चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोष्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरबसँगै पोष्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ ।

आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले सिनेमाघरमा आउँने मिति जेष्ठ १७लाई तय गरेको छ । चलचित्र केही समय पहिला सार्वजनिक गीत ‘कुटु कुटु…’ले चर्चा पाइरहँदा निर्माण पक्षले चलचित्रको पोष्टर सार्वजनिक गरेको हो ।

सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ ।

चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतका कलाकारको अभिनय रहेको छ ।

चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिरप्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन ।

चलचित्रमा गोबिन्द मधुर आचार्यको सङ्गीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले वितरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *