Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

संसदमा राजपाको प्रश्न- ‘सरकारले मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’

admin

mahendra-ray-yadav

काठमाडौँ — फागुन २६।

राष्ट्रिय जनता पार्टीले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सकारात्मक भए पनि प्रष्ट जवाफ दिनुपर्ने बताएको छ ।

आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै ‘स्वतन्त्र मधेस गठबन्धन’सँगजनमत संग्रह गर्ने सहमतिगरेकाे भएआफूहरुलाई स्वीकार्य नहुने यादवले बताए। ‘विखण्डनलाई सरकारले मान्यता दिएको हो? सरकारको जवाफ चाहन्छौं,’ उनले भने।

सरकारले जनमत स‌ंग्रह गर्ने सहमति गरेको भए त्यसले मुलुकमा नयाँ द्वन्द्व सृजना हुनेउनकाे दाबी थियाे। सीके राउतले सरकारसँग जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

उनले आफूहरुसँग भएको सहमति पालना नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका थिए।

संयोजक यादवले मधेस तथा थारु आन्दोलनमा भएका घटनाबारे अध्ययन गर्न गिरिशचन्द्र लालकाे नेतृत्वमा बनेकाे आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका छन्।

यादवले आफ्नाे भनाइ राखेसँगै सभामुख कृष्णबहादुर महराले सरकारलाई उक्त आयाेगकाे प्रतिवेदन हालसम्म सार्वजनिक नगर्नुकाे कारण स‌ंसद्‌लाई अवगत गराउन निर्देशन दिएका छन्।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको