आफनो धर्म मान्ने अधिकार सबैलाइ छ ः शहरी विकास मन्त्री

काठमाडौँ, ९ वैशाख
संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्धको साथै आफनो धर्म मान्ने अधिकार सबैलाइ भएको शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बताउनुभएको छ । (इस्टर) पर्वका अवसरमा नेपाल ख्रिस्टीयन महासङ्घ पुनरुत्थानले आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । साथै उहाँले धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो ।
“यस्तालाइ पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, मन्त्री राईले भन्नुभयो ।
साथै उहाँले देश विकास गर्न सत्ता पक्ष या प्रतिपक्ष भन्ने कुरा नहुने भएकोले नेपाली काङ्ग्रेसलाई पनि रचनात्मक सहयोग गर्न आह्वान गर्नुभयो ।
त्यसैगरी काङ्ग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाउनुभयो ।
नेकपा का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *