Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

भारतीय अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयमाथि दुष्कर्म र सहमती बिना गर्भपतन गराएको आरोप

admin

भारतीय अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयमाथि एक नायिकाले विवाहको प्रलोभन देखाएर दुष्कर्म र सहमती बिना गर्भपतन गराएको आरोप लगाएकी छिन् । पीडितले दिल्लीको बेगमपुर थानामा उनी विरुद्ध ऊजुरी दिएको तर पुलिसले दर्ता नगरेका कारण अदालतको ढोका ढक्ढकाएको जानकारी दिइन् । सोमबार रोहिणी कोर्टले महाअक्षय र उनकी आमा योगिता बाली विरुद्ध एफआइआर दर्ता गर्ने आदेश दिएको छ ।

नायिकाले महाअक्षयसँग आफ्नो भेट सन् २०१५ मा भएको जानकारी दिइन् । उनका अनुसार उनीहरुबीच फोनमा कुराकानी हुन थाल्यो । उनी भन्छिन्, ‘एकदिन महाअक्षयले उनलाई फिल्ममा रोल दिने भन्दै उनको फ्ल्याटमा बोलाए । नशालु पदार्थ मिसाएको पेय पदार्थमा पिलाएपछि दुष्कर्म गरेको र विरोध गर्दा विवाह गर्ने बचन दिएका थिए । त्यसपछि लगातार तीन वर्षसम्म थुप्रै पटक शारिरिक सम्बन्ध बनाएको र गर्भवती हुँदा केही ट्याब्लेट पनि खुवाए ।’

कुण्डली मिलाइरहेको भन्दै थुप्रै पटक विवाहको कुरा टार्ने गरेको पनि उनले जानकारी दिइन् । वकिलका अनुसार पीडितालाई गत महिनामात्र महाअक्षयको विवाह अर्की महिलासँग हुन लागेको थाहा भएको हो । उनीसँग यसबारे कुरा गर्दा महाअक्षयले नायिकाको नम्बर ब्लक गरिदिए । पीडिताले थुप्रै पटक मिथुनलाई यसबारे जानकारी दिने कोसिस गरिन् तर उनकी श्रीमती योगिता बालीले धम्की दिएर चुप गराइन् । अदालतले योगितालाई पनि आरोपी बनाउने आदेश दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको