डा.गोविन्द केसीलाई ३ दिन भित्र सर्वोच्चमा उपस्थित हुन आदेश

सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा।गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।

मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली एकल इजलासले डा.केसीलाई तत्काल अदालतमा उपस्थित हुन आदेश दिएको जनाइएको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र समेत छानबिन हुनुपर्ने माग राख्दै तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *