सुन्दरादेवी सन्देशको सातौ वार्षिकोत्सव सम्पन्न, सुन्दरादेवीन्यूज डटकमको शुभारम्भ

नुवाकोटबाट प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका सुन्दरादेवी सन्देशले आफ्नो सातौ वर्षगाठ विविध कार्यक्रमगरी मनाएको छ । सुन्दरादेवी सन्देशले सातौ बार्षिक उत्सव तथा सुन्दरादेवीन्यूज डटकम अनलाइनको विदुरमा शुभारम्भ गर्दै साङ्गीतिक कार्यक्रम सहित आफ्नो सातौ वर्षगाठ मनाएको हो ।

कलाकार, समाजसेवी तथा पत्रकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता अजुर्ननर सिंह केसीले सुन्दरादेवी सन्देश साप्ताहिकलाई शुभकामना तथा बधाई दिँदै पत्रकारिता पेशामा इमान्दार र निष्पक्षताको अभाव भएकाले पेशाप्रति जिम्मेवार बन्न आग्रह गरे ।

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, युवा नेता रमेशकुमार महतलगायतले सुन्दरादेवी सन्देश जिल्लाका अन्य सञ्चारमाध्यमको भूमिका सकारात्मक रहदै आएकाले आगामि दिनमा थप जिम्मेवार र प्रभावकारी बनाएर लोकहितको पक्षमा क्रियाशिल हुनुपर्ने सुझाब दिएका थिए ।

सुन्दरादेवी सन्देशका अध्यक्ष शशी अधिकारी र प्रकाशक किरण अधिकारीले नुवाकोट र आसपासको स्थानलाई केन्द्र समाजिक तथा रङ्ग विषयवस्तुलाई केन्द्रबिन्दु बनाएर सञ्चालनमा रहेको पत्रिकालाई क्रमशः प्रदेस नं। ३ को सबै स्थानमा पुर्याउन आफूहरु लागि परेको भन्दै अब सुन्दरादेवी न्यूज डटकम मार्फत सबै बिधाका समाचारलाई समावेश गरी संसारका हरेक ठाउँमा भएका नेपाली भाषीबीच पुग्ने लक्ष्य लिएको बताए ।

समारोहमा काठमाडौंबाट गएका पछिल्लो समयका चर्चित गायक डेभिट शंकरले साङ्गीतिक प्रस्तुति दिएका थिए भने रोमा न्यौपाने, जय देबकोटा, मुस्कान सिंह र राज न्यौपाने आ–आफ्ना प्रस्तुति पेस गरेका थिए । त्यस्तै नायिका तथा गायिका सारिका घिमिरे, गायक सिमान्त सन्तोषलगायत अन्य कलाकारहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक पनि गरिएको थियो । मोफसलबाट प्रकाशित हुँदै आफूलाई अग्रस्थानमा राख्दै आएको सुन्दरादेवी सन्देश साप्ताहिको यो सातौ वर्षगाठमा मिलापको तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *