांस्कृतिक कार्यक्रम हुने

दुवै मृगौला खराब भएर उपचार गराइरहेकी गायिका जलजला परियारको आर्थिक सहयोगार्थ चितवनमा माघ २७ गते सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । आर्थिक स्थिति कमजोर भएका कारण उपचार गराउन कठिन भईरहेको अबस्थामा पिडित गायिका परियारको आर्थिक सहयोग संकलन कार्यका निमित्त विभिन्न संघ संस्थाले अग्रसरता देखाएको छ । यसै क्रममा बेटर चितवन, मिस एसइइ स्टार चितवन तथा लिओ क्लब अफ नारायनगढ, चितवनले संयुक्त रुपमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रममा उठेको सम्पुर्ण रकम मृगौला रोगबाट पिडित जलजला परियारलाई हस्तान्तरण गरिने कुरा गायिका एन्जिला रेग्मीले बताइन । उक्त सहयोगार्थ सास्कृतिक कार्यक्रममा गायिका एन्जिला रेग्मी, गायक अफ्सर अलि, गायक अभिषेक भण्डारी, गायक सुजन चापागाई, गायक महेन्द्र बराल, गायक सुबास तिम्सिना तथा तथा गायिका सुजाता पाण्डेले आफ्नो आफ्नो प्रस्तुति दिने जानकारी कार्यक्रमकी अभियानकर्ता गायिका एन्जिला रेग्मीले गराइन ।

गायिका परियारलाई गायिका एन्जिलाले यस अघि नै बिस हजार नगद सहयोग गरेकी थिईन ।
मृगौला फेल भएर मृत्यु सँग लडीरहेकी गायिका परियार प्रति सहयोगी मन भएकाहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रम सफल तुल्याईदिन आग्रह समेत गरेकी छिन ।

आईएलटीएस परीक्षाको प्रश्नपत्र परीक्षा अगावै किनबेच भएको प्रमाणित

ब्रिटिस काउन्सिलले काठमाडौंमा लिने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र परीक्षा अगावै किनबेच भएको प्रमाणित भएको छ ।  यसअघि गत २१ पुसमा प्रहरी परिसर, काठमाडौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थी सहित १३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट २२ पुसमा आईएलटीएस परीक्षाको मिति तोकिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षामा सोधिएका प्रश्न र लाखौं रुपैयाँ लिएर ‘लिक’ गरिएको प्रश्नलाई दाँजिएको छ र, अधिकांश प्रश्नहरु मिलेका छन् ।

ती प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नमा लिसनिङतर्फ ४० वटा मध्ये ३८ वटा हुबहु मिलेको छ । ‘राइटिङतर्फ हुने दुवै प्रश्न पनि मिलेको पाइयो’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘रिडिङ चाहिँ मिलेन ।’

प्रहरीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नपत्रको तीनवटा खण्डमध्ये दुईवटा खण्डको मिलेपछि २२ पुसमा लिइएको परीक्षा रद्द गर्न प्रहरीले पत्र काटेको छ र अदालतमा समेत बुझाएको छ ।

प्रहरीले शनिबार आईएलटीएस परीक्षा लिने ब्रिटिस काउन्सिल र आईडिपीको प्रश्नपत्र र ‘लिक’ भएको प्रश्नपत्रलाई दुवैको रोहवरमा दाँजेको थियो ।

अनुसन्धानमा ब्रिटिश काउन्सिलको असहयोग

यसअघि काठमाडौंस्थित ब्रिटिस काउन्सिलले परीक्षामा सोधिएको प्रश्नपत्र प्रहरीलाई उपलब्ध गराउन आनाकानी गरेको थियो । प्रहरी स्रोतका अनुसार काउन्सिलले उल्टै प्रहरीलाई प्राप्त भएको प्रश्न आफूहरुलाई दिन भनेको थियो । काउन्सिलले आफैं अनुसन्धान गर्ने भन्दै प्रहरीलाई असहयोग गरेको थियो ।

‘हामीले काउन्सिलले प्रश्नपत्र उपलब्ध नगराए अरु परीक्षा पनि रोक्नु पर्ने व्यवहोराको पत्र पठाएका थियौं । त्यसपछि निकै कसरतबाट प्रश्न प्रहरीलाई प्राप्त भयो’, एक प्रहरी अधिकारीले भने, ‘ब्रिटिस काउन्सिलका जिम भनिने एकजना विदेशी नागरिक र आईडीपीका विदुर खड्कीलाई ल्याएर बयानसमेत लियौं । तर, उनीहरुको संलग्नता देखिएन ।’प्रहरीका अनुसार पक्राउ परेका ३ जनाले समेत नेपालस्थित ब्रिटिस काउन्सिलका व्यक्तिको नाम लिएका छैनन् ।

पक्राउ परेका सुरजको बयान अनुसार भारतका हनी सिंह नामक व्यक्तिले उनलाई भाइबरमा प्रश्नपत्र पठाएका थिए । त्यसका लागि उनले निश्चित रकम मागेका थिए । सिंहसमेत भारतस्थित ब्रिटिस काउन्सिलकै एजेन्ट भएको खुलेको छ ।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

आईईएलटीएस परीक्षाको प्रश्नपत्र आउट भइरहेको छ भन्ने सुराकीका आधारमा २२ पुसमा काठमाडौं प्रहरी परिसरले अपरेशन चलायो । अनुसन्धानका क्रममा सुन्धारास्थित होटल सप्तरङ्गीको कोठा नं। ३१० मा बिहान ४ बजे आर्थिक ‘डिलिङ’ हुँदाहुँदै प्रहरीले १३ जनालाई पक्राउ गर्‍यो ।

पक्राउ परेका मध्ये ३ जना कन्सल्टेन्सी सञ्चालक थिए । बयानपछि ८ जनालाई छाडियो भने घटनामा प्रत्यक्ष संलग्न देखिएका ३ जनामाथि प्रहरीले अनुसन्धान थाल्यो ।

झापा घर भई बालुवाटार बस्दै आएका ३९ वर्षीय सुरज लामा, महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाडौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्याय र स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाडौंको सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्यबिरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका लामा पुलतीसडकमा सञ्चालित नेपाल वल्र्डवाइड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।  सुरजले भाइबरमा प्रश्नपत्र पाएपछि कञ्चनपुरको महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाडौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्यायलाई प्रश्नपत्र भाइबरमार्फत पठाएका थिए । र, उपाध्यायले स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाडौंको सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्य र रुपन्देहीका निकेश न्यौपानेलाई त्यो प्रश्नपत्र पठाएका थिए ।

प्रहरीका अनुसार उनीहरुले आईईएलटिएस परीक्षाको प्रश्नपत्र विद्यार्थीलाई दिने प्रलोभन देखाएर १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएका थिए । भारतका काउन्सिल एजेन्ट हनी सिंहले प्रश्नपत्र पठाएको पाइएपछि प्रहरीले थप अनुसन्धानका लागि दिल्ली प्रहरीमा समेत उजुरी हाल्न ब्रिटिस काउन्सिललाई पत्र लेखेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हनी सिंहलाई अहिले हामी पक्रिन सक्दैनौं । त्यहाँ काउन्सिलको स्थानीय एजेन्ट समेत भएकाले ती व्यक्तिविरुद्ध फौजदारी मुद्दा हाल्न हामीले भनेका छौं । नेपालका काउन्सिलका कर्मचारी कन्भिन्स भएका छन् ।’

सडक निर्माणमा एसएसबीको अवरोध

१७ माघ, धनगढी । कञ्चनपुरको बेलौरीमा नेेपाली भूमिमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । बेलौरी नगरपालिकाले वडा नम्बर १० सरघाट क्षेत्रमा सडक विस्तार थालेको थियो । पुरानो सडकलाईर् नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएको छ । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको मेयर पोतिलाल चौधरीले जानकारी दिए ।  ६५ वर्षीय कृष्णप्रसाद शर्माले लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा एसएसबीले रोकेको बताए । नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय पल्लव भट्टले बताए । एसएसबीले भोराकोट क्षेत्रमा पनि करिव १०० मिटर सडक विस्तारमा अवरोध गरेको छ ।

मेयर चौधरीले भने, ‘सीमा पिल्लर भन्दा १०० मिटर परै सडक विस्तार गर्न खोजिएको हो । तर, भारतीय पक्षले अवरोध गर्दा काम हुन सकेको छैन ।’ नगरपालिकाले सीमा सर्वे टोलीदेखि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको छ । भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले विवाद सामान्य भएको बताए । दशगजा मिचेर सडक बनाउन थालेपछि अवरोध गरेको स्विकार गरे । भारतीय पक्षले सीमा विवाद समाधान भएपछि मात्र सडक विस्तार गर्न दिने बताएको छ ।

६ दिन बित्यो, भेटिएनन् जोन

हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय जोन तामांग हरायको ६ दिन वितिसक्दा समेत भेटिएका छैनन् ।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययन गर्ने तामाङ गत बिहीबार साँझदेखि बेपत्ता भएका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको छन् महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी विनोद सिलवालले विद्यार्थीलाई अहिलेसम्म नभेटिएको बताए । उनका खोजी कार्य जारी छ ।

नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार, -भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो । -मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।

सामुहिक बलात्कारमा संलग्न युवती फरार ,किन भागिन् युवती  ?

दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कारमा संलग्न युवती फरार भएकी छिन् । माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि सामुहिक बलात्कार भएको मौखिक जाहेरीपछि दरबारमार्ग प्रहरीले यसबारे अनुसन्धान गरेको थियो ।

युवतीको बयानका आधारमा पक्राउ परेका शैलेश कार्की र युवतीबीच महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालयबाहिर कागज बनाएर मिलापत्र गराइदिएको प्रहरी स्रोतको भनाई छ । यसरी इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन गरेको छ ।

सोमबार साँझ छानविन समिति बनेपछि एकपटक मात्र प्रहरीसँगको टेलिफोन सम्पर्कमा आएकी ती युवती अहिले सम्पर्कविहिन भएको काठमाडौं प्रहरी प्रमुख  रबिन्द्र धानुकले जानकारी दिए । छानविन समितिमा संलग्न एक डिएसपीका अनुसार बलात्कृत भनिएकी युवती काठमाडौं बाहिर गएकी छिन् । महानगरीय अपराध महाशाखाले ती युवतीको खोजी गरिरहेको बताइएको छ ।

किन भागिन् युवती  ?
प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ । छानबिन समितिले दरबारमार्ग वृत्तका इन्चार्ज डिएसपी तिलक भारती र मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार माघ ७ गते राति ल्याण्डमार्क होटलमा घट्ना घटेपछि प्रहरीले युवतीकै सहयोगमा उनका ब्वाईफ्रेन्ड शैलेश कार्कीलाई बोलाएका थिए ।

शैलेशकी आमाले ती युवतीलाई ‘बुहारी बनाउँछु’ भनेपछि दुवै पक्षका परिवारबीच जाहेरी नदिने बरु विवाह गरिदिने सहमति भएको थियो । त्यसबीचमा युवतीले परिवारका सदस्यलाई जाहेरी दिनबाट रोक्नका लागी शैलेससँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ धम्की दिएकी थिइन् ।

त्यतिन्जेल सामुहिक बलात्कारमा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिनेतिर प्रहरीको ध्यानै गएन । युवतीले ‘आत्महत्या गर्न सक्ने’ डर देखाएर इन्सपेक्टर ठकुरीले कार्यालय प्रमुख डिएसपी भारतीलाई मुद्धा नचलाउन आग्रह गरेको दरबारमार्ग वृत्तमा कार्यरत एक जुनियर अधिकृतले जानकारी दिएका छन् । ठकुरीको आग्रहपछि डिएसपी भारतीले चार पटकसम्म ‘पछि केही समस्या त आउँदैन नि रु’ भन्दै प्रश्न गरे । त्यस्तोमा मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारी र इन्सपेक्टर ठकुरीले जाहेरीनै नभएपछि कसरी समस्या आउँछ भन्दै कन्भिस गरेका थिए ।

‘त्यसपछि ठकुरी आर्थिक बार्गेनिङ गर्न र कागज नबनाई नहुने भन्दै ललितपुरस्थित युवतीको कोठामै पुगेका थिए’ ती जुनियर अधिकृतले भने, ‘युवतीको ब्वाईफ्रेण्डलाई समेत बोलाएर इन्सपेक्टरले झम्सीखेलमै कागज गरेका थिए, तर त्यो काजग अफिसियल थिएन् ।’

ब्वाईफ्रेन्ड शैलेश कार्की र अन्य तीनजना युवासँग पनि आर्थिक लाभ लिएर युवतीले जाहेरी नदिएको हुनाले छानविन हुँदा आफैं फस्ने डरले युवती भागेको हुनसक्ने प्रहरी स्रोतको भनाई छ । सामुहिक बलात्कारमा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ निर्माण ब्यावसायी हुन् । उनीहरुलाई इन्सपेक्टर ठकुरीले तर्साएर युवतीलाई पनि मोटो रकम दिलाइदिएको र आफुले पनि आर्थिक लाभ लिएको दरबारमार्ग वृत्तका एक अधिकृतले जानकारी दिए ।

फेसबुकमार्फत चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बोलाएका शैलेश कार्कीले चारवटा कोठा लिएका थिए । ल्याण्डमार्क होटलमा एउटा कोठाको एकरातको मूल्य पाँचहजार पर्छ ।