Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ रास्वपाका पूर्वनेता खरेल भन्छन्- गृहमन्त्रीलाई छानबिन गर इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप रौतहटको गरुडाका मेयर सहित कर्मचारी भारत भ्रमणमा,सेवाग्राही मारमा आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

सशस्त्र प्रहरी महिला संघद्वारा विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण

admin

सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालको नेतृत्वमा गएको टोलीले बारा तथा पर्साका आंधीबेहेरी पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । सशस्त्र प्रहरी महिला संघले विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर  राहात वितरण लगायत आर्थिक सहयोग  गरेको हो ।


लामो समयदेखी समाजसेवामा समेत सक्रिय सौन्दर्यविद शिलाष्मा हमाल तथा सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालले प्रमुख जिल्ला अधिकारी तथा गाउपालिका अध्यक्षको रोहवरमा आंधीबेहरीबाट पिडित र हुरी बतासले क्षति पुर्याएका स्थानमा राहत सामाग्रीहरु त्रिपाल, चाउचाउ, विस्कुट चिउरा खानेपानी जस्ता सामाग्रीहरु वितरण गरेर फर्किएकी छिन । यस्तो राहत सामग्रीले पीडितहरुलाई तत्काल केही राहत भएपनि दीर्घकालिन समस्याको समाधानका लागी राज्यले नै तत्काल आवश्यक पहल गर्नुपर्ने समाजसेवी हमालले बताइन । राहत वितरणमा गएकी हमालले व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेकी थिईन ।

पिडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको  संघका अध्यक्ष सरिता कंडेलको  भनाई छ । यस्तो अवस्थामा घाईतेहरुलाई तत्काल उद्दार तथा रगतको अत्यन्त आवश्यकता पर्ने हुँदा त्यस क्षेत्रका हाम्रा सदस्य, शुभचिन्तक लगायत सबै सहृदयी नागरिकहरुबाट अविलम्ब रक्तदान गरि सहयोगी हात बढाउन उनले अपील समेत गरेकी छिन ।
प्रभावित क्षेत्रका अधिकाँस घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ । आइतबार बेलुकीपख आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ । ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ । आँधीले सयौं घर उजाडिएका छन् भने फलफूल र अन्नबालीमा पनि क्षति पुर्‍याएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको