मोडलिङमा ब्यस्त हुँदै कबिता

पछील्लो समय ब्यस्त मोडलको सुचीमा पर्छिन कबिता श्रेष्ठ । पछील्लो समयमा प्राय शो मा रोजाईमा पर्ने कबिता मिस ईडिजेनोस हेरिटेज नेपाल सौन्दर्य प्रतिस्प्रधाबाट मोडलिङमा प्रबेश गरेकी हुन । मोडलिङ मोहकै कारण निरन्तरता दिएको बताउने कबिता प्रतिस्प्रधा मार्फत ब्यक्तिव बिकास सम्बन्धित धेरै ज्ञान हासिल गरेको बताउछिन । उनले १ दर्जन भन्दा धेरै फेशन शो हरुमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

पहिलो पटक एन्जल अफ द फ्लर शो मार्फत र्याम्प मा उत्रेकी कबिता ५।५ फिट हाईट कि छिन् । उनले र्याम्प बाहेक टेलिभिजन बिज्ञापन तथा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । स्नातक तहको अध्ययन सकेर फुर्सदको समय सदुपयोग गरेकी कबिता आगामी दिनमा कोरियोग्राफर तथा म्युजिक भिडियो तथा बिज्ञापनमा निरन्तर आउने चाहना रहेको बताउछिन । आर्टिस्ट नेपाल मार्फत मोडलिङमा निरन्तरता दिएकी कबिता नृत्य तथा अभिनयमा पनि अब्बल छिन् ।

फोटो : कुबेर तमाङ
मेकअप रोजी सिंह ठकुरी
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन, कमलादी

 

 

सुन तस्करी प्रकरणमा मुछिएका फरार प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीले आत्मसमर्पण गरे

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक  श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री यसअघि दुबईबाट नेपाल भित्रिएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवासलाई थुनामा राख्ने आदेश

मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

श्रीनिवासलाई सुनसरी जिल्लाको क्षेत्रीय कारागार झुम्कामा राख्ने निर्णयसमेत भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।  आचार्यले भने आफूले आफैँमाथि गोली प्रहार गर्न नलगाएको बताएका छन् ।

यसैगरी, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका बस्ने २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्था गर्ने नवलपरासीको गैँडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्य चैत २५ गते बिहान १ः४५ बजे शौचालय गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौँ गएका थिए ।

प्रहरीको विशेष अनुसन्धान टोलीले वैशाख २४ गते बिहान आचार्यलाई काठमाडौँको गौशाला क्षेत्रबाट पक्राउ गरेको थियो ।

नेसनल ट्रेडिङ नेपाल खाद्य संस्थानमा गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बन्ने

सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ। सरकारी स्वामित्वमा रहेको खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने आर्थिक वर्ष २०७५र०७६ को बजेट वक्तव्यमा उल्लेख छ।

दुईवटा संस्थान गाभेर बन्ने कम्पनीले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्नेछ। नेसनल ट्रेडिङ खारेज भइसकेपछि सम्पत्ति नै अलपत्र हुने भएपछि खाद्य संस्थानसँग गाभेर छुट्टै कम्पनी बनाउन लागिएको हो। नेसनल ट्रेडिङका देशैभर गोदाम रहेकाले सामान भण्डारण गर्न सहज हुने जानकारहरू बताउँछन्।

राष्ट्रिय आपूर्ति कम्पनीमार्फत देशैभर अत्यावश्यक वस्तुको वितरण गर्नेछ। खाद्य संस्थानले दुर्गम तथा सुगम जिल्लामा सहुलियत दरमा खाद्यान्न वितरण गर्दै आएको छ। पूर्व सञ्चालकद्वारा अनियमितता गरी निरन्तर घाटामा गएपछि नेसनल ट्रेडिङमा सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश दिइ खारेज गरेको थियो।

सरकारी स्वामित्वमा रहेको खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमा उल्लेख छ।

यसअघि नै दुवै संस्थानलाई गाभ्ने भनेर अध्ययन गर्न समिति गठन भए पनि त्यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन। लिमिटेडसँग करिब २५ अर्ब रूपैयाँ बराबरको सम्पत्ति रहेको सरकारी तथ्यांक छ। नेसनलको जग्गा, गोदाम, सटर र विभिन्न कम्पनीमा रहेको सेयर लगानीबापत ठूलो परिमाणमा सम्पत्ति छ।

नेसनलको गोरखकाली उद्योग, विशाल बजार कम्पनी, नेपाल आयल निगम, नेपाल ल्युब आयल, साल्ट ट्रेडिङ कर्पोरेसन, साझा भण्डार सहकारी, खाद्य उद्योग र साझा पसल सेवामा १९ करोड रुपैयाँको सेयर लगानी छ  । यन्त्र बिक्री तथा मर्मत केन्द्र (रामशाहपथ) मा २६ रोपनी जग्गा छ । सो जग्गा सरकारले चार अर्ब १३ करोड रुपैयाँ मूल्यांकन गरेको छ।

विराटनगरमा पाँच बिघा आठ कठ्ठा जग्गा छ । सो जग्गाको मूल्य ६५ करोड रुपैयाँ मूल्यांकन गरिएको छ । वीरगन्जमा ६ बिघा चार कठ्ठा जग्गा छ । यसको ९९ करोड रुपैयाँ मूल्यांकन गरिएको छ । भैरहवामा एक बिघा १६ कठ्ठा जग्गा रहेको लिमिटेडको १४ करोड मूल्यांकन गरिएको छ। पोखरामा २२ रोपनी जग्गा छ । सो जग्गाको एक अर्ब ४० करोड रुपैयाँ मूल्यांकन गरिएको छ भने नेपालगन्जमा रहेको एक बिघा, धनगढीमा दुई बिघा ११ कठ्ठा, महेन्द्रनगरमा एक बिघा सात कठ्ठा, सुर्खेतमा ११ कठ्ठा, दाङमा १५ कठ्ठा १४ धुर र धनकुटामा दुई रोपनी १० आना जग्गा छ ।

साभारः अन्नपूर्ण पोष्ट

“मिडिया र बिज्ञापनलाई नयाँ सोचकासाथ अगाडि बढाउनेहरु नै अब टिक्छन् “: रंजनचन्द्र अधिकारि,बरिष्ठ मिडियाकर्मी

काठमाडौँ –  दुइ दशक भन्दा बढि समय देखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि संचारमाध्यमको लागि नौलो नाम होइन  । नेपाली मिडिया मार्केटिङ क्षेत्रका उनी एक हस्तीको रुपमा स्थापित भएर आफ्नो पेशमा मार्गदर्शनको रुपमा परिचित छन् । २०५३ साल देखि लगातार रुपमा आफ्नो पेशामा सफल हुदै आएका इमेज ग्रुप अफ कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङमा स्थापित व्यक्तित्वको रुपमा चिनिन्छन ।

उनले नेपाली मिडिया मार्केटिङ क्षेत्रलाइ ब्यबसायिक्ता प्रदान गर्दै आएर यो क्षेत्रको बिकाशको लागि एक दरिलो खम्बा भएर उभिएका छन ि उनि यस क्षेत्रमा आबद्द व्यक्तिहरुको आदर्श पुरुष हुनुको साथै हिजोको समय देखि आजको डिजिटल प्रबिधि सम्म आईपुग्दा सबैको कोसेढुङ्गा भएर नेतृत्व प्रदान गर्न सफल व्यक्तिको रुपमा चिनिएका छन

उनले २०५३ सालमा मिडिया मार्केटिङको करियर शुरू गर्दासम्म धेरै सञ्चारमाध्यमहरू खुलिसकेका थिए। तर त्यो बेलासम्म विज्ञापन बजार निकै साँघुरो र सीमित दायरामा थियो। सरकारी सञ्चारमाध्यमहरूले सरकारी विज्ञापन छाप्थे र बजाउँथे। निजी क्षेत्रका सञ्चारमाध्यमले विज्ञापन पाउनु, छाप्नु र बजाउन पाउनु कठिन थियो। त्यही क्रममा सरकारी सञ्चारमाध्यमहरूले पाउँदै आएका विज्ञापन निजी सञ्चारमाध्यमहरूले तान्न थाले। उनि सम्बद्ध ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानी डेढ घन्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम सञ्चालन गर्दथ्यो। नेपाल टेलिभिजनले ‘कमर्सियल्ली अनभाएवल’ भनेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रमको साथमा विज्ञापन बजार विस्तारमा ध्यान दियो। तर त्यो बेला विज्ञापनसम्बन्धी काम निकै चुनौतीपूर्ण थियो। विज्ञापन माग्न जाँदा विज्ञापनदाताबाट सित्तैमा अथवा चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो। व्यवसायीहरूलाई विज्ञापनले कसरी व्यवसायको विकासमा सहयोग पुग्छ भनेर बुझाउनै कठिन हुन्थ्यो।

व्यवसाय विस्तारसँगैै विज्ञापनदाताहरूको व्यवहारमा परिवर्तन हुन थाल्यो। एकपछि अर्को गर्दै खुलेका निजी क्षेत्रका प्रतिष्ठानहरूले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिन आफैं विज्ञापन बनाउन थाले। कम्पनी स्थापना गर्दा नै विज्ञापनका लागि बजेट छुट्याउने जस्ता सकारात्मक अभ्यासहरू हुन थाले। मिडियाहले आफ्नो स्थान जमाउन थाले। मिडिया र विज्ञापनको ठूलो क्रेज देखिन थाल्यो। रंगिन कलेवरका ठूला पत्रिकाहरूले विज्ञापनका नयाँ आयामहरू पस्कन थाले। ब्रोड सिटका दैनिकहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए। रेडियो, टेलिभिजनहरूमा एउटै विज्ञापनमा विभिन्न जाति–भाषीको पहिरन र भाषाहरू समेटेका विज्ञापनहरू प्रसारण हुन थाले।

मार्केटिङ क्षेत्रको विभिन्न आरोह अबरोहहरु पार गर्दै अहिलेको स्थिति सम्म आइपुग्न कम चुनौतीपूर्ण काम थिएन उनलाई धैर्य लगनशीलता काम प्रतिको इमान्दारिता र निष्ठाले गर्दानै उनि अहिले मिडिया मार्केटिङमा एक हस्तीको रुपमा स्थापित भएका छन् ।आधुनिक युगको परिबर्तन संगै मिडिया क्षेत्रले पनि ठुलोनै फड्को पारेको अबस्थामा आफुलाई समेत समय सापेक्ष परिबर्तन गर्दै सुरुको दिन देखि अहिलेको अबस्थामा सम्म आइपुग्न कठिनाइपूर्ण यात्रा गरेको अधिकारि बताउछन । विज्ञापन दाताहरु संग सहकार्य गर्दै उनीहरुको ब्यापार व्यवसायलाई समेत थप नया उचाइमा पुर्याउन सफल व्यक्तित्व रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङ क्षेत्रका सर्बाधिक पारिश्रमिक लिने व्यक्तिको रुपमा समेत परिचित छन्

अधिकारीको भनाई छ ” मिडिया र बिज्ञापनलाई नयाँ सोचका साथ अगाडि बढाउनेहरु नै अब टिक्छन् । दिनदिनै आधुनिक प्रबिधिले पुरानो प्रबिधिलाई बिस्थापित गर्दैछ । मिडियाको नयाँ ब्यवस्थापन गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । खासगरी टेलिभिजन, रेडियो, अनलाईन पोर्टल र सामाजिक संजाललाई हेर्ने सरकारी दृष्टिकोण र सुस्पष्ट नीति नियम बनाएर मात्रै यस क्षेत्रका चुनौतिहरुको सामना गर्न सकिन्छ । त्यसमा ब्यवसायीहरु त झन् सक्रिय हुनैपर्छ ।”

विभिन्न संघ सस्थाहरुको गरिमामय प्रमुख पदहरुमा आफ्नो कुशल प्रभावकारी भूमिका निर्बाह गरिसकेका रंजन चन्द्र अधिकारि मिडिया मार्केटिङ एसोसियन नेपालका अधक्ष्य, मुकुल सब मणि ट्रान्सफरका अधक्ष्य, टिम्बर डोर एण्ड टेक्स्टाइल प्रालिका अधक्ष्य, भुमि एड्भर्टाइजिङ प्रालिका सी ई ओ, लाइन्स क्लब अफ काठमाडौँ युनाईटेड वर्ल्डका चाटेड भाईस प्रेसिडेण्ट, म्यानेजमेन्ट एसोसियसन नेपालका सदस्यमा आबद्द रहेका छन् भने कृति अवार्ड २०१४- मिडिया मार्केटिङ म्यानेजर अफ द एयर, मार्केटिङ एक्सलेन्स अवार्ड २०१६- एक्सलेण्ट मार्केटिङ म्यानेजर अफ द एयर बाट समेत सम्मानित भईसकेका छन् ।

आफ्नो पेशा संगै विभिन्न संघ सस्थामा समेत आबद्द रहेर देशको मूल आर्थिक बिकाशमा सहयोग पुर्याउदै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका अधिकारीले विभिन्न संघ सस्थामा आश्रित अनाथ बालबालिका तथा बृद बृदालाइ सहयोग पुर्याउदै आएका छन् नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता रियालिटी सो हरुमा कुशल निर्णायकको भूमिका निर्बाह गरिसकेका रंजन चन्द्र अधिकारि बहुप्रतिभाको धनि तथा बौद्दिक क्षेत्रमा अब्बल व्यक्तित्वको रुपमा चिर परिचित छन्  ।

बिश्वकै सबैभन्दा सस्तो बजाजको क्यूट कार डिसेम्वरमा सार्वजनिक हुदै

चर्चित भारतीय अटोमोवाइल कम्पनी बजाजले सस्तो मूल्यको ‘क्युट’ कार आगामी डिसेम्बर महिनामा सार्वजनिक गर्ने भएको छ । मोटरसाइकल, स्कुटर र अटो रिक्सा उत्पादनमा निकै चर्चा कमाएको बजाजको कार सेग्मेन्टमा उपस्थिति यो नै पहिलो हो ।

अबको ६ महिनामा भारतीय बजारमा ल्याउन लागिएको बजाज ‘क्युट’ले इन्डोनेसियामा भने बिक्री वितरण गर्दै आइरहेको छ । यसको इन्डोनेसियामा मुल्य १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।

उक्त कारले ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।

बजाज ‘क्युट’ नाम दिइएको कार २७५२ मिलिमिटर लम्बाई, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।

विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।

सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यो कारमा २१६।६ सिसिको इन्जन जडान गरिएको छ जुन बजाज २२० पलसरको भन्दापनि कम हो । अन्य कारको तुलनामा यो कार निकै हलुको रहेको छ । यसको कुल तौल ४५० केजी रहेको छ ।

डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०।२ लिटरको वाटरकुल्ड इन्जिन छ भने, ५ वटा गियरबक्स रहेको छ । कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।

यहि क्रममा नेपाली बजारमा प्रबेश गर्ने आँकलन सबैले गरेका होलान तर, यो कार नेपाली बजारमा भने आउने छैन ।

श्रम नियमावली मन्त्रिपरिषदबाट पारित : श्रमिकको तलब वृद्धि हुदै ,संचयकोषको व्यबस्था तथा तलब बैंक मार्फतै भूक्तानी गर्नुपर्ने

रोजगारदाताले अब आफ्ना सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । आइतबार मन्त्रिपरिषदबाट पारित भएको श्रम नियमावलीमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने तलब बैंक खाताबाटै भुक्तानीको व्यवस्था गर्ने उल्लेख छ । कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ ।

यसका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालन सम्बन्धी निर्देशिका ल्याउन लागेको छ । यसपछि वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था हुने श्रम मन्त्रालयले जनाएको छ ।

नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवसायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । अब सबै किसिमका कामदारको पनि छुट्टै बैंक खाता मार्फत तलब भुक्तानी गर्नुपर्नेछ ।

यो व्यवस्था लागू भएपछि न्युनतम् पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य हुने विश्वास सरकारको छ ।

अहिले विद्यालय, अस्पताल, बैंक तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक र्फममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिक लिन बाध्य छन् ।

‘निजी अस्पताल र मेडिकल कलेजहरुले समेत ५ हजार तलव दिएर नर्सहलाई पीडित गराएको भेट्यौं । कतिपय निजी शैक्षिक संस्थामा पनि यस्तो समस्या रहेछ’ श्रम मन्त्रालयका एक उच्च अधिकारीले भने,’कागजमा धेरै तलव दिएको देखाउने, तर न्युनतम पनि नदिने क्रमलाई तोड्न यो व्यवस्थाले ठूलो सहयोग गर्नेछ ।’

यो व्यवस्थापछि कम्पनी तथा फर्महरु नवीकरण गर्दा बैंकमार्फत दिएको कर्मचारीको तलव विवरण बुझाउनुपर्ने व्यवस्था गर्न लागिएको छ । न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न सक्छ ।

यो व्यवस्थापछि सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम पनि बढ्नेछ । अहिले धेरै रोजगारदातहरुले सामाजिक सुरक्षा कोषका लागि कामदारको तलवबाट १ प्रतिशत समाजिक सुरक्षा रकम काटे पनि जम्मा गरिरहेका छैनन् । जम्मा गर्नेहरुले पनि तलब कम देखाएर फाइदा लिइरहेका छन् ।

नयाँ श्रम नियमावलीले योगलानमा आधारित समाजिक सुरक्षा ऐन-२०७४ बमोजिमको समाजिक सुरक्षा रकम रोजगारदाता र श्रमिकले समाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ ।

यस सम्बन्धी कानुन नबनेसम्म रोजगारदाताले नै यसबापतको रकम सञ्चय कोष, स्वीकृत अवकास कोष वा बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । अहिले समाजिक सुरक्षा नियमावली बन्न बाँकी नै छ । अहिलेदेखि जम्मा भएको समाजिक सुरक्षा कोष सञ्चालनमा आएपछि जम्मा भएको रकम समाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्नुपर्नेछ ।

सरकारले साउनदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक बढाउन पनि गृह कार्य गरिरहेको छ । अहिले श्रमिकको न्युनतम् तलव ९ हजार ७ सय रुपैयाँ छ ।

 

गणतन्त्र दिवस : बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाए

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् ।

गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् ।

उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो । यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।

“जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।”  राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

द्वन्द्वकालिन मुद्दामा बालकृष्ण ढुंगेलले जेल सजाय भोगिरहेका थिए । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका ढुंगेलले मानवअधिकारवादी र वकिलले डलरको खेति गरेको आरोप लगाए ।

ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको बताए ।

मोडल खान अभिनित “बैगुनी सीत किन माया लाए ” गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

व्यबसायी तथा मोडल शेर खान अभिनित नवगायक अंकित गोयल स्वरवद्ध “बैगुनी सीत किन माया लाए ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

स्व.नरराज ढकाल तथा उनका सुपुत्र प्रभुराज ढकालको रचना र संगीत स्वयं प्रभुराज ढकाल रहेको  भिडियोमा शेरखान लाई साथ दिएकी छिन मोडल नबिना श्रेष्ठले । भिडियोको छायांकन मोहन कुमारले गरेका छन , त्यसैगरि भिडियोलाई सह निर्देशनको रुपमा साथ दिएका छन टेकराज लङ्गालीले भिडियो निर्देशन सम्पादन तथा कलर गरेका छन निर्देशक अनील कुमार मर्हजनले ।

उपत्यकाका त्रिभुवन पार्क लगायत बहु प्रतिभाका धनी मोडल तथा व्यबसायी शेर खान आफ्नो पुख्र्याैैली ब्यापार ढाका ब्यबसायलाई बिस्तार गर्दै ९ वटा शोरुम सफल रुपमा संचालन संगै संचार ,मोडलिङ क्षेत्रमा समेत फरक पहिचान बनाउन प्रयत्नरत छन ।

काठमाडौ डल्लुका स्थायी बासिन्दा शेर खान बिगत लामो समय देखि काठमाडौँ असन,भेडासिंह तथा न्यूरोड आसपास क्षेत्रमा नेपाली नेपालको पहिचानको पोशाक ढाकाको शोरुम संचालन गर्दै आएका  व्यापारी शेर खान व्यापार व्यबसायमा संलग्न भएर पनि समाजसेवामा उतिकै सक्रिय खान अभिनयमा समेत सशक्त रुपमा देखा परेका छन ।

ढाका व्यवसायका अलावा भिआईपी ईन्टरटेनमेन्ट नामक मिडिया कम्पनी मार्फत चलचित्र निर्माण,डकुमेन्टी निर्माण लगायत मिडिया सम्बन्धि काम गर्र्दै आएका खान नेपाली चलचित्रलाई भारत लगायत अन्य देशमा थुप्रै भाषामा डबिङ्ग गरि प्रचार प्रसार गरि बिश्वव्यापी बनाउने मुख्य लक्ष्य लिएर अगाडी बढेका खानका चर्चित गायक गायिकाहरु गीतहरुको थुप्रै म्यूजिक भिडियोहरु सार्वजनिक भैसकेका छन । समय अनुसार परिबर्तन हुदै गईरहेको नेपाली मोडलिङ क्षेत्रलाई थप ब्यबस्थित गरि अन्तराष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रमा लाग्ने युवायुवतीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका मोडल खान यस क्षेत्रको लागि एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रुपमा परिचित छन । देशको लागि केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा खानको निरन्तर म्यूजिक भिडियो सार्वजनिक हुने क्रममा छ ।

म्यूजिक भिडियो :