Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

अध्यक्षद्वय ओली र ‘प्रचण्ड’द्वारा पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण

admin

kp and prachanda

काठमाडौँ —फागुन १९।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ ।

मध्याह्न १२ बजेसम्म उहाँको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको