Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

“मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले भाद्र १८ गते

admin

दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा हुदै गरेको “मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।
। उक्त टैलेन्ट शोमा मिसेस तर्फबाट प्रतियोगीहरु हिमा गुरुङ्ग, पूजा तामाङ्ग,नारायणी महर्जन, प्रभा अधिकारी, सुशिला थापा, कमला क्षेत्री, पवित्रा रिमाल तथा मनिता कोईरालाले आफ्ना प्रतिभा देखाएका थिए भने मिस तर्फ ओविना पून, क्रिपा पौडेल, मनिषा पौडेल, ममता दास, जानुका घिमिरे तथा अस्मिन परियारले नृत्य, गीत लगायत आफ्ना प्रतिभा प्रर्दशन गरेका थिए । प्रतियोगीहरुले टैलेन्ट शोमा देखाएका आफ्ना टैलेन्टको परिणाम ग्राण्ड फिनालेका दिन घोषणा गरि बेष्ट टैलेन्टको उपाधी दिईनेछ । उक्त शोको निर्णायकहरुमा चर्चित गायिका राधिका हमाल, गायक रेशम सापकोटा,मोडल नितु कोईराला, व्यबसायी बावुराम श्रेष्ठ तथा गायिका बसन्त प्रकृति रहेका थिए । टैलेन्ट शो समापन पश्चात सहभागी प्रतियोगी, निर्णायकमण्डल लगायत अतिथीहरुले दर खाएर मनोरन्जन गरेका थिए ।


भने उक्त प्रतियोगिताको ग्राण्ड फिनाले यहि आउदो भाद्र १८ गते हुने भएको छ । बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालि हरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिज नेपाल” को आयोजना गर्ने भएको हो । प्रतियोगिताको बिजेताले विभिन्न अन्य प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।


प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिदै छ जसमा अनुभबी कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिदैछ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको