गायक ध्रुव विश्को को गीत ‘पिलनको टिकट काटी‘’ को भिडियो सार्वजनिक

नयाँ वर्षको अवसर पारेर गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक भएको छ । संजय विश्कोको शब्द, गायक ध्रुवकै कम्पोज र आमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको निर्देशन रहेको गीतको भिडियोमा मोडल पुष्प खडका र सुकमित घिसिङलाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गीतको भिडियोलाई दिनशोन शाहले सम्पादन गरेका छन् ।

सुदुर पश्चिमेली भाषा प्रयोग गरिएको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोतादर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गायक ध्रुवले बताए । यस अघि सार्वजनिक गीत ‘डिट पडिजाउ’को सफलता पछि ‘पिलनको टिकट काटी‘’ ‘डिट पडिजाउ २’ स्रोतादर्शक माझ ल्याएको पनि ध्रुवले जानकारी गराए ।

गीतको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *