कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान  परीक्षाफल प्रकाशित गरेको हो ।  यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए  ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१देखि २.० जीपीए  ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए  ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए  ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।

यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए।  परीक्षा गत वैशाखमा  भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *