सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मे१०प नम्बरको मोटरसाइकल राति ८ः३० बजे एकआपसमा जुध्दा गंभीर घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जानकारी दिए । दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ ।

धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४।५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।   भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।

मिस नेपाल आईडल बिजेता मेरिना घोसित (फोटो फिचर)

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक चईसको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोसित भईन उनले ट्यालेन्ट शोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधी पनि प्रात गरिन, र थर्ड रनरअप रक्षा भुजेल घोसित भईन, उनले उपाधी सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन् ।

त्यस्तै अन्य बिभिन्न विधामा प्रतिस्प्रधीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्‍मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी,चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, अारजे भिजे तथा कोरियोग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।
प्रतिस्प्रधीहरुलाई आर्टिस्ट नेपाल स्टुडियोसका फोटोग्राफर कुबेर तामाङको फोटोग्राफी रहेको थियो । प्रतिस्प्रधीलाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

धनमायाँको पोल्टामा पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ताज

पाँचौ संस्करणको ‘मिसेस मंगोल नेपाल २०१८’ को उपाधी धनमाया मगरले हात पारेकी छिन् । बिगत ५ बर्ष देखी मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताका फस्ट रनरअप निर्मला राई तथा सेकेन्ड रनरअपको उपाधी पम्फा ओजीले हात पारे ।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा अन्य बिभिन्न विधाका सबटाईटल प्राप्त गर्नेहरुमा बेस्ट ट्यालेन्ट पम्फा ओजी, बेस्ट पर्सानालिटी दुर्गा थापा, बेस्ट हेयर सुस्मिता थापा मगर, बेस्ट स्किनमा प्रमिला थापा, बेस्ट फोटोजेनिक गंगा राई, मस्ट एक्टिभ श्रीजना तामाङ, बेस्ट कम्प्लेक्सन अन्जु लो लामा, मस्ट स्मार्ट देवकी लामा, मस्ट चार्मिङ करुणा श्रेष्ठ शेर्पा, मस्ट कन्फिडेन्ट निर्मला राई, मस्ट एट्राटिभ सन्तोषी लिम्बु, मस्ट ईन्टिलेजेन्स धनमाया मगर, मस्ट ईनर्जेटिक शान्ता राई, मिसेस पब्लिक चैस निर्मला राई थिए भने मस्ट पपुलरको ताज सन्तोषी लिम्बुले हात पारिन् ।

प्रतियोगितामा नेपाल अधिराज्यभरबाट छनौट भएका १६ प्रतिस्पर्धीहरु छनौट भएका थिए । १ महिना लामो प्रशिक्षण पश्चात गत असार ११ गते जमल स्थित नाचघरमा भएको ग्राण्ड फिनालेमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक सन्तोष लामा, क्यापिटल कुईन नेपाल लीला राई, नायिका रेखा फागो, ब्युटिसियन लक्ष्मी श्रेष्ठ थिए । कार्यक्रमको प्रमुख अतिथीमा चर्चित गायिका पवित्रा सुब्बा थिए भने प्रमुख निर्णायकमा रेडियो कार्यक्रम प्रस्तोता,मोडेल तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।


बिशेष गरी विवाहित नारीप्रति समर्पित सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको सस्था अमाजोन ईन्टरटेन्मेन्टले बिवाहित मंगोल महिलाहरुको प्रतिभा निखार्ने तथा मंगोल समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र उत्प्रेरित बनाउन बिगत ५ बर्ष देखी मिसेस मंगोल प्रतियोगिताको आयोजना गर्ने गरेको अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।

हिमानी सुब्बाको कोरियोग्राफीमा आयोजित प्रतिस्प्रधाको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको थियो ।

बिवाहित महिलाका लागि “मिसेस नेपाल ग्यालेक्सी”को आवेदन फाराम खुल्ला, असार २३ मा अडिसन

काठमाडौँ – दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा बिवाहित महिलाहरुका लागि “मिसेस नेपाल ग्यालेक्सी २०१८” हुने भएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनलले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिसेस नेपाल ग्यालेक्सी २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो ।
नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुने मिसेस नेपाल ग्यालेक्सीका लागि प्रतियोगिताको अडिसन यहि आउदो असार २३ गते आईतवारका दिन होटल रानीमहल नयां बानेश्वरमा हुन लागेका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक पाण्डेले बताए ।
यस किसिमको प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनलको कार्यालय नया बानेश्वर , तथा ९८५१२१०६६७, ४४८७६९० मा सम्पर्क गरि आवेदन दिन सकिने छ ।
यस अघि युवतीहरुका लागि मिस ग्यालेक्सी नेपाल सिजन १ भव्य रुपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ६० जना बढी प्रतिस्पर्धी सहभागी भएर आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

दर्शकको मन जित्दै चलचित्र “तिमी हुन्छौ जहां जहां”,बढ्यो ग्रस कलेक्सन

काठमाडौं। शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ले निकै उत्कृष्ट व्यापार सँगै ३० लाखमाथीको ग्रस कलेक्सन गरेको छ । शुक्रबार र शनिबार मात्रै ३० लाख माथी ग्रस लकेक्सन गरेको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले हाल ८५ भन्दा बढी हलमा प्रदर्शन भैरहेको चलचित्रका निर्देशक बिकास वस्यालले जानकारी दिएका छन । लभ, रोमान्स र एक्सनले भरिपूर्ण चलचित्र हेरेर फर्किएका दर्शकहरुले चलचित्र निकै राम्रो र पछील्लो समयका चलचित्र भन्दा फरक कथा वस्तु सँगै मनिष र मलिनाको काम निकै तारिफ योग्य रहेको बताए।


निर्देशक बिकास बस्याल निर्देशित चलचित्रमा मदन दवाडीको प्रस्तुती, प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण,अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।
चलचित्रमा मनीष सुन्दर श्रेष्ठ र मलिना जोसीको साथमा स्वरूपपुरुष ढकाल, रवी गिरीका, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ भने वर्षा शिवाकोटी अतिथि भूमिकामा प्रस्तुत भएकी छिन्।

‘मेस्सीलाई साथ दिने टिम नै भएन’ :अर्जेन्टिनी प्रशिक्षक

क्रोएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ ।

बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’

उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’

आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हायौं ।’

‘हाम्रो ड्राइभिङ फोर्स मेस्सी नै हुन् । तर, हामीले उनलाई भेट्टाउन सकेनौं । हामीले लिओलाई बल दिन टिमवर्क ग¥यौं । अर्को टिमले त्यसलाई छल्न काम गयौं ।’

यो हार आफ्नो लागि पनि लाजमर्दो भएको प्रशिक्षक सम्पाओली आफैंले स्वीकार गरेका छन् । उनले अर्जेन्टिनी समर्थक समक्ष माफी समेत मागेका छन् ।

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता “मिस एसीया नेपाल”को पहिलो चरणको छनौट सम्पन्न

काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने प्रतियोगीहरुले विभिन्न किसीमका तालीमहरु पाउने छन् । यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउनेछ ।

गतवर्षकी विजेता उकुशा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन् । “गतवर्ष उकुशाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन्”, आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक दिवस खनियाले भने – “यसपटक भने उपाधी नै जित्ने गरी तयारी गरीरहेका छौँ ।” यो बर्ष मिस एसिया मात्र नभएर मिस ग्याल्म वर्ड मा समेट यसै प्रतियोगीता बाट दुई जना बिजेतालाई नेपालको प्रतिनिधित्व गरेर अन्तरास्तिय स्तरको प्रतियोगितामा पठाइने छ। केही बर्ष अगाडि अन्तरास्तिय अवार्ड बिजेता बने सँगै यस क्षेत्रमा समेत हात हालेका युथ आइकन दिबस खनिया द्वारा आयोजना हुने प्रतियोगिताहरु मध्ये यो पनि एक हो। यस प्रतियोगिताका प्रतियोगीहरुलाई लाई चर्चित मोडल तथा मिस नेपाल ग्लोबल निलम चन्द ले प्रशिक्षान गर्नेछिन् । प्रतियोगिताको फाइनल साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।

‘टीका बोम्जन एकल साँझ २०७५’ भव्य रुपमा सम्पन्न

राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित ‘टीका बोम्जन एकल साँझ २०७५’ भव्य रुपमा सम्पन्न भयो । हिमालयन ईभेन्टसको आयोजनामा आयोजित उक्त कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति थियो। केही दिनअघि सडक दुर्घटनामा परी उपचार गराई गरेका गायक शिव परियार बैसाखी टेकेर कार्यक्रममा पुगेका थिए । ‘मेरो हिँडडुल गर्ने अवस्था छैन तर टीकाको एकल साँझ भएकाले यहाँ आएँ’, शिवले भने, ‘टीका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधि पात्र हुन्।’ सो अवसरमा शिवले टीकाको संगीत रहेको ‘रोशी खोला तीरैमा’ बोलको गीत पनि सुनाए।

नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनु परेको थियो। ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सयौं हातको साथ पाएको छु’, उनले भने। कार्यक्रममा टीकाले ‘बार प्रिय बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’ बोलका गीत प्रस्तुत गरेका थिए।

पवनवाङ लामाको ब्यान्ड संयोजनमा तबलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोक्तान, बेस गितारमा अनुप दास, बाँसुरीमा गोपालदेव घतानी, किबोर्डमा रूपम सिङ गुरुङ, अक्टोप्याडमा रूपेशसिंह गुरुङले टीकालाई वाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतले टीकाद्वारा संगीतबद्ध गीत गाएका थिए भने फिमफेदी गाइजले नृत्य प्रस्तुत गरेको थियो। नरेश भट्राई तथा शोभा त्रिपाठीले संचालन गरेको कार्यक्रममा समाजमा उत्कृष्ट योगदान पुर्याएबापत सर्जक,समाजसेवी तथा संचारकर्मीलाई सम्मान गरिएको थियो ।