भोलि ५ गते नेपाल बन्द

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो ।

आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको सो समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *