hatkadi

लागू औषधमा एक नेपाली सहित दुइ भारतीय पक्राउ

काठमाडौं, ७ बैशाख
मकवानपुरबाट प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा सहित भारत बिहार बैसालीग्राम बस्ने वर्ष ३२ का अंमर जित सिंहलाई शुक्रबार बिहान पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवनापुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ३१ एम ५०५१ नम्बरको कार जाँच गर्नेक्रममा कारमा फल्सबटम बनाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको ब्रहमपुरी गाउँपालिका ४ त्रिभुबननगर स्थित भारत मझपपुर बस्ने वर्ष ५० का कमरुदिन अन्सारीले झोलामा लुकाई छिपाई राखेको करिब ५ केजी लागूऔषध गाँजा सहित शुक्रबार साँझ पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका अन्सारीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी नवलपरासी (पूर्व)को ,प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीको टोलीले मध्यबिन्दु नगरपालिका १० स्थित सडकबाट कालिनन्दन गाउँपालिका ३ बिलासपुर बस्ने १९ वर्षीय अर्जुन गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ९३ एम्पुल, प्रोमिथाजाइन ९० एम्पुल, नुर्फिन ७० एम्पुल, ब्रुप्रिनोफिन २६ एम्पुल, फेनारगन ६ एम्पुल, फेनसिडिल १५ बोतल र गिल्नकफ २८ बोतल सहित शुक्रबार राति पक्राउ गरेको छ । युपि ५६ बि ६४८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *