मोडलिङमा पाईला चाल्दै रुकमिला (फोटोफिचर)

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछील्लो १ बर्ष देखी मोडलिङमा सकृय छिन् । गायक तारा लक्ष्मण लिम्बुको मुटु भित्र बोलको गीतमा अभिनय गरेर मोडलिङमा पाईला चालेकी रुक्मिला बिगत २ बर्ष देखी कोरियोग्राफर बिनायक दास श्रेष्ठसंग प्रोफेसनल साल्सा डान्स ट्रेनिङ पनि लिईरहेकी छिन् ।

५।३ उचाई भएकी रुक्मिलाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारणको क्रममा रहेको ५२ भागको टेलिफिल्म बाग्मतीमा पनि काम गरेकी उनले धेरै फेसन शोमा समेत सहभागी भैसकेकी छिन् । रुकमिला आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गर्ने क्रममा उनले भविष्यमा राम्रो कलाकार बन्ने सोच भएको बताईन । उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । उनको प्रस्तुत फोटो सरिता थापा मगरको मेकअपमा कुबेर तामाङले खिचेका हुन ।

नायिका शान्ता तामाङ

“मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले भाद्र १८ गते

दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा हुदै गरेको “मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।
। उक्त टैलेन्ट शोमा मिसेस तर्फबाट प्रतियोगीहरु हिमा गुरुङ्ग, पूजा तामाङ्ग,नारायणी महर्जन, प्रभा अधिकारी, सुशिला थापा, कमला क्षेत्री, पवित्रा रिमाल तथा मनिता कोईरालाले आफ्ना प्रतिभा देखाएका थिए भने मिस तर्फ ओविना पून, क्रिपा पौडेल, मनिषा पौडेल, ममता दास, जानुका घिमिरे तथा अस्मिन परियारले नृत्य, गीत लगायत आफ्ना प्रतिभा प्रर्दशन गरेका थिए । प्रतियोगीहरुले टैलेन्ट शोमा देखाएका आफ्ना टैलेन्टको परिणाम ग्राण्ड फिनालेका दिन घोषणा गरि बेष्ट टैलेन्टको उपाधी दिईनेछ । उक्त शोको निर्णायकहरुमा चर्चित गायिका राधिका हमाल, गायक रेशम सापकोटा,मोडल नितु कोईराला, व्यबसायी बावुराम श्रेष्ठ तथा गायिका बसन्त प्रकृति रहेका थिए । टैलेन्ट शो समापन पश्चात सहभागी प्रतियोगी, निर्णायकमण्डल लगायत अतिथीहरुले दर खाएर मनोरन्जन गरेका थिए ।


भने उक्त प्रतियोगिताको ग्राण्ड फिनाले यहि आउदो भाद्र १८ गते हुने भएको छ । बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालि हरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिज नेपाल” को आयोजना गर्ने भएको हो । प्रतियोगिताको बिजेताले विभिन्न अन्य प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।


प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिदै छ जसमा अनुभबी कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिदैछ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् ।

मोडल सङ्गस अवार्ड दुवईमा हुने,नेपालबाट तीन दर्जन कलाकार सहभागी हुँदै

दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो । नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको एवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवं सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुने छ ।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताईएको छ । ‘हामीले दुर्वइमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदै हुनुहुन्छ’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ । एवार्डका एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ ।

‘मतया’ पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक स्वास्थ्य शिबिर

ललितपुर, १२ भाद्र- मतया पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक उपचार शिबिर सन्चालन गरिएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय-स्वास्थ्य कार्यन्वयन समिति र ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा-जनस्वास्थ्य शाखाले उक्त स्वास्थ्य शिबिरको आयोजना गरेका हुन । मतया पर्बमा सहभागी रहने भक्तजनले गर्ने पाउ कस्ट र तत समयमा उनीहरुलाई हुने शारिरिक पिडा लगायतका स्वास्थ्य समस्याको निधानका लागि राहत पुर्याउने उदेश्यले स्वास्थ्य शिबिरको आयोजना गरिएको कुरा ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष बिकासमान श्रेष्ठले बताए । स्वास्थ्य शिबिर पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान र महानगर स्थित ०५ नम्बर वडामा अवस्थित पाटन स्वास्थ्य ल्याब, नेपाल अर्बुद रोग निवारण संस्था, तरकारी तथा फलफुल जिल्ला संघ, गतिशिल बचत् तथा रिन सहकारी संस्था, साझा किनमेल केन्द्र र ललित पोलिटेकनिकल् ईन्सटीच्युटले सहयोगमा सन्चालनमा आएको जानकारी वडा अध्यक्ष श्रेष्ठले दिए ।

त्यसो त, यस बर्षको मतया पर्बमा सरिक रही पैदल यात्रा तय गरेका सयौ श्रढ्वालु भक्तजनहरु मध्य बढी जसो किशोर किशोरीहरु प्राथमिक उपचारका लागि शिबिरमा आएको आयोजक ललितपुर महानगरपालिका ०५ नम्बर वडाका सदस्य एबम् उक्त वडाका स्वास्थ्य कार्यन्वयन समितिका संयोजक शोभा श्रेष्ठले जानकारी गराइन् । स्वास्थ्य शिबिरमा वडाका दिदी बहिनी समुह र टोल बिकास संस्था सम्बद्ध सदस्यहरुले स्वयम् सेवकका रुपमा काम गरेका थिए । मतया पर्ब नेवार समुदायले गाइजात्राको भोलीपल्ट मृतक परिवारजनको सम्झना गर्दै पैदल् यात्रा तय गरी मनाउने एक बिशेष पर्व हो र यस पर्वमा आस्थावान भक्तजन् जो कोहीले पनि सहभागीता जनाउने गरेको पाईन्छ ।

नागरिक समाज तथा स्थानिय सरकारबीचको सहकार्यका बिषयमा छलफल सम्पन्न

काठमाडौं  – इन्सेक तीन नम्बर प्रदेश कार्यालयले मंगलवार काठमाडौंमा ‘बर्तमान परिपेक्षमा नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका अवसर र चुनौती’ बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । मानव अधिकार संजाल, काठमाडौंका अध्यक्ष प्रदिप डङ्गोलको अध्यक्षतामा चलेको उक्त छलफल कार्यक्रममा ०३ नम्बर प्रदेशका साम्सदद्वय दिपक निरौला र बेलिमाया घले, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्धब भण्डारी, टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल, इन्सेक-तीन नम्बर प्रदेशका संयोजक कृष्ण गौतम, सिबिनका कार्यक्रम ब्यबस्थापक भरत अधिकारी र काठमाडौं जिल्ला स्थित बिभिन्न नगरपालिकाका प्रतिनिधि तथा सामाजिक संगठन सम्बद्ध नागरिक समाजका प्रतिनिधिको सहभगिता रहेको थियो ।
छलफलका दौरानमा संघिय नेपालमा पछील्लो समयमा नागरिक समाज तथा स्थानिय सरकारबीच हुँदै आएका सहकार्य र समन्वयको अवस्था र दुवै पक्षले भावी दिनमा खेल्नुपर्ने भूमिकाका लगायतका बिषयमा घनिभुत छलफल गरिएको थियो । छलफलका क्रममा जनप्रतिनिधीहरुले आफ्नो धारणा राख्दै स्थानिय तहको बिकास प्रकृयामा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने बताएका थिए भने स्थानिय तहमा दर्ता भएका तथा सामाजिक गतिबिधीमा सङ्लग्न सबै गैर सरकारी संस्थाहरु सहि ढंगले चल्न नसकेको बेहोरा उल्लेख गरेका थिए । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरुले स्थानिय सरकारले गैर सरकारी संस्थाहरुको बर्गिकरण गरी औचित्य र आवश्क्ताका आधारमा दर्ता प्रकृया सम्पन्न गर्ने तथा सहयोग र समन्वय गर्नुपर्ने बताएका थिए ।

प्रकृतिले चर्चित अमेरिकन गायक एन्डी ग्रामरको कार्यक्रममा आफ्नो प्रस्तुति दिने

अमेरिकामा जन्मिएकी नेपाली मूलकी प्रतिभा कलाकार प्रकृति देउजाले चर्चित अमेरिकन गायक एन्डी ग्रामर को कार्यक्रममा गीत प्रारम्भ गर्ने भएकी छिन् । उनि र उनका संगीत मण्डली म्युजिक ब्याण्ड ( वि दि पिपुल) ले प्रस्तुति गर्ने भएको छ । एन्डीका प्रसिद्ध गीत ‘हनी आइएम गुड’ जुन अमेरिकन उत्कृष्ट एक सय गीतमा बिलबोर्डको नवौ स्थानमा पर्न सफल भएको छ । यसरी नेपाली मूलका नव प्रतिभा गायिका प्रकृतिले एउटा नया ईतिहास रच्ने मौका पाउने छिन् । एन्डी ग्रामरको कार्यक्रम आगामी अगस्त २५ तारिखमा हुने छ । एन्डीले आफ्नो प्रस्तुति भर्जिनियाको आर्लिंगटन स्थित म्यारी माउन्ट बिश्व बिद्यालयमा प्रस्तुत गर्ने छन् । एन्डी ग्रामर चर्चित अमेरिकन गायक तथा गीतकार पनि हुन् ।


अमेरिकाको डिसी महानगर क्षेत्रका बिदेशी तथा नेपाली समुदायमा अंग्रेजी गीत गाई रहने प्रकृतिले अमेरिकन गायकका अगाडी यसरी प्रस्तुति देखाउन पाउनु निकै महत्वपूर्ण मानिन्छ । नेपाली चेली प्रकृतिले नेपाल र नेपालीको पहिचान गराउने छिन् ।

प्रकृतिलाई विभिन्न कार्यक्रमहरुमा अमेरिकन राष्ट्रिय गान गाउन भ्याई नभ्याई हुन्छ भने उनले नेपाली समुदाय तथा बिदेशीहरुका विभिन्न कार्यक्रममा राष्ट्रिय गान को साथै अंग्रेजी गीत प्रस्तुत गर्दै आई रहेकी छिन् । अमेरिकामा जन्मिएता पनि नेपाली कला संस्कृति,,परम्परा,चाडपर्व उतिकै श्रद्धाको साथ मनाउने प्रकृति अमेरिकामा निकै चर्चित् बन्दै गइ रहेकी छिन् । यस अघि उल्लेख्य संख्यामा रहेका बिदेशीहरु माझ उनको प्रस्तुति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

भदौ १४ र १५ गते काठमाडौंमा विद्यालयहरु विदा

सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

सम्पदा अमगाई तथा बिमल ‘चितवन प्लस टु अफ द ईयर २०१८’ को बिजेता भए

सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् । टप वान मिडिया, चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फर्स्ट रनरअप भएका छन ।

प्रमुख अतिथि भरतपुर महानगरपालिका चितवनको उप मेयर पार्वती शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन ।

 

यस प्रतियोगिताको बिजेताले नगद रु १०,००० (रु. दश हजार) सहित क्राउन,ट्रफी गिफ्ट लगायतका पुरष्कार प्राप्त गर्नुको साथै राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता भई आफ्नो क्षमता प्रस्फुटन गर्न अभिप्रेरित गराउने कुरा आयोजक तथा कार्यक्रम निर्देशक सरिता आचार्य बताउछिन ।

चितवन प्लस टु अफ द ईयर २०१८ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी सुर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा प्रमुख निर्णायकमा संचारकर्मी अभिनेता निर्माता निर्देशक दिपक खांड निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।
िप्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा कोरियोग्राफरहरु राजेश कुमाल, सिर्जना गिरि, अस्मिता नेपाली बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्।उक्त कार्यक्रमको संचालन आर्जे रामकान्त पौडेलले गरेका थिए ।

सुजाता देउजाले हात पारिन हिमालय ब्युटी पेजेण्ट २०१८ को ताज

‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्ट द्वारा आयोजित ‘‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् । उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए ।

प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अधक्ष्य अप्सना राइ बताउछिन

हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी सुर्य चन्द, संचारकर्मी राजेन्द्र लुइटेल, सौन्दर्य ब्यबसायी टेक राज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्बप्रतिक श्रेष्ठ थिए । उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने उक्त प्रतियोगिताको उद्घोषकमा चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए ।