Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै रवि लामिछाने सहकारी प्रकरण: अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया तीन दिन गड्डाचौकी नाका बन्द हुने आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

रक्तचाप कम हुँदै गएपछि ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

admin

Dr. govinda kc

इलाम, पुस-३० ।

इलाममा विगत ६ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।

चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको पाइएपछि उनलाई अस्पताल भर्ना गर्न आग्रह गरिएको थियो ।

चिकित्सकहरुको सल्लाहअनुसार नै केसीलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो । प्रा.डा. केसीले भने अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए ।

केसीलाई स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए ।

इलाममा अत्याधिक चिसो बढेकाले पनि उनको स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको अनशनमा वसेका छन् ।

डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न समेत सरकारसँग माग गर्दै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको