Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला

संसदीय सुनुवाई विशेष समितिले राजदुतको सुनुवाई मंसिर २३ गते गर्ने

admin

संसदीय सुनुवाई विशेष समिति

काठमाडौं, मंसिर-१९ ।

सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई संसदीय सुनुवाई विशेष समितिले मंसिर २३ गते आइतबार गर्ने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस गरेका निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग २३ गते बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जनाए ।

प्रस्तावित राजदुतहरु मध्ये एकजना उपर समितिमा उजुरी परेकाले शुक्रबार नै सो सम्बन्धमा छलफल गरिने सभापति कर्णले जनाए । राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि विशेष छलफल गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको