Anuska sharma

अनुष्काले दिईन गर्भवती नभएको प्रस्टीकरण

काठमाडौं,मंसिर-२०।

वलिवुडमा अनुष्का शर्मा आएको १० वर्ष पुग्न लागेको छ । सन् २००८ मा रिलिज भएको चलचित्र ‘रब ने बना दी जोडी’ बाट अनुष्काले बलिउडको दुनियाँमा पाइला राखेकी थिइन् । अनुष्का अहिले भने उनको आफ्नो आउँदै गरेको फिल्म ‘जिरो’ को प्रमोसनमा ब्यस्त छिन् ।

केही समय पहिले अनुष्का गर्भवती भएको खबर बाहिर फिल्मि बजारमा आएको थियो । आफ्नो निजी जीवनबारे खासै नखुल्ने शर्मा यसपटक भने खुलेर प्रस्तुत भएकि छिन् । भर्खरै मात्र अनुष्का फिल्मको प्रमोसनका लागि आफ्नो टिमसँग देखा परेकी थिइन् । एक कार्यक्रमका दौरान उनले आफू गर्भवती नभएको बारे समेत खुलाएकी हुन् ।

उनले भनिन, ‘मलाई थाहा छैन कि यस्ता खबर कहाँबाट आउँछन् । यो बेकारको कुरा हो । तपाईं बिहे लुकाउन सक्नुहुन्छ, तर गर्भवती भएको सक्नुहुन्न ।’ उनले अझै थपिन्, ‘यस्ता समाचारको निकैपटक अभिनेत्रीले सामना गर्नुपर्छ । तर, मेरा लागि अफवाहले कुनै अर्थ राख्दैन ।’ गर्भवती हुनुभन्दा पहिले नै मिडियाले आमा बनाइसक्ने भन्दै उनले मिडियाप्रति व्यंग्य समेत गरिन् । ‘यसले मलाई केही असर गर्दैन । यस्ता खबर सुनेर मलाई हाँसो उठ्छ,’ उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *