चुनावि माहोलले तात्याे फेकन,हेर्नुहोस् क-कसले गरे उमेद्वारी घोषणा

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आँठौ बार्षीक साधारण सभा तथा निर्वाचन मार्फत नयाँ कार्यसमिती चयन गर्ने भएको छ ।साधारण सभा र नयाँ नेतृत्वकाे चुनाव यही आउदो शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने फेकनले जनाएको छ ।नयाँ नेतृत्वमा आउन चाहने आकाङ्छिहरुको संख्या बढेपछी चुनाव गर्नुपरेको फेकन अध्यक्ष युवराज कटुवालले जानकारी दिए । उनले आफू सहमतिबाटै आगामि दुई बर्षका लागि समग्र व्यवसायीको हित अनुरुप अघि बढ्न तयार रहेकाले अध्यक्ष बाहेकका पदमा निर्वाचन हुने बताए ।

चुनावको मिती घोषणा भएसंगै नेतृत्वमा जान चाहने व्यवसायीहरुले आआफ्नो पक्षमा लविङ गरिरहेका छन् ।
उमेद्वरी घोषणा गर्नेहरुमा अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष युवाराज कटुवाल,प्रत्यक्ष चुनाव हुने एकजना उपाध्यक्ष पदका लागि निमास एजुकेशनका सरोज थापा,एक्टिभ सिनर्जी कन्सल्ट्यान्टका रामसरण ढकालले उमेद्वारी घोषणा गरेका छन् । महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ र ई हाईवे एजुकेशनका विपिन केसी ,सचिव पदका लागि राजु निरौला र अमितबाबु ढुङ्गाना,कोषाध्यक्ष पदका लागि इन्द्र लामा लगायतले उमेद्वारी घोषणा गरेका छन् ।

फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचन बाट र उपाध्यक्ष सहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।

युएई माथि नेपालको जित

आईसीसी विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै शानदार जित दर्ता गरेको छ।  टस हारेर पहिले ब्याटिङ गर्दै युएईले दिएको १७२ रनको लक्ष्य नेपाली टोलीले ४ बल बाँकी छँदै पुरा गर्‍यो।

नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे।

यस्तै कप्तान पारस खड्काले ३९ बलमा १ चौकासहित २८ रनको योगदान गरे। ३२ बलमा दीपेन्द्रसिंह ऐरीले आक्रमक पारी खेल्दै ४ चौका र एक छक्कासहित ४१ रनको योगदान दिए।

खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए। अनिलकुमार साह ११ रनमा आउट भएका थिए। बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए। यस्तै मोहम्मद नाबिद, अहमद राजा र रोहन मुस्ताफालेले १(१ विकेट लिए।

यसअघि जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएई २८।५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।

युएईका लागि अस्फक अहमेदले ४२ रन जोडे। यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। यस्तै शैनमान अनवारले १६ रन जोड्दा मोहमद उस्मानले २६ रन बनाए। अडनान मुफ्तीले ३७ रन बनाएका थिए।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे। ललित राजवंशी २ विकेट तथा कप्तान पारस खड्काले १विकेट लिए।

आफ्नो ६ ओभरको स्पेलमा ललितले ४० रन खर्चंदा ४ विकेट हात पारेका थिए। उनको नाममा युएईका कप्तान रोहन मुस्तफा सहित शैमान अनवर, मोहम्मद उस्मान र मोहम्माद बुटाको विकेट रह्यो।

यसअघि नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट लिग डिभिजन(२ को नेपाली टोलिमा परेका ललितले डिभिजन(२ प्रतियोगितामा खेल खेल्ने भने मौका पाएका थिएनन्।

नेपालको बलिंगमा करन केसीले ३ र राष्ट्रिय टोलिबाट आफ्नो पहिलो खेल खेलेका ललित नारायण राजबंशीले २ विकेट हातपारे। ५ ओभरको स्पेलमा ललितले ३० रन खर्चेर २ विकेट हात पारे।

यसपाली पनि नेपाली ओपनिङ खराब रह्यो। ओपनर ज्ञानेन्द्र मल्लले पहिलो ओभरमा नै ३ वटा चौका प्रहार गर्दै १२ रन जोडे पनि दिलिप नाथले पनि पहिलो बलमानै चौका प्रहार गरे पनि दोस्रो बलमा एलबिडब्लु धरापमा परे। त्यसपछि अनिल कुमार साह र पारस खड्काले नेपालको चेजलाई अघि बढाउँदै तेस्रो विकेटका लागि १८ रनको साझेदारी गरे। तर, व्यक्तिगत ११ रन जोडेका अनिल मोहम्मद नविदको बलमा बोल्ड हुँदै तेस्रो विकेट स्वरूप पभेलियन फर्किए।

त्यसपछि ब्याटिंग गर्न आएका शरद भेषवाकरले पारससँग चौथो विकेटका लागि ३० रनको साझेदारी गर्दै खेललाई नेपालतर्फ फर्काए। पारसले रोहन मुस्तफाको बलमा आउट हुनुअघि २८ रनको योगदान गरे।

शरदलाई क्रिजमा साथ दिन आइपुगेका दिपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिंग गर्दै ३२ बलमा ४ चौका र १ छक्कासहित ४१ रन जोड्दै आउट भए। शरदले खेलमा अविजित ४१ रन बनाए भने अरिफ शेखले अविजित १५ बलमा २ चौका र १ छक्का सहित २३ रन जोडे। युएईको बलिंगमा अमिर हयातले दुई विकेट लिएपनि जित दिलाउन विफल रहे। दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए अनुसार नेता विप्लवलाई पक्राउ गर्नलाई उनको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो । ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि ‘सर्कुलर’ जारी गरेको छ।

प्रदेश सभा र प्रतिनिधि सभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।  गत कात्तिक २८ गते भोजपूरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि बिस्फोट भएका थिए।  सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि आइतबार सोही मुद्दाका फरार अभियुक्त भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।

ना.सु. लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ

यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्रको दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ । उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।

काठमाडौका सरकारी कार्यालयमा अव भुक्तानी विद्युतीय कारोबारबाट मात्र

महालेखा नियन्त्रकको कार्यालयले विद्युतीय भुक्तानी कारोबार ललितपुर, काठमाडौं र भक्तपुर हुदै नेपाल भरिकै सबै कार्यालयबाट लागु गर्ने भएको छ ।  कार्यालयले यही फागनु १५ गतेबाट काठमाडौं सिंहदरबारस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रदायक फर्म, कम्पनी, संस्था वा व्यक्तिको बैंक खातामा नै जम्मा हुने गरी नेपाल क्लियरिङ हाउस (एनसीएचएल–आएइपीएस) मार्फत विद्युतीय भुक्तानी कारोबार सफलतापूर्वक शुरु गरी उक्त सेवालाई विस्तार गरेको हो ।

एनसीएचएल–आएइपीएस) मार्फत विद्युतीय भुक्तानी गर्न सम्बन्धित कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा अब भुक्तानी दिनुपर्ने सेवा प्रदायक संस्था, फर्म, कम्पनी वा व्यक्तिको बैंक खाता पनि उपलब्ध गराउनु पर्ने हुन्छ ।

भुक्तानी आदेश प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले आफ्नो बैंक मार्फत हितग्राहीको खातामा सिधै रकमान्तर गरिदिने छ । हाल एभरेष्ट बैंक लि., नेपाल बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि. र कृÈि विकास बैंक लि.बाट सरकारी भुक्तानी कारोबार हुदै आएको छ ।

यस विस्तारले नेपाल सरकारको भुक्तानी कारोबारहरु सिधै बैंक मार्फत विद्युतीय माध्यमबाट गरिदा वित्तीय अनुशासन र वित्तीय पारदर्शीता कायम गर्न विशेÈ मद्दत पुग्नुका साथै नेपाल सरकारको विद्युतीय भुक्तानी गर्ने नीति कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास नेपाल क्लियरिङ्ग हाउसको रहेको छ ।

सहमति बिना भारतीय पक्षबाट चारवटा पुल निर्माण

 

भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट डोजर ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए ।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो । काठेपुल निर्माण गरे÷नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । “सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भने ।

पुल निर्माण नेपालको मानव बस्तीभन्दा माथि छ । दुम्लिङभन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् । व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुले समेत प्रयोग गर्नेगरी काठे पुल लगाउनुपर्ने माग गरेका छन् ।

‘ब्युटिसियन नेपाल – २०१८’ को अनलाईन भोटिङ सुरु, फागुन २० गते फिनाले

ब्युटिसियन महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको ‘ब्युटिसियन नेपाल – २०१८’ को पाचौं संस्करणको अनलाईन भोटिङ सुरु भएको छ । फागुन २० गते फिनाले हुने यस् प्रतियोगिताको ‘बेस्ट पपुलर चईस अवार्ड’ पनि अनलाईन भोटिङबाटै प्राप्त गर्न सकिने आयोजकले बताएका छन् । प्रतिस्प्रधाको अन्तरास्ट्रिय अनलाईन भोटिङ नियम अनुसार सबैभन्दा धेरै अनलाईनमा भोट प्राप्त गर्ने प्रतियोगीले ‘पब्लिक चइस अवार्ड’ प्राप्त गर्नेछन । आर्टिस्ट ‘पब्लिक चइस अवार्ड’ का लागि आर्टिस्ट नेपालको फेसबुक पेज मार्फत आफुलाई मन पर्ने प्रतिस्प्रधीलाई फागुन १९ गतेसम्म भोट गर्न सकिनेछ ।

ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतिस्प्रधाको ट्रेनिङ अबधीभर नयाँ नयाँ सिप क्षमताको प्रक्षिक्षण तथा आदानप्रदान हुने अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताउनुभयो ।

प्रतिस्प्रधी ब्युटिसियनहरुलाई मोडेल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता बिभिन्न विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको आयोजकले बताएका छन ।

यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १६ जना ‘ब्युटिसियनहरु छानिएका थिए । प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल लगायत बिभिन्न विधामा विजेता छानिनेछ । प्रतियोगितामा सम्झना शेर्पा, बिना श्रेष्ठ, गंगा खड्का , सविना नेपाली , सुनिता पोखरेल, देवी श्रेष्ठ, कल्पना गुरुङ, प्रतिक्षा अधिकारी , लक्ष्मी श्रेष्ठ, सविना खत्री, शर्मिला शाही, रमिला शाही महर्जन, लिना खेबाङ सुब्बा, शिलास्मा मल्ल,मिट्ठु महर्जन र सविना चित्रकार रहेका छन ।

मेसिन पड्किँदा दुईजनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आज कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ । मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । अब्दुलको घटनास्थलमै र अन्सारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस

बेवारिसे अवस्थामा नवजात शिशु फेला,पालनपोषणको जिम्मा लिन स्थानीयको भीड

सिमरा पथलैयास्थित सडक छेउमा सोमबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।पथलैयादेखि पूर्वतर्फ रहेको तीन नम्बर पुलनजिक सडक छेउमा शिशु फेला परेको हो । ब्यस्त राजमार्गको छेउमै शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए ।  अस्थायी चौकी पथलैयाको टोलीले शिशुलाई उद्दार गर्दै सिमरास्थित अल्पाइन अस्पताल ल्याएको थियो । शरीरमा रगत लागेको अवस्थामै रहेको शिशुको अहिले अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 नवजात शिशु भेटिएसंगै अस्पताल क्षेत्रमा शिशुको पालनपोषणको जिम्मा लिन स्थानीयको भीड लागेको छ । बिहानैदेखि स्थानीयले अस्पताल पुगेर प्रहरीसंग शिशुको पालनपोषणको इच्छा देखाइरहेका छन् । प्रहरीले भने नवजात शिशु यत्तिकै जिम्मा लगाउन नमिल्ने बताएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेलले शिशुको जिम्मा लगाउनेछ । १८ बर्षसम्म सन्तान नपाएका पती पत्नी, पालनपोषणका लागि आर्थिकरुपले सक्षम लगायत मापदण्ड पूरा गरेका व्यक्तिलाई शिशु जिम्मा लगाउन सक्ने प्रहरीको भनाइ छ ।