५०० मा ४९९ पूर्णाकं ल्याउने यि छात्रा …

भारतमा एक जना छात्राले कक्षा १२ मा ४९९ अंक ल्याएर टप गरेकी छन् । सीबीएसई अन्तर्गत शनिबार प्रकाशित नतीजामा नोएडा कि मेघना श्रीवास्तव नाम गरेकी छात्राले सबैभन्दा धेरै अंक ल्याएर सबैलाई आश्चर्यमा पारेकी छन् ।

आर्ट संकायमा अध्ययनरत उनले अर्थशास्त्र, मनोविज्ञान, इतिहास, भूगोल गरी चार वटा विषयमा १०० र अंग्रेजी विषयमा ९९ अंक प्राप्त गरेकी थिइन ।

दोस्रो हुने छात्रा अनुष्का चन्द्रले ४ सय ९८ अंक र तेस्रो हुने राज्यस्थानका चाहात बोधराज ४ सय ९७ ल्याएका छन् । बोधराजसँगै अन्य ६ जनाले पनि तेस्रो स्थान प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *