अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता मिस स्कुवा नेपालको तयारी तिव्र, जेष्ठ १९ मा अडिसन, विजेताले मलेसियामा प्रतिनिधित्व गर्ने

विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू सफलता पूर्वक आयोजना गरिरहेको मोडल सङ्गस नेपाल प्रालिले मिस स्कुबा नेपाल २०१८ को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एवम् अन्तराष्टि«य स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने प्रालिका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्ये बिजेतालाई मलेशियामा आयोजना हुने मिस इस्कुबा इन्टरनेशनल २०१८ मा सहभागिता जनाउन अवसर प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली नागरिकता भएका ,१७ देखि २८ बर्ष सम्मका , ५.२ इन्च भन्दा माथि उचाइ भएका , सामान्य अङ्रेजी भाषामा कुराकानी गर्न सक्षम , स्वास्थमा तन्दुरूस्त, अविवाहित महिलाले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने कुरा आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले मलेशियामा हुने मिस इस्कुबा इन्टरनेशनल २०१८ मा स्वत सहभागिता जनाउन सक्नेछन यसका अलवा नगद पुरस्कार सहित चलचित्र , म्युजिक भिडियो , मिडियामा अन्तरवार्ता आदीमा सहभागिता गराइने छ ।
यश प्रतियोगिताको अडिसन जेठ १९ गते रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वरमा हुने छ ।
आफुमा कला कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका र उचित मूल्याङ्कन नहुदा आफूलाई एक्सपोज गर्न सक्षम नभएका, उनिहरूको क्षमतालाई अभिवृद्दि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला नगरिमा सक्षम र क्षमतावान जनसक्ति उत्पादन गरि समायोजन गर्न यो प्रतियोगिता सहयोगी सिद्द हुने कुरा यश प्रतियोगिताका आयोजक सदस्य दिवस भट्टराइले बताएका छन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ,  आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, सेल्फ मेकअप क्लास, सहित विभिन्न सामाजिक गतिविधीमा समेत सहभागि गराइने जनाइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगीहरूले ओमनिया ब्(९७ भुई तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर ( ०१-४११७१४२), ओमनिया N-२४ भुइ तला सिटी सेन्टर कमलपोखरी (०१-४०११५२३), योङ फरेभर पसल न २०२ पिपुल्स प्लाजा न्युरोड ( ०१-४१५७५९५) र रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वर काठमाण्डौ ( ९८५१२२७७६५ ) पेजेन्ट नेपाल न्यू प्लाजा सडक ( ९८४७५९३००९) मा सम्पर्क गरि वा सोझै माथि उल्लेखित स्थानमा गई फारम भर्न सकिने कुरा यश प्रतियोगिताको आयोजना गर्न लागेको कम्पनिका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले जानकारी गराएका छन् ।

प्रतिबन्धित कुखुरा सहित सवारीसाधन नियन्त्रणमा

अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरा सहित प्रहरीले गए राति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो ।

बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिनुभयो ।

पिकअप भ्यान सहित गाडी चालक सिरहाको गोलबजार नगरपालिका–६ निवासी राजेशकुमार लामालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाइने उहाँले बताउनुभयो ।

राजधानीमा दुई वर्ष भित्र मोनोरेल

काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसी आरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए । चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ ।

सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीले पीपीपी र बीओओटी मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए ।

सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत

नेपालि लोक दोहोरी गित संगीतको दुनियामा फेरी अर्को नब गायक सागर पन्थको एकदमै पृथक अनी रमाईलो लोकदोहोरी गित “बुढी भन्न पाम” सार्वजनिक गरिएको छ । सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । सन्तोस लामीछानेको शब्द सङ्गीत सृजनामा रहेको गीतमा संगीत संयोजन नरेन्द्र बीयोगीले गरेका छन् ।

हुम गैरेले निर्देशन तथा सम्पादन गरेको भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको निकै रमाईलो अभिनय रहेको छ । सागर गौतमको छायांकन रहेको भिडियोलाई शैली कृयशन प्रालिले बजार ब्यबस्थापन गरेको हो ।

‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्दै हैरान

चलचित्र ‘हैरान’ ले मनोरन्जन विधामा सर्वोत्कृष्ट प्रतिभाको खोजि गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्ने भएको छ । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट अडिसन सुरु हुने भएको छ । प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २र२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

कक्षा १२ को परीक्षा आजबाट शुरु

भक्तपुर र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको छ । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ ।
परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएका छन् ।
बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन भएका छन् ।
कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।

जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसला उल्टियो

जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।

फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् ।

न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत चैत २६ मा उक्त फैसला गरेको हो । यसअघि गत असारमा जिल्ला अदालतले जबर्जस्ती करणी गरेको प्रमाण नजुटेको भन्दै अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो । विसं २०७३ पुसमा छिमेकी ६५ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अर्गेजामाथि जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पीडित महिलाले किटानी जाहेरी दिएपछि अर्गेजा विसं २०७३ माघ १ गते पक्राउ परेका थिए । अदालतको थुनछेक आदेशबाट उनी माघ १९ गते धरौटीमा छुटेका थिए । जिल्ला अदालतबाट विसं २०७४ असारमा सफाइको फैसला आएपछि पीडित महिलाले उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएकी थिइन् ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्नुपरेको पीडित महिला र उनका परिवारजनले जनाएका छन् । नयाँ फैसलापछि पीडित पक्षले न्यायको अनुभूति गरेका छन् । पुनरावेदन परेपछि इजलासमा भएको बयानका क्रममा अभियुक्त अर्गेजाले जबर्जस्ती करणी गरेको स्वीकार गरेका थिए । यथेष्ट प्रमाणका आधारमा कसुर ठहर भएपछि अभियुक्त अर्गेजालाई जेल सजाय तोकिएको न्यायाधीश शेषराज सिवाकोटीले बताए ।

इजलासको फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न प्रतिवादीलाई ७० दिनको म्यादसमेत दिइएको छ । अभियुक्त अर्गेजाले महिला घरमा एक्लै भएको मौका छोपी जबर्जस्ती करणी गरेका थिए । स्वयं पीडित महिलाले किटानी जाहेरी दिएको घटनामा प्रमाण नभेटिएको भन्दै जिल्ला अदालतले अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो ।

दमौलीमा ग्यास बोकेको बुलेट दुर्घटना, दुर्घटना क्षेत्रमा उच्च सतर्कता

पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको एमएल ओ वान एए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताए ।

घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । शक्ति ग्यास बोकेको उक्त बुलेट आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । ग्यास पड्कन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।

स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्तो प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको बताइएको छ । त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ ।

हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर व्यास नगरपालिकाको बारुण यन्त्र तयारी अवस्थामा राखिएको छ भने सो क्षेत्रको विद्युत् लाइन काटिएको प्रहरीले जनाएको छ । कास्कीको गगनगौडास्थित शक्ति ग्यास कम्पनीबाट प्राविधिकको टोलीसमेत ग्यास निकाल्न घटनास्थलतर्फ गइसकेको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै त्यस क्षेत्रका बासिन्दालाई सजक र सतर्क गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी उपरीक्षक जोशीको टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिइएको बताइएको छ ।

‘साईपल मिस एसइइ स्टार २०१८’का विद्यार्थीबिच ओरेन्टेसन

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयलाई सगुपयोग गर्न लक्षित गर्दै आयोजना गर्न लागिएको ‘साईपल मिस एसइइ स्टार २०१८’ को ओरेन्टएसन सम्पन्न भएको छ ।

भवानी ईन्टरटेन्मेन्टको आयोजना तथा ग्रेस ईभेन्टको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्दै उपयुक्त अबसर प्रदान गर्न र सईई स्टारको रुपमा चिनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सोनित राज ढुंगेलले बताए। उक्त ओरेन्टएसनमा एसइइ दिएर बसेका झन्डै २ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा टेक्सास कलेजका निर्देशक नारायण पोखरेलले एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुले यस् प्रतियोगिताबाट धेरै कुराहरु सिक्न सकिने र सफलताको सिंडी चड्न सहयोग पुर्याउन सक्नेमा आफु धुक्क रहेको बताए । त्यस्तै अन्य बक्ताहरुमा आर्टिस्ट नेपालका अध्यक्ष तथा म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा सकृय नब ढुंगेलले मोडेलिङ तथा फोटोसुट पोजको बारेमा प्रतियोगीलाई बताए । त्यस्तै कोरियोगाफर सगुन पाण्डेले प्रतियोगितामा भाग लिनुहुने विद्यार्थीहरुले प्राप्त गर्ने बिभिन्न ट्रेनिङ तथा नियमहरुको बारेमा खुलस्त पारिन । मोडेल लभिन अन्सारीले मोडलिङको बारेमा बताए । ग्रेस ईभेन्टका सिईओ सुरज थापा, दिपक बास्कोला तथा प्रसन्न अर्यालले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

प्रतियोगिताको ट्रेनिङ बैशाख १५ गतेबाट आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको बिजेता तथा फस्ट रनरअप , सेकेस्ड रनरअप र थर्ड रनरअपले टेक्सास कलेजमा फुल स्कलरसिपमा अध्ययन गर्न सक्नेछन । त्यस्तै प्रतिस्प्रधीहरुले बिभिन्न गिफ्ट ग्याम्पर, मोडेलिङमा अबसर तथा बिभिन्न गिफ्ट ह्याम्पर तथा कलेजमा डिस्काउन्ट प्राप्त गर्नेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण कोरियोग्राफर सगुन पाण्डेले दिनेछिन् । प्रतियोगीहरु कान्तिपुर फेशन हाउसको आकर्शक डिजाईनमा प्रस्तुत हुनेछन ।