गायिका राधा तिवारी सहित संचारकर्मीहरु सम्मानित

काठमाडौं , १७ कार्तिक- गायिका राधा तिवारी सहित केही चर्चित कलाकार एबम् संचारकर्मीहरु सम्मानित भएका छन् । सान्स्कृतिक संस्थान, राष्ट्रिय नाच घर जमलमा राष्ट्रिय संगीतकर्मी संघद्वारा शनिवार आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम- २०७५ माझ उनीहरु सम्मानित भएका हुन । गायिका तिवारी सहित सम्मानित हुनेहरुमा बरिस्ट कलाकार लक्ष्मण बस्नेत, खडक् गन्धर्व, माधव भण्डारी, संचारकर्मी एबम् म्यूजिक भिडियो निर्देशक राजेश तिमिल्सिना लगायतका रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ३ नम्बर प्रदेशका उद्योग, संस्क्रिती, पर्यटन तथा वन मन्त्री अरुण नेपालले दोसल्ला एबम् प्रमाणपत्र सहित सम्मान गरेका थिए । सोही कार्यक्रम माझबाट मन्त्री नेपालले गायिका राधा तिवारी एबम् गायक माधव भण्डारीको स्वरमा तयार पारिएको रोधी घरमा बोलको गीती एल्बम विमोचन गरेका थिए । कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको सभापतित्वमाझ सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *