Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको  माग

admin

काठमाडौं, ११ बैशाख- नयाँ वानेश्वस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवि तथा अगुवाहरुले बुधवार एक पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहेका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौथोँ श्रेणीमा रहेका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्ति जनाएका छन् । वर्तमान शिक्षा नियमावलीमा व्यवस्था भए अुनसार वरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने उनीहरुको भनाई छ ।

शिक्षा नियमालीमा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वरिष्ठ स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ’ भनिएको छ । शिक्षक खड्काले भने(“म रत्न राज्य माध्यमिक तहमा प्रथम श्रेणीको शिक्षक पदमा कार्यरत छु, शिक्षण पेशामा प्रवेश गरेको आज ३९ वर्ष ६ महिना १८ दिन भयो, वरिष्ठताको आधारमा म निमित्त प्रधानाध्यापक हुनुपर्ने तर चौथौँ वर्गीयताकोलाई दिइएको छ, यसले शिक्षण पेशाको उत्तरार्धमा मलाई दुःखको अनुभूति भएको छ ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको