चलचित्र प्रेम दिवसको दोस्रो गीत ‘बरु अर्को जुनी…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौँ — चैत्र २६ ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन् ।

शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रलाई मनिश दाहाले निर्माण गरेका हुन् । चलचित्रमा संजय न्यौपाने कार्यकारी निर्माताका रुपमा छन् ।

प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने सम्पादनको जिम्मा बनिश शाह र मिलन श्रेष्ठले लिएका छन् । यसैविच, जेठ ३ गतेबाट पछि सरेको यो चलचित्र अब जेठको ३१ गतेबाट सार्वजनिक हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *