डान्स फिवरले आफ्नो १५ औं बार्षिकोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनलाई नगद सहित सम्मान गर्ने

डान्स फिवरले आफ्नो १५ औं बार्षिकोत्सवको अवसर पारेर राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कलाकार बन्ने चाहना राख्ने र नृत्यको माध्यमबाट आफ्नो पहिचान बनाउन प्रयत्नमा लागेकाहरुका लागी उचित गन्तव्यको रुपमा बेग्लै पहिचान बनाउन सफल डान्स फिवरले आउदो बैशाख १७ गते राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको उक्त सांस्कृतिक कार्यक्रममा दिपाश्री निरौला,संदिप क्षेत्री,स्वरुप राज आचार्य, सत्यराज आचार्य, युवराज चौलागाई, शिल्पा मास्के लगायतका चर्चित कलाकारहरुले आफ्ना आकर्षक प्रस्तुती दिने जानकारी संस्थाका संचालक एवं चर्चित नायक गजित विष्टले बताए । डान्स फिवर नृत्य तालिमका साथै फिल्म प्रडक्सन हाउसको रुपमा समेत परिचित छ । विश्वकै कान्छा उमेरका निर्देशकको परिचय बनाएका सौगात विष्ट निर्देशित ‘लव यु बाबा’ जस्ता गिनिज बुकमा नाम लेखाउन सफल चलचित्र निर्माण गरेको डान्स फिवरले हालै ‘हैरान’ चलचित्र निर्माण गरेको थियो ।
राष्ट्रिय नाच घरसँगको सहकार्यमा डान्स फिबर (रिदम अफ सोल) ले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सको अवसर पारेर गरिन लागेको उक्त कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेशनको परियोजना रङ्गशाला निर्माण सहयोगार्थ प्रदान गरिने जानकारी अर्का संचालक एवं चर्चित कोरियोग्राफर गम्भिर विष्टले दिए ।
संकलित नगद सहित कलाकारिता क्षेत्रको साथै समाज सेवामा निरन्तर उत्कृष्ट योगदान दिए वापत चर्चित कलाकार एवं समाजसेवी सिताराम कटेल तथा कुन्जना घिमिरेलाई विशेष सम्मान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *