मण्डला शैलीमा रम्दै चेल्सी

काठमाडौँ — बैशाख १६ । पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै गईरहेका छन् । त्यसै परिप्रेक्ष्यमा नेपालगन्ज पासाङल्हामु रोडमा स्थायी घर रहेर भारतको बैङ्लोरमा आम संचार तथा पत्रकरिता विषयमा अध्यनरत चेल्सी बोथ्रा मण्डला शैलीको चित्रकला मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गर्दै छिन । शनिबार अर्थात् छुट्टिको दिन। यो दिन बोथ्राका लागि भने कला सिर्जनाको दिन बन्थ्यो। पढाई संगसंगै मण्डला चित्रकलातर्फको विशेष रुचीका कारण १९ वर्षको कलिलो उमेरमै चेल्सीले बनाएका नेपालको लोक कलाको रुपमा चिनिने मण्डला शैलीका चित्रकलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक देखिन्छन् । साँस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मण्डला शैलीको कला आफैँमा मौलिक हो । बौद्ध तथा हिन्दू पौराणिक कथामा समावेश कथावस्तु र संस्कृति जोगाउन यस चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ । भौगोलिक क्षेत्र तथा ऐतिहासिक पक्ष र संस्कृतिको पहिचान दिने ‘मण्डला चित्रकला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ जसले गर्दा पछिल्लो समय बोथ्रा जस्ता युवा पुस्तामा यसतर्फको आकर्षण समेत बढ्दै गईरहेको देखिन्छ । बोथ्राका चित्रहरुमा देशप्रतिको अगाध प्रेम/माया प्रकट भएको स्पष्ट रुपमा झल्किएको देखिन्छ । पछिल्लो समय नेपाली युवा पुस्ताहरुमा बदलिँदो राजनितिक परिदृश्य र घटनाक्रमले देशप्रति बध्दै गएको वितृष्णालाई हटाउदै आफ्नो चित्रकला प्रदर्शनीमार्फत देशप्रतिको माया/मोह अझै उत्तिकै बेजोड रहेको छ भन्ने देखाउन चाडै नै राजधानीमा प्रदर्शनी राख्ने सोचमा रहेको बताईन । हिन्दु तथा बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई विभिन्न रङ मिश्रण गरी मण्डला शैलीको चित्र निर्माण गर्छन् । मण्डला शैलीको चित्र बनाउँदा कलाकारले निश्चित नियम पालन गर्नुपर्छ । मनगढन्ते चित्र कोर्न पाउने छुट हुन्न । मण्डला शैलीका पुराना नियमहरू पालना गर्दै यसमा नयाँ गर्न सकिने भन्दै बोथ्राले नेपालको झ्ण्डा बनाउने कोसिस गरिन । ‘मण्डला शैलीमा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन,’ उनले भनिन, ‘साइजमा भने परहेज छैन । नियम पालना गर्दै जत्रो साइजको चित्र बनाए पनि हुन्छ ।’ औपचारिक रुपमा कुनैपनि किसिमको चित्रकला सम्बन्धी शिक्षा नलिएपनि मण्डला शैलीको चित्रकला मार्फत आफुमा समेत एकाग्रता बढ्दै जाने हुनाले यसतर्फ सानैबाट आकर्षित हुँदै गएको बताउछिन । इन्टरनेट तथा बिभिन्न ऐतिहासिक पुस्तकहरुबाट मण्डला शैलीको चित्रकलावारे स्व-अध्ययन गरेको बताउने बोथ्राले भनिन् — ‘मण्डला चित्रकला बारे पछिल्लो समय मैले जे अनुभव गरेँ त्यसैलाई रंगमा उतारेँ,’ उनले भनिन्, ‘संस्कार र संस्कृति फरक हुँदा क्यानभासका विषयवस्तु पनि बहु आयामिक हुँदा रहेछन् ।’ चित्रकलामै भविष्य खोज्ने योजनामा रहेकिन बोथ्रा केही नयाँ गर्ने इच्छा, सोच छ भने चुनौती लिनैपर्ने बताउँछिन् । बोथ्राका अनुसार अन्य मुलुकसित तुलना गर्दा नेपालको कला बजार त्यति ठूलो छैन । तर पछिल्लो वर्ष कलाको बजार राम्रो भएको छ । इनोभेटिभ र क्रियटिभ काम गर्ने कलाकारको जीविकोपार्जनमा समस्या नहुने चेल्सी बोथ्राले बताईन ।

ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आयो, अध्यक्षमा थिङ

काठमाडौं, १५ बैशाख – ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आएको छ । सुन्जु लामा थिङको अध्यक्षतामा उक्त कम्पनी संचालनमा आएको हो । कम्पनीको संचालकमा कमान सिंह लामा, दिपक भण्डारी, दिनेश श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ आदी रहेका छन् । ॐ गोकर्णेश्वर बाबा गोकर्णेश्वरबाट छुट्टीएर बनेको नयाँ यातायात कम्पनी हो । ॐ गोकर्णेश्वरले काठमाडौं उपत्यका स्थित माकलबारी, जोरपाटि, चावहिल, रत्नपार्क, रिङरोड क्षेत्रका विभिन्न रुटमा यातायात सेवा उपलब्ध गराउदै आएको छ । एक महिना अघि देखी यातायात कम्पनीका रुपमा दर्ता भई संचालनमा आएको ॐ गोकर्णेश्वरले ११ वटा बसहरु नियमित तबरले संचालनमा ल्याएको छ । कम्पनी अन्तर्गत २५ जनाले रोजगारी पाएको कम्पनीका संचालक समिति सदस्य कमान सिंह लामाले जानकारी दिए । उनले बताए अनुसार कम्पनीमा आबद्ध हुन चाहने अन्य यातायात ब्यवसायीहरुको संख्या दिनप्रति दिन बढदै गएको छ ।

चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोष्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरबसँगै पोष्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ ।

आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले सिनेमाघरमा आउँने मिति जेष्ठ १७लाई तय गरेको छ । चलचित्र केही समय पहिला सार्वजनिक गीत ‘कुटु कुटु…’ले चर्चा पाइरहँदा निर्माण पक्षले चलचित्रको पोष्टर सार्वजनिक गरेको हो ।

सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ ।

चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतका कलाकारको अभिनय रहेको छ ।

चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिरप्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन ।

चलचित्रमा गोबिन्द मधुर आचार्यको सङ्गीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले वितरण गर्ने भएको छ ।

सन्देशमुलक गीत ‘मन्दिर धाए…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

 

मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् ।

लेलेका विभिन्न रमणिय दृश्य कैद गरिएको गीतको भिडियो व्हाइट पिगन मिडियाका लागि राजकुमार महर्जनले निर्माण गरेका हुन् । ‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराइ दिनुहुनेछ’, राजकुमारले भने ।

https://youtu.be/QGxYz7GVL-0

जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न

जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न भएको छ | बैशाख ७ गते देखि सुरु भएको जेसिज सप्ताह बैशाख १४ गते सम्पन भएको हो | जेसिअाइ काठमाण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरको प्रमुख आतिथ्यता तथा अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकमिॅको सभापतित्वमा शुरु भएको जेसिज सप्ताह कुमारी क्षमा पुजा , गणेश पुजा र भैरबनाथको पुजा गरी शुभारम्भ भएको थियो । हरेक बर्ष आयोजना गरिने यस जेसिज सप्ताहमा जेसिज सप्ताहको दोस्रो दिन ८ गते जेसिआई काठ्माण्डौं लेडी नेपालका अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकर्मीको सभापतित्वमा दुर्गमस्थल रोल्पाबाट आएका बिपन्न बिद्यार्थीहरुलाई स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठका प्रबन्धक तथा जेसिआई काठ्माण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरलाई छात्रवृति रकम हस्तान्तरण गरिएको थियो |

जेसिज सप्ताहको तेस्रो दिन बैशाख १० गते वडा नं २ स्थित इन्द्रायणी मन्दिर परिसरमा एक दिने महिला कानुन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा ४५ जना दिदीबहिनीहरुको सहभागिता थियो । प्रशिक्षक कानुन सल्लाहकार वकिल सहाना प्रधानले संबिधानमा दिएको हाम्रो अधिकार के छ ? र के हो भन्ने बारे प्रशिक्षण दिएकी थिईन । साथै प्रशिक्षक प्रधानले कानुन सम्बन्धि जिज्ञासालाई सम्बोधन गरेकी थिईन । जेसिज सप्ताहको चौथो दिन १० गते मंगलबार होटेल द्वारिका बसन्तपुर स्थित सभा हलमा प्रशिक्षक द्वय जेसिआई काठमाडौँ लेडी नेपालकी पूर्व अधक्ष्य तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी शारदा मानन्धर पाण्डे, जेसिआई काठमाडौँ लेडी की पूर्व अध्यक्ष एवम २०१९ की सभापतिकी सल्लाहकारजेसी रजनी श्रेष्ठ ज्युले पदिय जिम्मेवारीलाई कसरी पुरा गर्ने सन्दर्भमा अति उपयोगी मुलक कुराहरु,पदाधिकारीहरुलाई काम कर्तब्यको बारेमा जानकारी गराउदै बन्धुत्वको भावनालाई थप प्रगाढ बनाउने तथा सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको थियो । साथै अाइअोएम तालिम विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म संचालन गरिएको थियो । उक्त तालिममा २७ जना जेसिज सदस्यहरुको सहभागिता थियो | जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको पाचौ दिन ०७६-१-११ गते बुधबार ,संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन् । तर, सुन्दर कसरी हुने ?बजारमा अनेकथरी सौन्दर्य प्रशाधन छन् । ब्युटी सैलुन छन् । ब्युटी ट्रिटमेण्ट छन् । तर, अनुहार वा छाला, कपालको लिपपोत गरेर सुन्दर भइन्छ ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न पनि छ । सुन्दरता के हो ? कसलाई सुन्दर भन्ने ? बिशेष गरि अनुहारको मेकअप सम्बन्धि तालिम र गुणस्तरीए सामानको जानकारी साथै प्रयोगमा हुने भिन्नता सहज रुपमा थाहा पाउने तरिका आदि सन्दर्भमा प्रशिक्षक : इन्द्रेणी शिप बिकाश तालिम केन्द्रकी संस्थापक तथा जेसिआई काठमाडौँ लेडी नेपालकी २०१९ सम्पादक जेसी रमीता श्रेष्ठले प्रशिक्षण दिएकी थिईन | उक्त तालिममा ३८ जना जेसिज सदस्यहरुको जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको छैठो दिन १२ गते बिहिबार युरो किड्समा अध्यनरत साना साना भाई बहिनीहरुलाई वि.सं. २०७२ को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा रेडक्रस सोसाइटिका प्रशिक्षक भक्तचन्द्र बाराहीले प्रशिक्षण दिएका थिए | जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको समापन कार्यक्रम १४ गते सम्पन्न भयो । उक्त कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि इस्कोन मन्दिर को अध्यक्ष रुपेश जोशीले पानसमा दिप प्रज्वलन गरी गरे । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘बिज्ञान जहाँ प्रत्यक बस्तुको सप्रमाण तथ्यगत बस्तुपरक खोजी हुन्छ त्यही आध्यात्म मन बुद्धि चेतना ले संचालित हुन्छ।मन चंचल हुन्छ यसलाई ध्यानवाट नियन्त्रण राख्न सकिन्छ। ध्यानवाट नियन्त्रित मन वाट गरिने कर्मले शान्ति ल्याउछ’ । संस्थाकी बर्तमान अध्यक्ष अर्चना श्रेष्ठ मुनंकर्मीले सदस्यहरुको जीबनशैलीमा सकरात्मक परिबर्तन र उनीहरुको क्षमता बिकाश गर्ने तथा समाजिक कार्य तथा सचेतनामुलक कार्यक्रमको माध्यमले समाजलाई सकारात्मक मार्गमा डोर्याउने उदेश्य अनुरुप जेसिज सप्ताहको सात दिनमा फरक फरक बिषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारिएको बताईन ।

गोरखा सर्जक समाजद्वारा कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रमको आयोजना, शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित

काठमाडौं, १४ बैशाख – शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिबार राजधानी स्थित लेखनाथ साहित्य सदनमा समाजद्वारा आयोजित कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रम माझ जोशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीलाई गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र पूर्व मन्त्री तथा साहित्यकार चिरन्जिवी वाग्लेले सम्मान गरेका थिए । सम्मानका क्रममा जोशीलाई दोसल्ला तथा प्रमाणपत्र अर्पण गरिएको थियो ।

कार्यक्रम माझ राष्ट्रकबि माधवप्रसाद घिमिरेबाट प्रेसित शुभकामना सन्देश वाचन गरिएको थियो ।

सोही कार्यक्रम माझ शताब्दी पुरुष सत्यमोहन जोशीले तारापति ढकालद्वारा लिखित कृति मेरा केही एकांकीहरुको विमोचन गरेका थिए ।

कार्यक्रममा संस्क्रितीविद् शताब्दी पुरुष सत्यमोहन जोशीले गोरखा सर्जक समाजबाट सम्मानित हुन पाउदा आफूलाई ज्यादै खुशी लागेको बताउदै उनले कला र साहित्य समाजको प्रतिबिम्ब रहेकोले यिनको जगर्ना गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गोरखा सर्जक समाज कला साहित्यको उत्थान र सर्जकको सम्मानमा अनवरत रुपमा लागि पर्दै जाने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष शारदा घिमिरेले स्वागत मन्तब्य राख्दै गोरखा सर्जक समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु गर्वको बिषय रहेको बताईन ।

कार्यक्रममा श्रस्टाहरु चिरन्जिवी वाग्लेले शहिदलाई सम्झिएर, बमबहादुर थापा जितालीले लुटदै गए, पुरुशोत्तम दाहालले कालो जिब्रो, सिताराम अधिकारीले खन्चुवा, डा. टिकाराम अधिकारीले नयाँ बर्ष, तिर्थराज अधिकारीले वासन्ती कला, आलोकश्रीले नेपाललाई चिन्नु छ, शम्भु अधिकारीले नेपाल मेरो घर, चन्द्रकान्त अधिकारीले हकदाबी सुपर्दगी, शुशिला ढकाल अधिकारीले मेरो जन्मस्थल गोरखा, कृष्ण बहादुर साहु श्रेष्ठले उन्मुक्ति प्रेम, बुद्धीराज पाण्डेले गिर्खा, डा. फणिन्द्रराज देवकोटा ( श्रमजीवि यात्री) ले रारा, डा. राजेन्द्रराज वाग्ले, डा. नवराज कट्टेलको कलाकार खै, श्री कृष्ण न्यौपानेले राजनेताको खोजी, राम बहादुर नेपालीले मेरो गोरखा, नरनाथ पौडेलले मेरी केदारनाथ खनालले राष्ट्रियता, तारापति शर्मा ढकालले गुरु महिमा, उमा अधिकारीले मातृत्व, भाग्यशाली अधिकारीले नेपाल र नेपाली, श्रुतिकुमारी रेग्मीले नव बर्ष, गीता रेग्मीले म लाचार छु, बिजयराज न्यौपानेले छोडेर आछौ तर सम्झि राछौ, सुमन थापाले नेता, बाल कृष्ण सुबेदीले हामी कता?, नारायण सापकोटाले सपनाको क्याम्पस, जिवन अधिकारीले को हो को हो, श्रीहरी धर्ती उज्ज्यालो बनोस, विमला लामिछानेले नयाँ बर्ष, मिना गुरुङले नबिर्सौ नेपाली हो, श्रीहरी पाण्डेले यही देशको माटोमा, श्यामजी अजिजीले मृत्‍युको मुखबाट, दुर्गा किरण तिवारीले म जमेकी छु शिर्सकमा कविता वाचन गरेका थिए ।

डान्स फिवरले आफ्नो १५ औं बार्षिकोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनलाई नगद सहित सम्मान गर्ने

डान्स फिवरले आफ्नो १५ औं बार्षिकोत्सवको अवसर पारेर राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कलाकार बन्ने चाहना राख्ने र नृत्यको माध्यमबाट आफ्नो पहिचान बनाउन प्रयत्नमा लागेकाहरुका लागी उचित गन्तव्यको रुपमा बेग्लै पहिचान बनाउन सफल डान्स फिवरले आउदो बैशाख १७ गते राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको उक्त सांस्कृतिक कार्यक्रममा दिपाश्री निरौला,संदिप क्षेत्री,स्वरुप राज आचार्य, सत्यराज आचार्य, युवराज चौलागाई, शिल्पा मास्के लगायतका चर्चित कलाकारहरुले आफ्ना आकर्षक प्रस्तुती दिने जानकारी संस्थाका संचालक एवं चर्चित नायक गजित विष्टले बताए । डान्स फिवर नृत्य तालिमका साथै फिल्म प्रडक्सन हाउसको रुपमा समेत परिचित छ । विश्वकै कान्छा उमेरका निर्देशकको परिचय बनाएका सौगात विष्ट निर्देशित ‘लव यु बाबा’ जस्ता गिनिज बुकमा नाम लेखाउन सफल चलचित्र निर्माण गरेको डान्स फिवरले हालै ‘हैरान’ चलचित्र निर्माण गरेको थियो ।
राष्ट्रिय नाच घरसँगको सहकार्यमा डान्स फिबर (रिदम अफ सोल) ले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सको अवसर पारेर गरिन लागेको उक्त कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेशनको परियोजना रङ्गशाला निर्माण सहयोगार्थ प्रदान गरिने जानकारी अर्का संचालक एवं चर्चित कोरियोग्राफर गम्भिर विष्टले दिए ।
संकलित नगद सहित कलाकारिता क्षेत्रको साथै समाज सेवामा निरन्तर उत्कृष्ट योगदान दिए वापत चर्चित कलाकार एवं समाजसेवी सिताराम कटेल तथा कुन्जना घिमिरेलाई विशेष सम्मान गरिने भएको छ ।

वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको  माग

काठमाडौं, ११ बैशाख- नयाँ वानेश्वस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवि तथा अगुवाहरुले बुधवार एक पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहेका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौथोँ श्रेणीमा रहेका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्ति जनाएका छन् । वर्तमान शिक्षा नियमावलीमा व्यवस्था भए अुनसार वरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने उनीहरुको भनाई छ ।

शिक्षा नियमालीमा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वरिष्ठ स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ’ भनिएको छ । शिक्षक खड्काले भने(“म रत्न राज्य माध्यमिक तहमा प्रथम श्रेणीको शिक्षक पदमा कार्यरत छु, शिक्षण पेशामा प्रवेश गरेको आज ३९ वर्ष ६ महिना १८ दिन भयो, वरिष्ठताको आधारमा म निमित्त प्रधानाध्यापक हुनुपर्ने तर चौथौँ वर्गीयताकोलाई दिइएको छ, यसले शिक्षण पेशाको उत्तरार्धमा मलाई दुःखको अनुभूति भएको छ ।”

इएन आई डि सिने अवार्ड–२०७६ मनोनयन सार्बजनिक

काठमाडौं । नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ को मनोनयन सार्वजनिक गरिएको छ । मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको आयोजक पक्षले बताएको छ । छायाँछविले यसपटक देखि डि सिने अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर हामीले उत्कृष्टताको सूचीमा सातसम्म स्थान दिने निर्णय गरेको छ । ११ औं संस्करणको इएनआई छायाँछवि  डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्रमध्ये पिजडा मार्फत ४८ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल, रोमियो एण्ड मुना जस्ता चलचित्र भने सहभागीता जनाउन नआएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । यसै गरी कुशल अभिनेता÷लेखक खगेन्द्र लामिछानेले अवार्डहरुमा सहभागिता नजनाउने भनेका कारण उनलाई सहभागी नगराइएको छायाँछविले जानकारी गराएको छ । एघारौं ईएनआई छायाँछवि डि सिने अवार्ड –०७६ का लागि लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेति एवं नेपालकै पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेका थिए । अवार्ड बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।

१. उत्कृष्ट पाश्र्वसंगीत

शैलेश श्रेष्ठ प्रसाद

जैसन कुवर, प्रवेश मल्लिक भोर

एलिस कार्की समर लभ

एलिश कार्की डमरुको डण्डिवीयो

किरण तुलाधर, सन्दिप कार्की साली कस्को भिनाको

 

२. उत्कृष्ट साउण्ड डिजाइन

उत्तम न्यौपाने प्रसाद

मुकेश शाह समर लभ

मुकेश शाह डमरुको डण्डिवीयो

अमित श्रेष्ठ ए मेरो हजुर –३

मुकेश शाह यात्रा अ म्यूजिकल भ्लग

 

३. उत्कृष्ट गीतकार

राजेश कुमार श्रेष्ठ फूल होईन (रोज)

गणेश शाही लै लै (प्रसाद)

एक नारायण भण्डारी  जिन्दगी नै (ए मेरो हजुर –३)

बसन्त सापकोटा आँखाको नानी (बोबी)

नरेश भट्टराई सुस्त यो धड्कन (ह्याप्पी डेज)

 

४. उत्कृष्ट गायिका

प्रविशा अधिकारी फूल होइन (रोज)

विद्या तिवारी गन्तव्य कहाँ डमरुको (डण्डिवीयो)

सारिका घिमिरे हाँस्दा हाँस्दै (चि मुसी ची)

विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा –३)

मेलिना राई डुलि डुलि (यात्रा अ म्यूजिकल भ्लग)

 

५. उत्कृष्ट गायक

केतन क्षेत्री लै लै (प्रसाद)

प्रताप दास फूल होइन (रोज)

रिकेश गुरुङ्ग गन्तब्य कहाँ (डम्बरुको डण्डिवीयो)

सुगम पोखरेल रहर छ सँगै (क्याप्टेन)

डेविड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा –३)

 

६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार

दिपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा –३)

राजनराज शिवाकोटी चेप्टे चेप्टे (ह्याप्पी डेज)

प्रसाद श्रेष्ठ ढल ढल (साली कस्को भेनाको)

सुभाष भुषाल बनकी चरी (प्रसाद)

राजनराज शिवाकोटी कम्पनिमाला (चंगा)

राजनराज शिवाकोटी गोजीमा दाम (चंगा चेट)

 

७. उत्कृष्ट संगीतकार

एलिस कार्की फूल होइन माया ः रोज

आशिष अविरल जिन्दगी नै भन्दिन (ए मेरो हजुर –३)

सरोज पोखरेल तिम्रो स्वरमा (अनुराग)

अर्जुन पोखरेल रहर छ सँगै (क्याप्टेन)

कोवीद बज्र, प्रतिक पौडेल डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)

 

८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक

कविराज गहतराज चेप्टे चेप्टे (ह्याप्पी डेज)

कविराज गहतराज पहिलो नम्बरमा (छक्का पञ्जा –३)

कविराज गहतराज कम्पनी माला (चंगा)

बसन्त श्रेष्ठ सनम माया (भैरे)

बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)

 

९. उत्कृष्ट नृत्य निर्देशक

राहुल शाह चिड डे (ए मेरो हजुर–३)

कविराज गहतराज तिम्रो लागि (राम काहानी)

विक्रम लामा,एन्जिला खत्री उडायो हावाले (इन्टु मिन्टु लण्डनमा)

कविराज गहतराज फूल होइन (रोज)

कविराज गहतराज रहर छ सँगै (क्याप्टेन)

 

१०. उत्कृष्ट द्वन्द्व निर्देशक

श्री श्रेष्ठ विरंगना

चन्द्र पन्त ब्ल्याक

हिमाल के.सी. गुनगुन

हिमाल के.सी. यात्रा अ म्यूजिकल भ्लग

सुर्य थोकर भैरे

 

११. उत्कृष्ट  बालकलाकार

लकी भण्डारी चंगा

एञ्जल राई हैरान

सेड्रिना शर्मा नाई नभन्नु ल –५

अनुभव रेग्मी नाई नभन्नु ल –५

अनुभव रेग्मी भैरे

 

१२. उत्कृष्ट  हाँस्य कलाकार

केदार घिमिरे राम काहानी

रेयर राई यात्रा अ म्यूजिकल भ्लग

भिम घलान साली कस्को भेनाको

केदार घिमिरे छक्का पञ्जा –३

रक्षा गौतम ए मेरो हजुर –३

 

१३. उत्कृष्ट  खलपात्र

रमेश बुढाथोकी लभ स्टेशन

निश्चल बस्नेत प्रसाद

नविन श्रेष्ठ गुनगुन

घिरेन शाक्य यात्रा अ म्यूजिकल भ्लग

माओत्से गुरुङ्ग चङ्गा चेट

 

१४. उत्कृष्ट  कथा

शुशिल पौड्याल प्रसाद

दिपेन्द्र लामा गोपी

सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग

दिपकराज गिरी छक्का पञ्जा –३

सामिप्यराज तिमिल्सिना क्याप्टेन

 

१५. उत्कृष्ट  पटकथा

यात्रा अ म्यूजिकल भ्लग सम्राट शाक्य

ए मेरो हजुर –३ छेतेन गुरुङ, बाबुराम दाहाल,  सुमन पौडेल, प्रतिक पौडेल

छक्का पञ्जा –३  दिपकराज गिरी

प्रसाद  शुशील पौडेल

क्याप्टेन दिवाकर भट्टराई

 

१६. उत्कृष्ट  संवाद

रामबाबु गुरुङ साईली

शुशिल पौड्याल प्रसाद

सुरेश न्यौपाने, प्रतिक पौडेल यात्रा अ म्यूजिकल भ्लग

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे,यमन श्रेष्ठ छक्का पञ्जा –३

दिवाकर भट्टराई क्याप्टेन

 

१७. नव नायिका

निरीषा बस्नेत जानि नजानी

रेवती क्षेत्री समर लभ

सुहाना थापा ए मेरो हजुर –३

मालीका महत यात्रा अ म्यूजिकल भ्लग

उपासना सिंह ठकुरी क्याप्टेन

 

१८. उत्कृष्ट नव नायक

घिरज मगर इन्टुमिन्टु लण्डनमा

आशिष पिया समर लभ

उमेश थापा बोबीसमुन्द्र पण्डित अनुराग

विकी जोशी ह्याप्पी डेज

 

१९. उत्कृष्ट नव निर्देशक

बसन्त अधिकारी जानी नजानी

रेनेशा वान्तबा राई इन्टु मिन्टु लण्डनमा

छेतेन गुरुङ डमरुको डण्डीवीयो

सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग

 

२०. उत्कृष्ट चरित्र अभिनेत्री

सिरु विष्ट लभ स्टेशन

प्रिया रिजाल विरंगना

कविता आले साली कस्को भेनाको

लक्ष्मी गिरी छक्का पञ्जा –३

प्रियंका कार्की नाई नभन्नु ल –५

 

२१. उत्कृष्ट चरित्र अभिनेता

विजय लामा बोबी

पुकार भट्टराई गुन गुन

राम नारायण ठाकुर भोर

अनुप बराल डमरुको डण्डिबीयो

जयनन्द लामा जय भोले

राजाराम पौडेल बाध मायाले

सरोज खनाल क्याप्टेन

 

२२. उत्कृष्ट सह–अभिनेत्री

नम्रता सापकोटा समर लभ

लक्ष्मी बर्देवा डमरुको डण्डीवीयो

जान्वी बस्नेत यात्रा अ म्यूजिकल भ्लग

सुष्मा कार्की साली कस्को भिनाको

वर्षा शिवाकोटी भैरे

 

२३. उत्कृष्ट सह–अभिनेता

दयाहाङ राई साइली

सौगात मल्ल जय भोले

विक्रान्त बस्नेत भैरे

शलोन बस्नेत यात्रा अ म्यूजिकल भ्लग

शलोन बस्नेत ए मेरो हजुर –३

 

२४. उत्कृष्ट छायाँकार

आलोक शुक्ला लभ स्टेशन

सञ्जय लामा समर लभ

सञ्जय लामा, सुदिप बराल,शम्भु मोक्तान ए मेरो हजुर –३

संजय लामा यात्रा अ म्यूजिकल भ्लग

पुरुषोत्तम प्रधान छक्का पञ्जा –३

 

२५. उत्कृष्ट सम्पादक

अर्जुन जि.सी. समर लभ

दिर्घ खड्का ए मेरो हजुर –३

बनिष शाह यात्रा अ म्यूजिकल भ्लग

विपिन मल्ल छक्का पञ्जा –३

अर्जुन जि.सी नाई नभन्नु ल –३

 

२६. उत्कृष्ट अभिनेत्री

मेनुका प्रधान साइली

जसीता गुरुङ लभ स्टेशनन

म्रता श्रेष्ठ प्रसाद

पूजा शर्मा राम कहानी

साम्राज्ञी राज्य लक्ष्मी शाह कायरा

स्वस्तीमा खड्का जय भोले

दिपिका प्रसाई छक्का पञ्जा –३

 

२७. उत्कृष्ट अभिनेता

प्रदिप खड्का लभ स्टेशन

विपीन कार्की प्रसाद

अनमोल केसी ए मेरो हजुर –३

सलिनमान बानिया यात्रा अम्यूजिकल भ्लग

आर्यन सिग्देल कायरा

आकाश श्रेष्ठ राम काहानी

अनमोल केसी क्याप्टेन

 

२८. उत्कृष्ट निर्देशक

झरना थापा ए मेरो हजुर –३

उज्ज्वल घिमिरे लभ स्टेशन

दिनेश राउत प्रसाद

रामबाबु गुरुङ साईली

दिपाश्री निरौला छक्का पञ्जा –३

 

२९. उत्कृष्ट पपुलर चलचित्र

ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट

यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन

छक्का पञ्जा –३ आमा सरस्वती मुभिज

नाई नभन्नु ल –५ वान टाइम सिनेमा

जय भोले एए ग्रप अफ कम्पनी

 

३०. उत्कृष्ट चलचित्र

ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट

डमरुको डण्डी वीयो समृद्धि इन्टरटेनमेन्ट

यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन

छक्का पञ्ज –३ आमा सरस्वती मुभिज

प्रसाद सुभास थापा प्रोडक्शन