arsenal

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

काठमाडौं—फागुन २७।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको लाहि भने यो पहिलो लिग हार हो ।

गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।

प्रिमियर लिग फुटबलको अर्को खेलमा भने लिभरपुलले बर्न्लेलाई ४–२ ले पाखा लगायो । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई/दुई गोल सामेल थियो ।

गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ ।

वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३० खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत रहेको छ भने ७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ६१ अंक रहेको छ ।

६० अंकसहित आर्सनल चौथो स्थानमा उक्लिँदा ५८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

एक खेल कम खेलेको चेल्सी भने ५७ अंकसहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *