गोरेको हत्या आशंका, एक जना नियन्त्रणमा

महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ६५ वर्षीय गोरेबहादुर तामाङको हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा गोरेको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले डाँडागाउँकै ४० वर्षीय सत्यजंग तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गोरे सोही ठाउँको बारीमा मृत अवस्थामा फेला परेका थिए ।

पक्राउ परेका सत्यजंगको घरमा खानतलासी गर्दा १ नाल भरुवा बन्दुक र १ थान खुकुरीसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *