लोकप्रिय गायिका रितु कंडेलले ल्याईन ‘विदेशी भूमी’ (भिडियो सहित)

हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीज सम्बन्धि गीत सार्वजनिक हुने क्रम जारी नै छ तीजकै अवसर पारेर चर्चित गायिका रितु कँडेलले आफ्नो स्वर तथा शब्दमा रहेको ‘विदेशी भूमी’ बोलको तीज गीत युट्युबमार्फत सार्वजनिक गरेकी छिन ।

प्रत्येक बर्ष जसो तीज गीत बजारमा ल्याउने गायिका रितुले यसपाली पनि तीज पर्वको मौलिकतालाई गीतमा समावेश गरेकी छिन । गीतमा रितुको आवाज तथा शव्द संगै लय संकलन अर्जुन सुनामले गरेका छन् । तीजको मौलिक नृत्य समावेश गरेर तयार पारेको भिडियोमा रिचा थापाले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छिन् । स्वदेश तथा विदेशमा कार्यक्रममा प्रस्तुतीका लागी निकै माग भएकी गायिका रितुले नै भिडियोको निर्देशन गरेकी छिन् ।

उक्त गीतको भिडियोलाई जनता फिल्मसको प्रस्तुति रहेको गीतको भिडियोमा ऋचा थापा र उनको टिमको अभिनय रहेको छ । भिडियो बासु बरालले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

भिडियो

सीमा भुर्तेलले जितिन मिसेस नेपाल आईकन २०१८ को उपाधी

काठमाडौं एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् ।
मिसेन नेपाल आईकन २०१८ भए वापत उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् । शर्मिला प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि भएकी छिन्। गीत संगीतको प्रस्तु्तिका साथ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितमा सरु अर्याल फष्ट रनर्सअपका साथमा फेशन आइकन र मष्ट डिजरभिङ, अम्बीका थापा सेकेन्ड रनर्सअपका साथ बेष्ट स्पीच, दया शार्मा थर्ड रनर्सअपका साथ मिसेस कन्जिनियालीटी तथा प्रिया कार्की फोर्थ रनर्सअपका साथ मष्ट पपुलर र मष्ट फ्रेण्ड्ली भएकी छिन् । गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना,  लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेको प्रतियोगितामा अनाकिका रंजीतकार भिवर्स च्वाइस र मष्ट एक्टीभ, सानु तामाङ मष्ट र्याम्प वाक, सरीता सिग्देल मल्टीमिडिया च्वाइस र मष्ट इन्टिलेक्चुअल, सुष्मा पाठक बेष्ट स्माइल, राधिका थपलिया बेष्ट हेयर तथा जानकी बस्नेत बेष्ट स्कीन र मष्ट पञ्चुयल भएका छन् ।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा लक्ष्मी लुइटेल आइकनीक आईज, बिना अधिकारी श्रेष्ठ मष्ट डिसिप्लेन, अनिता रानाआले बेष्ट पर्सनालिटि, मेनुका बोगटी बेष्ट फिजिक र बेष्ट पर्फमर, कमला चुधाराः मष्ट चार्मिङ, प्रज्ञा ढुंगेल मष्ट कन्फीडेन्ट, आशा थापा श्रेष्ठ मिसेस ब्युटीफुल, अमरावती बलामी महर्जन मेनेजमेन्ट च्वाइस र मष्ट इस्टाइलिष्ट, रुपाली पौडेल मष्ट पर्फेक्ट, अनिता चौधरी मष्ट पोजिटिभ एटिच्युट, चन्दा श्रेष्ठ बेष्ट डान्स र उमा श्रेष्ठ बेष्ट सिंगर भए । शम्भु प्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । गायक ध्रुब बिस्कोले पनि गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथी स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए ।
गृहणी, पेशाकर्मी तथा विभिन्न व्यवसायमा संलग्न तथा कलेजमा अध्ययनरत बिबाहित नारीहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले बताए । उनका अनुसार यस वर्षदेखि विजयी प्रतियोगिलाई स्कुटर पुरस्कारको ब्यबस्था गरिएको हो ।

मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड सम्पन्न, ग्राण्ड फिनाले आगामी १९ गते

मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित सिडब्लु भेन्यूमा भव्य रुपमा सम्पन्न भएको छ ।
ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर एडभाईजर अमर बहादुर श्रेष्ठ, सगरमाथा टेलिभिजनका चिफ ईडिटर गणेशमान गुरुङ्ग, पहिलो गुरुङ्ग अभिनेता एवं निर्देशक प्रितम गुरुङ्ग, तथा मिसेस गुरुङ्ग २०१७ का बिजेता सुमना गुरुङ्ग निर्णायक रहेका थिए ।
कार्यक्रममा सहभागीहरू क्रमशः बिनु गुरुङ्ग,सरिता गुरुङ्ग, बुद्धकाशी गुरुङ्ग, प्रमिता गुरुङ्ग,ममता गुरुङ्ग, निशा गुरुङ्ग, एलिशा गुरुङ्ग, ज्योती गुरुङ्ग,पेमा गुरुङ्ग, तलिशा गुरुङ्ग, दिक्षा गुरुङ्ग, ईन्दिरा गुरुङ्ग तथा बविता गुरुङ्गले आफ्ना प्रतिभा प्रर्दशन गरेका थिए ।

नेपाल अधिराज्यभरबाट छनौट भै तालिम लिईरहेका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो ।

गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले आगामी १९ गते शनिवार राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न हुने जानकारी तृष्णाले दिईन ।

“हन्ट फर दि आइकन अफ गुरुङ सिभिलाइजेसन” मुख्य थिम बोकेको यस प्रतियोगिताबाट संकलित रकम गरिब, असाहय तथा पिछडिएका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक डिजाइनर तृष्णा गुरुङले बताइन् ।

नेपाल अधिराज्यभरको अडिसनबाट छनौट भएका प्रतियोगीलाई मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले एक महिने विशेष प्रशिक्षण दिईरहेका छन । प्रतियोगीहरुलाई मिडिया पसर्नालिटी एण्ड विजनेस करियर डेभ्लोमेन्ट, सेल्फ मेकअप एण्ड ग्रुमिङ सेसन, पब्लिक स्पिकिङ, मोटिभेसनल क्लास तथा सेल्फ कन्फिडेन्ट पावर सम्बन्धि प्रशिक्षण भईरहेको छ । उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले आयोजना गरेकी मिस गुरुङ्ग ईन्टरनेशनलको पहिलो सिजनको सफलताबाट उत्साहित हुनुका साथै यस समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउन यस प्रतियोगीतालाई निरन्तरता दिएको जानकारी दिईन ।

स्टायल एडि इन्टरटेमेन्टले इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको मिस गुरुङ इन्टरनेसनलको सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो ।

सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटौ पटक हो ।  सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रवार बिहान करिब पौने १२ बजे ना। ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ९डिएसपी० प्रभु ढकालले जानकारी दिएका छन् ।

सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको डिएसपी ढकालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले यात्रुहरुको उद्धार गरिहरको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक सहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

 

न्युयोर्कमा गुँन्जदै रामकृष्ण ढकाल, जुलाई २८मा “ढकाल सुमधुर साँझ” को आयोजना हुने

गायक रामकृष्ण ढकाल यतिखेर अमेरिका छन । भ्रमणको शिलशिलामा अमेरिका पुगेका ढकालको न्युयोर्कमा आउँदो जुलाई २८ तरिकाको दिन “ढकाल सुमधुर साँझ” नामक को एक भब्य साँगितिक कार्यक्रमको आयोजना हुन लागेको छ । नेपाली सुगम सङ्गीतका हस्ती रामकृष्ण ढकालको सम्भबत: अमेरिकाको न्युयोर्कमा उनको यो पहिलो लाइभ प्रस्तुती हो ।

हिमालयन इभेन्ट तथा मितेरी ग्रुप अमेरिकाको प्रस्तुति रहेको ‘ढकाल सुमधुर साँझ’मा ढकालले अहिले सम्मका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन । उनको लाईभ एकल गायनमा न्युच्छे नारायण ढंगोल, शिशिर श्रेष्ठ, सुशील विश्वकर्मा, प्रमोद उपाध्याय, विष्णु सुनार र डेविड सुरावि ढकालले वाध्यबाधनको रुपमा सहयोग गर्ने छन् ।

२०४५ सालमा १४ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । १० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन ।

आयोजक समितीका अभय ढुंगेलले गायक ढकालका बर्षौ अगाडी रेडियो, टेलिभिजनमा सुनेका चर्चित गीतहरूलाई लाईभ म्युजिकका साथ आफ्नै अगाडी पारिवारिक बाताबरणमा रमाउँदै सांगितिक मज्जालिन सकिने बताए । गायक तथा आयोजक समितीमा अभय ढुंगेलले प्रवासमा रहेका नेपालीहरू जो नेपाली गीत सङ्गीत प्रति माया गर्नेहरुलाई एक उत्कृष्ट कार्यक्रम रहने र सहभागी हुनका लागी समेत अग्राह गरेका छन् ।

कार्यक्रम न्युयोर्क एभिन्यु वुडसाईड स्थित गुल्सन टेरेसमा शनिबार , जुलाई २८ मा ७ बजे देखी सुरुहुने छ ।

कंगारु एजुकेशनको शैक्षिक मेला आयोजना हुने

कंगारु एजुकेशन फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । यहि आउँदो साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका बिभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

उक्त शैक्षिक मेलामा आउनुहुने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन । त्यस देशको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति देखि लिएर परिपक्व डकुमेन्टेसन मार्पmत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ ।
यो शैक्षिक मेलामा आउनुहुने विद्यार्थी र अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ भने बिधार्थीलाई बिशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ । एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म कंगारुको सभा हलमा आयोजना हुनेछ ।
मेलामा आइ.डी.पी र सिदार्थ बैक पनि सहभागी हुन लागेकाले , अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

निरु खड्काको निर्देशन तथा अभिनयमा गायीका चन्द्रा मरासिनी जुनाको तिज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक (भिडियो सहित)

लोक गायीका चन्द्रा मरासिनी जुनाको नयाँ तिज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक भएको छ । आफ्नै शब्द रचनामा तथा आवाजमा जुनाले गीतमा आँफुलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तु्त गरेकी छन् । गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् ।

हाईलाईट्स नेपालले बजारमा ल्याएको उक्त गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले पनि गीतलाई थप सार्थकता दिएका छन् ।

गीतको निर्देशन निरु खड्काले गरेका छिन  भने एरेन्ज कमल सौरागले गरेका हुन् । निरु पछिल्लो समय अभिनयसंगसंगै निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन । थुप्रै चर्चित गायक गायिकाहरुको गीतको म्यूजिक भिडियोहरु निर्देशन गरेसकेकी उनी डकुमेन्ट्री एवं बिज्ञापन निर्माण निर्देशनमा पनि सफलता हात पारिरहेकी छिन ।


मौलिक शब्द तथा लोक लय प्रस्तुत गरेकाले आफ्नो गीतलाई स्रोता दर्शकले ले माया गरिदिनेमा गायीका जुना समेत विश्वस्त रहेकी छिन ।

भिडियो :

श्वेता र भाईचुङ्गले हात पारे ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८’ को उपाधि

काठमाडौँ  : नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो । एघार जना अन्य प्रतिश्प्रर्धिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छन, भने फर्स्ट रनरअपमा अलिना ब्लोन र सेकेण्ड रनरअपमा रितु श्रेष्ठले उपाधी हात पार्न सफल भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले उपाधी जित्न सफल भएकी थिइन् । त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रर्धिलाइ उछिन्दै भाइचुङ राइ बिजेता बनेका छन भने फर्स्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सनदेस ले उपाधी हात पार्न भएका छन ।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्म बिश्वासलाइ थप मजबुत बनाइ उनीहरुको आत्मबललाई उजागर गराउने कार्य गरेको निर्देशक सुजन रिमालले बताए ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अन्तिम प्रतिश्प्रर्धा प्रमुख अतिथी एवं मिस नेपाल आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने डा. सुशिला मल्ल, संचारकर्मी गीता अधिकारी, चलचित्र निर्देशक राजु केसी र सर्वोच्च अदालतका संचार विज्ञ एवं संचारकर्मी किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए, भने सोही कार्यक्रमको अवसर पारेर लामो समयदेखि विभिन्न क्षेत्रका चार जना वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । नेपाली चलचित्रका ग्राफिक्स डिजाईनर एवं नेपाली मुद्रा डिजाईनर सुन्दरलाल श्रेष्ठ, संचारकर्मी राज लुईटेल, ईभेन्ट आयोजक एवं संचारकर्मी आरके सुवेदी तथा युवा व्यबसायी प्रियंका बोथरा सम्मानित भएका थिए । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथीले सम्मानित गरेका थिए ।

कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन ।