मनाङमा १४ जनाले पाए १५ दिने बेकरी तालिम

मनाङ, १२ वैशाख – हिमाल पारिकाे जिल्ला मनाङकाे नासाे गाउपालिका धारापानीमा संचालित १५ दिने बेकरी तालिम निकै प्रभावकारि भएकाे छ । हाेटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले साे तालिम निकै प्रभावकारि भएकाे हाे । घरेलु तथा साना उधाेग विकास समिति गन्डकि प्रदेश, मनाङ र नासाे गाउपालिकाकाे सयुक्त अायाेजनामा संचालित १५ दिने बेकरी तालिमका प्रशिक्षार्थीहरूले अान्तरिक तथा वाह्य पर्यटककाे मागका अाधारमा सामानहरू निर्माण गर्न सक्ने भएकाछन् । कार्यालयले राम्रो प्रशिक्षक ल्याएका कारण अाफुहरूले राम्रोसँग शिप सिकेकाे प्रशिक्षार्थी रत्नकुमारि गुरूङ बताउछिन् । तालिमकै अवधिमा हाेटलमा अाएका दुई पर्यटककाे वड डे परेछ,उनिहरूका लागि वड डे केक वनाउन पाईयाे त्यसले पर्यटकहरू निकै खुसि भए रत्नमायाले भनिन् । तालिमवाट रत्नमाया मात्र हाेईन उनी जस्तै सवै सहभागिहरू अागमि दिनमा व्यवसाय गर्न पूर्ण दक्ष र अाम्दानि गर्न सक्षम भएका छन् । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गन्डकि प्रदेशका साम्सद चिन्ता घलेले सिकेकाे सिपलाई प्रयाेग गर्दा सहज रूपमा अाम्दानि गर्न सकिने वताए । उनले भने, काठमाडौंमा मात्र हाेईन मनाङमा पनि बेकरीको राम्रो सामान उत्पादन हुन्छ भन्ने शन्देस तपाईहरूले दिनुभएकाे,यसलाई निरन्तरता दिनुहाेस् । तालिम समापन कार्यक्रमका विशिष्ट अतिथि नासाे गाउपालिकाका अध्यक्ष चन्द्र घलेले सिकेको सिपलाई अार्थिक अायअार्जनका लागि अगाडी बढनु पर्ने बताए ।

अफ्नाे हातमा सिप भएपछि धेरै सामानहरू उत्पादन गरेर महिलाहरूले अायअार्जन गर्न सक्छन भन्ने शन्देश यस तालिमले दिएकाे बताउदै अध्यक्ष घलेले भने,’महिलाकाे अार्थिक विकाशका लागि गाउपालिकाले अावश्यकताकाे अाधारमा सहयाेग गर्ने छाै,तपाईहरू अगाडि वढनुस । घरेलु कार्यालय मनाङका कार्यालय प्रमुख प्रदिप न्याैपानेले सीप नहुने महिला पुरूषलाई सीप सिकाएर अात्मनिर्भर तथा स्वावलम्वि वनाउन र वेराेजगारि समस्या समधानका लागि यस तालिम निकै प्रभावकारि वनेकाे धारणा व्यक्त गरेका थिए । हामी तालिम राम्रोसँग दक्ष प्रशिक्षक ल्याएर दिन्छौं, तपाईहरू सिकेर व्यवहारमा प्रयाेग गरिदिनुस,अनि मात्र मनाङ आर्थिक रूपमा दिगाे विकाश हुनेछ प्रमुख न्याैपानेले भने । तालिमका १४ प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि साम्साद चिन्ता घलेले प्रमाणपत्र वितरण गरेका थिए । साे अवसरमा प्रमाणपत्र पाएकाहरू सिपसिकेर दिक्षित भएकाले सिकेके सिपलाई अागामी दिनमा मनागङका अन्य गाउका दिदि वहिनि र दाजु भाईलाई पनि सिकाउने प्रतिवद्वता जनाएका थिए । साे तालिम प्रशिक्षक नारायण पिठाकोटीले दिएका थिए । तालिमवाट वेकरिका वड डे केक, कुकिज, दुनाेट, क्रीमराेल, स्नेडुईज लगायतका बेकरी अाइटम बनाउन सिकाईएकाे प्रशिक्षक नारायणले वताए ।

उत्कृष्ट खानाको गन्तब्य बन्दै ललितपुर नकिपोट स्थित सिलौटी रिर्सोट

काठमाडौँ,११ बैशाख । जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई भिन्न स्वाद पस्कने हेतुले ललितपुर, नकिपोट स्थित अत्याधुनिक फेमिली रेस्टुरेण्ट ‘सिलौटी रिसोट’ झण्डै आधा दशक देखि सञ्चालनमा आईरहेको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु,सम्पन्न भएको ‘सिलौटी रिसोट’मा स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रिसोट सञ्चालनमा ल्याईएको सञ्चालक कविन श्रेष्ठ ‘न्याछ्यौ’ बताउँछन् । युवा ब्यबसायीहरु मिलेर केहि गरु भन्ने उदेश्यको साथ खोलिएको ‘सिलौटी रिसोट’ मा सेकुवा, परिकारहरु जसलाई फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिएको र नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रणसंगै आफन्त जनसंगको जमघटमा छुट्टै मनोरञ्जन लिन सकिन्छ । हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने कुरा अर्का सञ्चालक मदन बहादुर लिम्बुले बताए ।

ललितकलाको शहर भनेर परिचित ललितपुरको शान्त र सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले सञ्चालित रिसोट अहिले अन्य सञ्चालनमा रहेका रिसोट भन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन भन्ने उद्धेश्यले नयाँ शैलीको रिसोटको सुरुवात गरेको जानकारी सञ्चालक श्रेष्ठले गराए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाई ध्यानमा राखेर उनीहरुको मागलाई उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । यहाँ सुमिङ पुल, स्टिम बाथ, साउजा बाथ, ज्याकुजी आदिको पनि सुबिधा रहेको छ । मिटिङ हल, शुभ कार्यको लागि प्रर्याप्त स्थान रहनुका साथै बिशेष पर्वहरुमा चर्चित कलाकारको साथमा लाईभ कार्यक्रम मार्फत आफ्ना पाहुनाहरुलाई मनोरञ्जन गराउँदै आईरहेको संचालक श्रेष्ठले बताए ।

डोमेस्टीक टुरिजम मार्ट तयारी अन्तीम चरणमा

काठमाण्डौ, १२ बैशाख -गन्तव्य नेपाल अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डीटीएम) तयारी अन्तीम चरणमा पुगेको छ । आज नेपाल पर्यटन बोर्डमा कार्यक्रमको अन्तीम तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डिटिएम पर्यटन क्षेत्रमा राष्ट्रिय मेलाको रुपमा रहेको बताए । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेको भन्दै सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरे ।

निजी क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको यस कार्यक्रमको सफलतासँग सिंगो पर्यटनको सफलता जोडिएको भन्दै उनले भने –‘यो गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले गरेको कार्यक्रम हो, तर अब यो गन्तव्य नेपालको मात्रै भएन, यो असफल भयो भने सिंगो पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन्छ, त्यसैले सबैले आआफ्नो ठाँउबाट यसको सफलताको लागि भुमिका खेलौ ।’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने बिश्वास व्यक्त गर्दै यसलाई बार्षिक क्यालेन्डरका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष तथा डिटिएम सद्भावना दुत कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष तथा डिटीएम सद्भावना दुत गोपालबाबु श्रेष्ठ लगायतले डिटीएमको आवश्यक्ता औल्याउँदै यसलाई नमुना पर्यटकीय गतिबिधीका रुपमा अगाडि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । डिटीएमका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उदेश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउने हिसाबले डिटिएम आयोजना गरिएकाले आम नागरिकलाई सहभागिताका लागि अपिल गरे । यो सबैको साझा पर्यटनको रुपमा बुझिदिन पनि उनले आह्वान गरे । डिटिएमका संयोजक माधबप्रकाश सुबेदीले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौ, बैशाख ११
मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबिच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १० प्रतिसतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गर्नु भएको थियो । यो सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभहुने अपेक्षा गरिएको बैकले जानकारी दिएको छ ।
बैंकले हाल देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहक वर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।

अजोड इन्स्योरेन्सद्धारा दाङ्ग शाखा उद्घाटन

काठमाडौं, बैशाख ११
अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका संचालक समितिका संचालक रामबहादुर गुरुङ्गले गर्नु भएको छ ।
सो अवसमा कम्पनीका दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भयो ।

एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा

काठमाडौ बैशाख ११
एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम “बस्याल ब्रदर्स् अटोलिङ्क प्रा.लि” अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले , “देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं ,त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।” बताउनु भयो । एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

hatkadee

लागूऔषध सहित तिन जना पक्राउ

काठमाडौं, ११ वैशाख
प्रहरीले नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय मिनबहादुर बोगटीलाई ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई उक्त लागूऔषध सहित फेला पारेको थियो ।
यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरीले कपनको मिलनचोकबाट लागू औषध सहित २ जनालाई मंगलबार दिउसो पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थान समेत फेला पारेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका १० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ वैशाख
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२९१ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले सिराहा गोलबजार गाउँपालिका ७ घर भएका १५ वर्षीय सरोज गुप्तालाई ब्राउन सुगर १.५ ग्राम सहित मंगलबार दिउसो पक्राउ गरेको छ ।
त्यसैगरी बाँकेको कैलाली जानकी गाउँपालिका ५ पथरैया बस्ने १९ वर्षीय खेमराज जैशीलाई ९ ग्राम ब्राउन सुगर र बाँके बैजनाथ गाउँपालिका २ बस्ने १८ वर्षीय अर्जुन बिकलाई लागूऔषध नाईट्रोभेट २० ट्याबलेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

33 kg gold smuggling

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

काठमाडौं, ११ वैशाख
विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाच गर्नेक्रममा अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो बाला ३ थान सहित रामेछाप खाँडादेवी गाउँपालिका ४ घर भएका २२ वर्षीय कामेदेव मगरलाई मंगलबार दिउसो पक्राउ गरेको छ ।
त्यसैगरी सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म टिमुरेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रसुवा, गोसाईकुण्ड गाउँपालिका २ टिम्मुरे घट्टेखोलास्थित रोकी राखेको ना.६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको कन्टेनर ट्रकबाट प्रत्येक १ किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु ७ थान सहित ट्रक चालक नौकुण्ड गाउँपालिका १ बस्ने ३० वर्षीय शेर ग्याल्बो घलेलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । कन्टेनर जाँच गर्दा क्याविनको वाँयातर्फको सिलिङको बत्तीभित्र लुकाई छिपाई राखेको अवस्थामा धातु फेला पारी घलेलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।