सुन्दरी गायिका सरु गौतमको ‘दुनिया हल्लाउछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

अहिलेकी व्यस्त एवं चर्चामा रहेकी सुन्दरी गायिका सरु गौतमको नयाँ डिजे गीत ‘दुनिया हल्लाउछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गितमा सरु गौतम र महेश खड्काको उत्कृष्ठ आवाज रहेको छ ।गीतमा गीतकार महेश खडका शब्द रचनामा संगीतकार भिम विसीले संगीत भरेका छन् भने एरेन्ज केशव बडुको साथै र्‍यापर जगत तिरुवा को र्‍याप रहेको छ । बिक्रम चौहानको निर्देशनमा क्यामेरामेन प्रकाश खड्काले छायाङ्कन गरेका छन भने आरुशी मगर र पुरन रानाको उत्कृष्ट अभिनयलाइ मिलन बिकले सम्पादन गरेका छन ।
गायिका सरुको काग दाजै , के हो यो माया हो, मेरो साईला, अपार माया ,कुन गीत गाउ, जस्ता दर्जनौ उत्कृष्ट गीतहरु लगायत पन्चायत फिल्मको छोरि को कर्ममा पनि उनले सुमधुर आवाज दिई सकेकी छिन । केहि समय अघि पनि ‘कुन गीत गाउ ’ बोलको गीत सार्वजनिक गरेकी थिइन भने उनको त्यस गीतलाई दर्शकहरुले पनि निकै रुचाएका थिए ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *