फेसियल हाउसले ५० प्रतिशत छुटमा भृकुटीमण्डपमा कस्मेटीक सामान बिक्री गर्दै

फेसियल हाउसले ५० प्रतिशत छुटमा भृकुटीमण्डप मेलामा कस्मेटीक सामान बिक्री गर्दै काठमाण्डाै‌, १४ असोज- फेसियल हाउसले आफूले बिक्री गर्दै अाइरहेको कस्मेटीक सामानको बजार प्रवर्दनका लागि भृकुटीमण्डप मेलामा स्टल राखेको छ । विगत १० बर्ष देखी ब्यूटी सैलुनको क्षेत्रमा सेवारत फेसियल हाउसले सरल र सुलभ मुल्यमा कस्मेटीक सामान उपलब्ध गराउँदै आएको छ । विगत केही बर्ष अघिदेखी भृकुटीमण्डप मेलामा स्टल राखी ४० देखी ५० प्रतिशत छुटमा कस्मेटीक सामान उपलब्ध गराइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले जानकारी गराइन । महराले आफ्नो व्यवसाय र सेवाको जानकारी दिनको लागि स्टल राखिएको स्पस्ट पारिन् ।

दशैंको अवसर पारेर बिहीबारदेखी भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला लागेको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजित उक्त मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ । यता फेसियल हाउसले काठमाण्डौ संगै पोखरा स्थित शाखाबाट पनि कस्मेटीक समान उपलब्ध गराउने जनाएको छ । फेसियल हाउसले कम मूल्यमा बढी परिमाण सामान बिक्री गर्ने निती लिएको प्रबन्ध निर्देशक महराले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *