प्रदिप निर्देशित “चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

राष्ट्रखबर-

नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित “चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको र शव्द यशु थापाको रहेको छ ।

गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी वरपरका मनोरम स्थलहरुमा छायांकन भएको
गीतको म्यूजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन भने मेक अप निर्मला आचार्य रहेको छ । बिष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियोमा मोडल रेनु लामा, सन्दिप गुरुङ्ग तथा प्रकाश सूवेदीको अभिनय रहेको छ

थुप्रै चलचित्रमा डान्स कोरियोग्राफी गरेर चर्चा कमाएका सफल निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडीयोहरु लोकप्रिय हुने गरेका छन ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *