पाँच बर्षिय क्यान्सर पिडित उर्वसी केशीको जीवन बचाउन सहयोगको अपील

काठमाडौं, २० चैत्र । कलिलो उमेरमा क्यान्सर जस्तो रोगबाट पिडित उर्वसी केशीको जीवन बचाउन उनको परिवारले सहयोगको याचना गरेकाछन । बालाजु हिले टोलमा बस्दै आईरहेकी उर्वसीकी आमा उर्मिला केसीले आफ्नी पाँच वर्षिया छोरी उर्वसी केसीको उपचार्थ देश, विदेशमा रहनु हुने सहयोगी मनहरुमा आर्थिक सहयोगको याचना गरेकी हुन ।

‘आफ्नो आर्थिक अवस्था कमजोर भएकोले छोरीको उपचारमा कठिनाई भैरहेको हुँदा सबै, सबैमा आर्थिक सहयोगको लागि अनुरोध गरेकी छु’ उनले भनिन । कलिलो उमेरमा क्यान्सर जस्तो रोगबाट पिडित उर्वसी केही समय देखि कान्ति बाल अस्पतालमा उपचार गराई रहेकी छन । उनलाई सहयोग गर्न चाहने सहयोगी दाताहरुले मोबाइल नम्बर ९८५१०७८६६०, ९८६६४०१३५८ मा सम्पर्क गरि आफुले सकेको रकम सहयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *