gorkha durbar

नेपाल एकीकरणको इतिहास बोकेको गोरखा दरबार भूकम्पपश्चात जीर्ण अवस्थामा

गोरखा, पुस- २७ ।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहँदा एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भने जीर्ण अवस्थामा रहेको छ ।

महाविनाशकारी भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि यो दरबारको पुनर्निर्माणले कुनै गति नलिँदा पृथ्वीनारायणको सच्चा सम्मान नभएको आभाष हुन्छ ।

भूकम्पले भत्किएपछि ढिलै भएपनि पुनर्निर्माण शुरु गरिएको गोरखा दरबार अहिले भग्नावशेष अवस्थामानै सिमित छ ।आज पुस २७, पृथ्वीजयन्ती गोरखा दरबार वरपरको दृष्यले पृथ्वीनारायणप्रति हामिले गर्नुपर्ने सम्मान खै त ? अनि इतिहास बोकेको ऐतिहासिक गोरखा दरबारको अवस्था देख्दा मन खिन्न हुनु स्वभाविक नै हो ।

कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाउनुपर्दा दुःख लागेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेल बताउँछन् ।

गोरखा दरबार तत्कालिन राजा रामशाहले बनाएको जनविश्वास रहदै आएको छ । भूकम्प गएको ३ वर्षभन्द ज्यादा भइसक्दा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखा दरबार हेर्न आउनेहरु भग्नावशेष अवस्था हेरेरै फर्कन बाध्य भएको स्थानीयको भनाइ छ ।

पृथ्वीजयन्ती मनाउने सन्दर्भमा मत मतान्तर रहे पनि बाइसे चौबिसी राज्य एकीकरण अगुवा पृथ्वीनारायण शाहको स्मरण र गोरखा दरबारको संरक्षण भावी पुस्ताको निम्ती समेत अत्यन्तै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *