virat kohli

इन्डियन प्रिमियर लिगमा हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

बेंगलोर — चैत्र १५ ।

इन्डियन प्रिमियर लिग २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर बिहीबार राति मुम्बइ इन्डियन्सको हातबाट पराजित भएपछि कप्तान विराट कोहलीले अम्पायरको चर्को आलोचना गरेका छन् ।

जितका लागि बेंगलोरलाई अन्तिम बलमा ६ रन चाहिएकोमा लसिथ मलिंगाले डट बल फ्यालेका थिए। तर रिप्लेमा त्यो ‘ओभर स्टेप’ का कारण नो बल देखिएको थियो।

अम्पायरले नो बलको स्थितिलाई भने देख्न सकेनन्। नो बल दिइएको भए, बेंगलोरले फ्रि हिट पनि पाउने थियो। ‘हामी आईपीएल खेलिरहेका छौं, क्लब क्रिकेट होइनौं। अम्पारको प्रदर्शन निकै खराव रह्यो,’ कोहलीले भने।
खेलमा पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। त्यसमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए।

प्रत्युत्तरमा बेंगलोर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनमै रोकियो। उसका लागि एबी डे भिल्लियर्सले नआउट रहेर ७० रन बनाए। यस्तै कोहलीले ४६ रनको योगदान दिए।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *